site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनआरटीले संकटालाई हरायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । न्युरोड टिम (एनआरटी)ले संकटा क्लबलाई पराजित गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा एनआरटीले ‘ए’ डिभिजन लिग प्रतिद्वन्द्वी संकटालाई ३–२ ले हराएको हो ।

खेलको १५औँ मिनेटमा आशिष सुमनले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा एनआरटीका कप्तान रन्जित धिमालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

Prabhu Bank
Agni Group
NIC Asia

४७औँ मिनेटमा मोसेसले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । ५८औँ मिनेटमा एनआरटीका स्टेफेन समिरले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ६०औँ मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई ३–२ को जित दिलाए ।

प्रि–सिजन टुरअन्तर्गत मलेसिया र थाइल्यान्ड भ्रमणअघि एनआरटीले मैत्रीपूर्ण खेल खेलेको हो । एनआरटीले मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्नेछ । यस्तै, थाइल्यान्डमा तीन मैत्रीपूर्ण खेल खेल्ने जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC