site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय
SkywellSkywell

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनमा आवद्ध दलले निर्णय गरेका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलिय पदार्थमा लगाएको कर घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । 

बैठकले आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने निर्णय पनि गरेको छ । 

Dabur Nepal
NIC Asia

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । 

“प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ,” उनले भनेका छन्, “सरकारले उक्त विषयलाई आजैका दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी लागु गर्नेछ।” 

उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै २५ देखि ३० रुपैयाँसम्म मूल्य घट्ने उनले उल्लेख गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro