site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कर्मचारीले मदिरा पिएर ‘मेमोरी स्टिक’ हराएपछि मेयरले माफी मागे 
Sarbottam CementSarbottam Cement

टोक्यो । जापानमा एकजना कर्मचारीले ‘मेमोरी स्टिक’ हराएपछि मेयरले माफी मागेका छन् । 

ती कर्मचारीले कार्यालयको काम सकेपछि साँझ साथीभाइसँग रेस्टुरेन्टमा रमाइलो गर्ने क्रममा झण्डै पाँच लाख मानिसको निजी विवरण रहको एउटा मेमोरी स्टिक हराएको थिए । यो घटनाले जापानमा तहल्का मच्चिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कडा परिश्रमपछि सप्ताहन्तमा साथीहरुसँग बसेर मदिरा पिउने क्रममा उनले मेमोरी स्टिक हराएका हुन् । जापानमा यसरी रमाइलो गर्ने चलनै छ ।

जापानको सरकारी प्रसारण निकाय एनएचकेका अनुसार अन्दाजी चालिस वर्षीय ती व्यक्ति कर छुट दिइएका परिवारहरूलाई फाइदा उपलब्ध गराउने एउटा कम्पनीमा कार्यरत छन् । 

Global Ime bank

उनले हराउनुअघि स्थानीयवासीका निजी सूचना सो ड्राइभमा सारेका थिए । नगर अधिकारीहरूले त्यसमा सम्पूर्ण बासिन्दाको नाम, जन्म मिति र ठेगाना रहेको बताएका छन् । यसमा करको विवरण, बैंक खाता नम्बर तथा सामाजिक सुरक्षा पाइरहेका परिवारका सूचना पनि संकलन गरिएको थियो । 

यी तथ्यांक राखिएको उक्त ड्राइभ इन्क्रिप्ट गरी पासवर्ड राखेर लक गरिएको छ । नगर अधिकारीहरूले अहिले सम्म कसैले पनि त्यसभित्रको सूचना पाउने प्रयास गरेको नदेखिएको बताएका छन् । 

यस घटनालाई लिएर नगरका मेयर तथा अन्य नेताहरूले पत्रकार सम्मेलन गरी स्थानीयवासीसँग माफी मागेका हुन् । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC