site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेविसङ्घको मत परिणाम सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडाँै, २ भदौ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ ।

नेविसङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै २० घन्टा निरन्तर भएको थियो । आज सार्वजनिक भएको मत परिणामानुसार अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् ।  महरले एक हजार ४४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार ३२८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै महामन्त्री (दुई पद) मा कुन्दनराज काफ्ले र सरोजकुमार थापा विजयी भएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए । कोषाध्यक्षमा शिव रिमाल विजयी भएका छन् ।

उपाध्यक्षमा प्रदेश नं १ बाट विकास केसी, प्रदेश नं २ बाट सञ्जय यादव, प्रदेश नं ३ बाट रामप्रसाद अधिकारी, प्रदेश नं ४ बाट डिल्लीराम सुवेदी, प्रदेश नं ५ बाट प्रकाश राना, प्रदेश नं ६ बाट खड्ग डाँगी र प्रदेश नं ७ बाट पुष्पकुमार शाही विजयी हुनुभएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिए । समावेशी उपाध्यक्षमध्ये क्रमशः महिलामा उर्मिला थपलिया, मधेसीमा पवन यादव, जनजाति आदिवासीमा नवीन राई र दलितमा सागर परियार विजयी भए ।

Global Ime bank

सहमहामन्त्रीमा प्रदेश नं १ मा कृष्ण कार्की, प्रदेश नं २ मा राजेशकुमार रौनियार, प्रदेश नं ३ मा माधवप्रसाद ढकाल, प्रदेश नं ४ मा हरिहर शर्मा, प्रदेश नं ५ मा प्रकाश घिमिरे, प्रदेश नं ६ मा ईश्वरबहादुर विष्ट र प्रदेश नं ७ मा अच्युतराज कलौनी विजयी भएका छन् ।

समावेशी सहमहामन्त्री छात्राबाट साधना घिमिरे, मधेसीबाट परमेश्वर साह, आदिवासी जनजातिबाट दीपेश राई र दलितबाट ललिता सुनार विजयी भएका छन् । सङ्घमा १२९ पदका लागि निर्वाचन भएको हो । बाँकी २२ जना मनोनयन हुने प्रावधान छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७३  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC