विचार
नेपालका प्रधानमन्त्रीका लागि भारत भ्रमण प्राथमिकताको विषय बन्नेगरेको छ । गत वर्षदेखि भूकम्पपछिको पुनर्निर्माण हेर्न भारतको गुजरात राज्यस्थित भुज सहर पनि भ्रमणको सूचीमा पर्नेगरेको छ । केपी ओली गत फागुन ७ मा प्रधानमन्त्रीका हैसियतमा भारत भ्रमण आएका बेला भुजको पनि स्थलगत अवलोकन गरेर फर्किएका थिए । त्यसैगरी वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाद पनि गत वर्ष जुलाईमा राजनीतिक भेटघाटका लागि भारत आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सौजन्यमा भारतीय सेनाको हेलिकप्टरमा गुजरातको भुज आएर फर्किएका थिए ।
गत असार २६ गते नेपालमा सरकार परिवर्तनको खेल भइरहँदा एमाले सासंद रवीन्द्र अधिकारीसहितका सांसदहरूको टोली गुजरातको भुजमा अवलोकन गर्दैथियो । त्यसैले भुजवासी पछिल्ला दिनमा भारत आउने नेपाली उच्च पदस्थ अधिकारी र सरकार प्रमुखहरूसँग परिचित हुन पुगेका छन् । र, नेपालमा भूकम्पपछिको पुनर्निर्माण कति भयो भन्ने तिनको चासो बन्नेगरेको छ ।
दुर्भाग्य, स्थलगत अवलोकन गरेर पाएको अनुभव भने व्यवहारमा परिणत भएको छैन । स्वाभाविक प्रक्रियाबाट भूकम्पपछिको पुनर्निर्माण हुनसकेको छैन । संकीर्ण राजनीतिक सोचले पुनर्निर्माणमा पनि राजनीति गरिएको छ । अहिलेसम्म सामान्य अवस्थाका भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसक्नु पर्ने हो । तर, भूकम्पपीडितको दुःख, दर्द र पीडामा सरकारले मलम लगाउन सकेको छैन । भुजवासी नेपालमा पटकपटक परिवर्तन भइरहने सरकारका कारण पुनर्निर्माणको कामले गति लिनसकेको छैन भन्दा दुःख मनाउ गर्छन् । उनीहरूलाई भूकम्पले गरेको क्षति र पीडाको अनुभव छ । नेपालका भूकम्पपीडितप्रति तिनमा संवेदना र सहानुभूति छ । त्यसैले उनीहरू राजनीतिक स्वार्थमा हुने सरकार परिवर्तनको असर पीडितलाई उपलब्ध गराउने सेवा सुविधामा हुनुहुँदैन भन्छन् । गतवर्ष दाहाल पत्नी सीता र स्वकीय सचिव शिव खकुरेलसहित भुज आउँदा होस् वा तत्कालीन प्रधानमन्त्री ओली आउँदा होस् कच नवनिर्माण समिति ९केएनए०का तर्फबाट अनुभवसहितको कार्यपत्र प्रस्तुत गरेका विमल मेहता भन्छन् ( यहाँ आउदा त सबै संवेदनशील देखिनुहुन्थ्यो । तर काममा किन राजनीति गरिरहनु भएको होला रु
त्यहाँ पुगेर फर्किएका हाम्रा साथीले पुनर्निर्माणमा ढिलाइ भएको र विकट बस्तीका नेपालीको जीवन कष्टकर रहेको जानकारी गराउदा दुःख लाग्नेगरेको छ । गत वर्ष बैशाख १२ र २९ गते तथा त्यसपछिका पराकम्पले गरेको क्षति करिब ६ खर्ब रुपैयाँभन्दा धेरैको थियो । करिब ८ हजार जनाको मृत्यु हुनुका साथै ६ हजारभन्दा धेरै सरकारी तथा सामुदायिक संरचना ध्वस्त भएको थियो । करिब ६ लाख घर ध्वस्त भएका थिए । यी सबै जानकारी भएका केएनएका सदस्यहरू नेपालप्रति व्यक्त अन्तर्राष्ट्रिय निकायको सहयोग र चासोलाई उपयोग गर्न नसकिएको बताउँछन् । किनभने पुनर्निर्माणको काममा अनावश्यक राजनीति नगरी तदारुकताका साथ काम गरेको भए अहिलेसम्म सामान्य अवस्थाका निवास बनिसक्नु पर्थ्यो भन्ने उनीहरू ठान्छन् ।
त्यसका लागि अन्तर्राष्ट्रिय दातृ निकाय, समाजिक संघसंस्था, आप्रवासी नेपालीलाई एकै साथ परिचालन गर्न नेपाल सरकार चुकेको तिनले ठानेका रहेछन् । उनीहरूले भुजको पुनर्निर्माण त्यसरी नै संयन्त्र बनाएर योजनाबद्ध तरिकाले गरेका थिए । भारतमा तत्कालीन केन्द्रीय सरकार काग्रेस ९आई०को थियो भने गुजरातको राज्य सरकार भाजपाको थियो वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए । दुवै दलको दर्शन फरक थियो । उनीहरूले पुनर्निर्माणमा भने देखिने गरी राजनीति गरेनन् । बरु, एक अर्काका सहयोगी बनेर पुनर्निर्माणको कामलाई गति दिए । त्यसको जस भने भाजपालाई गयो । पुनर्निर्माणमा गति दिएकै कारण वर्तमान प्रधानमन्त्री मोदी त्यस पदमा पुग्न सफल भएको गुजरातवासीको धारणा छ ।
त्यसैले नेपालका सरकार प्रमुखलाई पनि भुजवासीको सुझाव छ ( राजनीति संसद्मा गर्नुहोस् तर पुनर्निर्माण नगर्नुहोस् । तपाईँहरूलाई आफ्ना अनुभव र स्रोत साधनले सघाउन हामी अझै पनि तयार छौँ । हाम्रो पुनर्निर्माण त्यसपछि भूकम्प गएका मुलुक र स्थानका लागि अनुकरणीय भएको छ । किनभने गरिबीले पिछडिएको कचका बासिन्दाका मुहारमा पुनर्निर्माणपछि चमक आएको छ । अधिकांश कचवासीले सामान्य अवस्थाभन्दा राम्रो आवास, विकासका साधन र रोजगारीका अवसर पाएका छन् । त्यसले गर्दा कच अहिले गुजरात आउने आगनतुकका लागि पर्यटकीय स्थलसमेत बन्ने गरेको छ ।
राजनीतिमा जे जस्तो दर्शनका अनुयायी भए पनि मोदीले गरेको कामलाई स्थानीय बासिन्दाले स्यावासी दिनेगरेका छन् । तर, तिनै मोदीको कार्यकालमा नेपालसँगको सम्बन्धमा उतारचढावको आएको सुन्दा गुजरातवासी दुःखीसमेत छन् । कच विश्वविद्यालयका पूर्वउपकुलपति रहेका डा। शिवपुजन यादव भन्छन् ( नेपालसँगको सम्बन्ध मोदी सरकार लागि जति राम्रो थियो पछि बिग्रिन गएकोमा हामी दुःखी पनि छौँ । उनले भने राजनीतिमा कहिले काहीँ यस्तो हुन्छ । नजिकको मित्र टाढाको बन्नपुग्छ टाढाको पराई नजिकको मित्र साबित हुनपुग्छ । तर, राजनीतिक समवन्ध जस्तो भए पनि हामी नेपाली जनताको भावना र दुःख पीडामा साथसाथ छौँ । दाहाल नयाँ प्रधानमनत्री बनेको थाहा पाएका भुजवासी पुनर्निर्माणमा राजनीति नगर्न उनलाई सुझाव दिन्छन् । पैसा बाँडेरमात्र पुनर्निर्माण हुनसक्दैन, त्यस स्थानमा आवश्यक सामग्रीको पहुँच तथा उपलब्ध गराउन सरकारले धयान दिन सक्नुपर्छ । त्यसका लागि निजी क्षेत्रलाई सहकार्यमा सहभागी गराउन सक्नुपर्छ भन्ने तिनको अनुभव छ । त्यसो हुन सकेन भने आवश्यकता र पूर्तिको अवस्थामा कृत्रिम अभाव भएर बजारमा एकाधिकार बढ्छ भन्ने उनीहरूको अनुभव छ । गुजरातमा भने त्यसो नभएको केएनएका सदस्य बताउँछन् ।
प्रधानमन्त्री दाहालले कुनै बेला पुनर्निर्माणमा हैटी मोडल अपनाइए दुर्भाग्य हुने भन्दै गुजरात मोडल अपनाउन नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारलाई सार्वजनिकरूपमै सुझाव दिएका थिए । तर, हैटी नै नभए पनि धन्नै धन्नै त्यही मोडलमा नेपालको पुनर्निर्माणको काम सुरु भएको छ । प्राधिकरणको स्थापना र त्यसका कार्यकारी प्रमुख नियुक्तिका क्रममा देखिएका अभ्यास र चिन्तनले नेपालमा विकास र पुनर्निर्माणको काम संकीर्णताभन्दा माथि उठ्न नसकेको स्पष्ट हुन्छ । प्रधानमन्त्री दाहालले सबै पीडितलाई ४५ दिनभित्र ५० हजार उपलब्ध गराउन निर्देशन दिए पनि कामले गति पाउँछ वा पाउँदैन अहिले नै केही भन्न सकिँदैन । उनले सत्ता साझेदारीको सहमतीअनुसार ९ महिना बस्दा गर्नुपर्ने मुख्य काम पुनर्निर्माण नै हो । त्यसपछि निर्वाचन र अन्य राजनीतिक विषयलाई सम्बोधन गर्न ध्यान दिए भने सत्ता आरोहमा गिरेको उनको नुर माथि उठ्न सक्छ ।
प्रधानमन्त्री दाहाल भारत आउने चर्चा भइँरहदा भुजको पुनः अवलोकन गरुन् भन्ने स्थानीयको चाहना छ । उनीहरू भन्छन् ( तपाईँको दर्शन जस्तो भएपनि हामीलाई कुनै आपत्ति छैन तर यत्ति हो मानवीय संवेदनामा संवेदनशील भएको सुन्न र देख्न पाइयोस् तपाईँकै कार्यकालमा नेपालका भूकम्पपीडितले ओत लाग्ने घर पाऊन् र त्यस क्षेत्रको विकासका लागि केही योगदान पुगोस् ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७३ १८:४७
प्रतिक्रिया दिनुहोस्