site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगर महानगरको पहिलो कार्यपालिका बैठक : फोहोर व्यवस्थापनमा वडालाई थप बजेट
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका बैठकले फोहोर व्यवस्थापनमा हरेक वडामा थप एक लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ । आइतबार बसेको महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले फोहोर व्यवस्थापन गर्न वडास्तरमै कार्यक्रम सञ्चालन गर्न वडागत रूपमा एक लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।

महानगका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्थानीय तहबाट निर्माण हुने वार्षिक बजेटको सन्दर्भमा छलफल गर्न कार्यपालिका बैठक बसेको जानकारी दिए । उनले भने, “सार्वजनिक महत्वको प्रस्तावस्वरूप फाहोर व्यवस्थापनकै विषयमा छलफल भएको छ । महानगर क्षेत्रमा डुबान हुन नदिन सरसफाई अभियान सञ्चालन गर्ने, नाला ड्रेनमा अवरोध खोल्ने निर्णय भएको छ ।”

कार्यपालिकामा भएका छलफल र निर्णयहरुबारे एक दुई दिनमा थप जानकारी गराइने बस्नेतले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरपालिकाका मेयर नागेश कोइरालाले कार्यभार सम्हाल्दै गर्दा करको दर घटाउन प्रस्ताव लैजाने भनी गरेको पहिलो निर्णयबारे कार्यपालिकामा छलफल भए/नभएको भन्ने विषयमा बस्नेतले खुलाएनन् । “राजस्व परामर्श समितिले यसमा वर्कआउट गरिरहेको छ । के कसरी नगरसभामा लौजाने भन्ने निर्णय हुने छ,” उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतकाअनुसार मुख्य रूपमा कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल भएको छ ।

Global Ime bank

विराटनगर महागनरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले फोहोर व्यवस्थापनलाई वडास्तरमै प्रभावकारी बनाउन थप एकलाख रुपैयाँ उपलब्ध गराउन कार्यपालिकाको बैठकले निर्णय गरेको बताए । “१९ वटा वडालाई २५ करोड सिलिङ तोक्ने भन्ने प्रस्ताव आएकोमा रु २ करोडका दरले ३८ करोड हुनुपर्ने हामीले माग गरेका छौँ,” उनले भने ।

महानगरका प्रमुख र उपप्रमुखलाई रु ३५ करोड सिलिङ तोक्ने बैठकमा प्रस्ताव आएको थियो ।

बैठकमा वडा नम्बर १ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धवकुमार भुजेल, १७ का समिम कमर मिया, १८ का जितेन्द्रकुमार साह र १९ का वडाध्यक्ष श्याम घिमिरेले बजेटका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

बैठकमा मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगरका सबै वडालाई न्यायोचित रूपमा बजेट वितरण गरिने बताए । 

संविधानमा उल्लेख भएअनुसार मुलुकका सबै ७५३ वटै पालिकाले आगामी असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्छ । बजेटमा समेट्नुपर्ने विषयमा केन्द्रित भएर महानगरले सरोकारवालाहरूसँग पनि छलफल सञ्चालन गरिरहेको छ । आइतबार नै नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई मेयर कोइरालाले सपथग्रहण गराएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC