सन् १९४० मा बेलायत नाजी जर्मनीविरुद्ध एक्लै उभिएका बेला ’गिल्टी मेन’ शीर्षकको एउटा सानो किताब ’केटो’ छद्म नाममा प्रकाशित भएको थियो । यसका लेखकहरू पछि गएर लेबर पार्टीका नेता हुने माइकल फुट, लिवरल पत्रकार फ्य्रांक ओवेन र कन्जरवेटिव पत्रकार पिटर ओवार्ड थिए । गिल्टी मेनमा नेविल चेम्बरलेन र विन्सटन चर्चिलको मन्त्रीमण्डलका सदस्य रहेका लर्ड हेलीफ्याक्सको चरित्रलाई छ्यासमिस पारेर चित्रण गरिएको थियो । एडोल्फ हिटलरलाई खुसी पार्ने उनीहरूको नीतिका कारण बेलायत विनाशको छेउमा पु¥याएको थियो ।
आज फेरि ब्रेक्जिटको जरोले लोकतन्त्र थला परेको बेलायतमा मात्र हैन सबैतिर दोषीहरूको पोल खोल्ने बेला भएको छ । पछिल्लो पागलपनको उदाहरण अमेरिकामा गत अगस्ट १२ का दिन भर्जिनियाको सार्लोटविलमा शान्तिपूर्ण विरोध जुलुसमाथि श्वेत प्रभुत्ववादीले आक्रमण गर्दा एक जना प्रदर्शनकारी मारिए भने कैयौं घाइते भएको घटना हुन पुगेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले दोषीलाई दोषी भन्न नखोज्नु आश्चर्यको विषय होइन । सार्लोटविलमा भएको दुःखद घटनाको निन्दा गर्नै उनलाई दुई लाग्यो । यसको तत्कालै उनी पछाडि फर्के र नाजी नारा लगाउने स्वस्तिक चिह्नधारी उग्र दक्षिणपन्थीहरू र तिनको शान्तिपूर्ण विरोध गर्ने दुवैथरीलाई उनले समान दोषी ठहर्याए । यथार्थमा ट्रम्पको राष्ट्रपति पद त्यही सार्लोटविलको उग्र दक्षिणपन्थी शक्तिको असन्तुष्टि प्रदर्शनको परिणाम हो । यद्यपि, ट्रम्पले अमेरिकामा सल्केको घृणाको आगो फुकेर दन्काएका भए पनि बेलायतमा ब्रेक्जिटवालाले जसरी सल्काएका भने हैनन् । जातिवाद र धर्मान्धता तथा सफेद झुटलाई मूलधारको राजनीतिक बहसमा स्थापित गराउनेहरू वास्तवमा को हुन् भने र यी पात्रहरूको घेराबाहिर पनि हेर्नु जरुरी हुन्छ । हाम्रा लोकतन्त्रहरूलाई संक्रमित गर्ने कीटाणुको स्रोत पहिचान गर्न सकेमात्र हामी तिनलाई निवारण गर्ने व्यावहारिक उपाय गर्न सक्छौँ ।
यस राजनीतिक महामारीको ‘पहिलो रोगी’ रुपर्ट मुर्डाेकबाट सुरु गरौँ । दशकौंसम्म दक्षिणपन्थी राजनीतिक मनोरञ्जनका प्रायोजक मुर्डाेकले बेलायत, अमेरिका र उनकै मुलुक अस्ट्रेलियाको राजनीतिलाई नाफा र राजनीतिक प्रभाव बढाउन रुखो बनाएका छन् । मुर्डोकका अखबार र टेलिभिजन नेटवर्कले कपटी र छिद्रान्वेषी राजनीतिलाई मलजल गरेकै कारण ट्रम्प र ब्रेक्जिटवालाको जित भएको हो ।
मुर्डोकको साँच्चैको दोष के हो त ? ल भैगो, उनको सबैभन्दा मुख्य सञ्चार माध्यम फक्स न्युन च्यानलमाथि लाग्ने गरेको यौन दुव्र्यवहार र आक्रमणको कहिल्यै अन्त्य नहुने प्रकारको आरोपहरूलाई एकातिर पन्छाऊँ । यस्तो आरोप कति व्यापक भयो भने नेटवर्कको सहसंस्थापक रोजर एइल्स र सबैभन्दा धेरै कमाउने बिल ओ रेलीलाई समेत अन्ततः अनिच्छापूर्वकै भए पनि हटाउनु प¥यो । सन् २०११ मा मुर्डोकको प्रिय पत्रिका द न्युज अफ द वल्र्डको बेलायतमा निजी टेलिफोन टेप गर्ने काण्डलाई पनि छाडौँ ।
मुर्डोकको अपराध सिद्ध गर्नका लागि उनको सञ्चार माध्यमहरूले हालै गरेका फट्याइँ र धुत्र्याइँहरूको विवरण नै पर्याप्त हुन्छन् । एउटा उदाहरण फक्स न्युजले डेमोक्य्राटिक नेसनल कमिटीका कर्मचारी सेठ रिचको हत्यामा हिलारी क्लिन्टनको चुनाव प्रचार टोलीको हात छ भन्ने सिद्ध गराउन एकोहोरो प्रचार गरिरह्यो । यथार्थमा अहिले एउटा मुद्दा परेपछि हवाइट हाउससँग मिलेर फक्स न्युजले यो झुटो हल्ला मच्चाउन लागिपरेको पोल खुलेको छ ।
फक्स न्युजद्वारा क्लिन्टनविरुद्ध चलाइएको प्रचार योमात्र हैन । फक्स न्युजका कार्यक्रम प्रस्तुतकर्ता सिन ह्यानिटी र नियमित टिप्पणीकार न्युट गिनरिचले हाम्रो समयको एउटा अनौठो षड्यन्त्रको सिद्धान्तलाई स्थापित गर्न दुक्ष्प्रचार गरिरहे । उनीहरूले दाबी गरेका थिए – क्लिन्टन र उनका निकट मित्रहरूले वासिङटन डीसीबाहिर पिज्जेरियामा बाल यौनदूराचार सञ्जाल चलाएका छन् भन्ने दुष्प्रचार गरिरहे । यो हल्ला कति नराम्ररी पैmलियो भने एक जना बन्दुकधारी व्यक्तिले त पिज्जेरियामै पसेर गोली हाने ।
तर, त्यो घटनाले पनि फक्स न्युज वा यसका मालिकलाई छोएन । उनीहरूले दुष्प्रचार छाडेनन् । तिनले बेलायतको गुप्तचर एजेन्सी जीसीएचक्युलाई राष्ट्रपति बाराक ओबामाले ट्रम्पको निर्वाचन अभियानको जासुसी गर्न लगाएको हल्ला पैmलाइदिए । यसले चुनावमा रुसी संलग्नताका बारेमा छानबिन गर्न सुरु गरेपछि ट्रम्पले बर्खास्त गरेका एफबीआईका निर्देशक जेम्स कोमेले गोप्य पत्राचार ‘लिक‘ गरेको निराधार हल्ला मच्चाइरह्यो ।
मुर्डोकका सञ्चार माध्यमहरूले गरेको अधर्म पक्कै पनि अमेरिकामा मात्र सीमित छैन । एउटा बेलायतको उदाहरण हेरौँ — मुर्डोकको स्वामित्वको सन्डे टाइम्समा हालै (दोस्रो विश्व युद्धमा) ’होलोकस्ट’ (यहुदीहरूको नरसंहार) भएकै स्वीकार नगर्ने एकजना आइरिसको लेख छापिएको छ । त्यस लेखमा ’यहुदीहरू पैसामात्र हेर्छन्’ पुरानै जातिवादी धारणा दोहो¥याएको छ भने बीबीसीमा महिलाहरूले कम तलब पाउनुको कारणमा पनि महिलाहरूले जोड गर्न नसकेको भनेर होच्याइएको छ ।
यस्ता प्रकारका भ्रामक समाचार कुनै राम्रो सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएको भए लगानीकर्ताको असन्तुष्टिको कुनै पर्वाह नगरी सम्बन्धित सम्पादकलाई बर्खास्त गरिन्थ्यो । तैपनि, भ्यानगार्ड ग्रुप, फिडेलिटी इन्भेस्टमेन्टस र फ्य्रांक्लिन टेम्पलटन इन्भेस्टमेन्टस जस्ता संस्थागत लगानीकर्ताको मुख बुझो लगाउन मुर्डोकले पर्याप्त नाफा कमाइरहेकै छन् ।
व्यक्तिगत लगानीकर्ता पनि उत्तिकै सन्तुष्ट छन् । फक्स न्युन कम्पनीका दोस्रो ठूलो सेयरहोल्डर साउदी राजकुमार अल वालिद बिन तलाललाई नै हेरौँ । फक्स न्युज नेटवर्कको मुसलमानहरू अमेरिकामा सरिया कानुन लगाउन चाहन्छन् भन्नेलगायतका इस्लामविरोधी प्रचारवाजी रोकाउनभन्दा उनलाई पैसा कमाउनमै बढी रुचि देखिन्छ ।
बजारले मुर्डोकलाई असल व्यवहार गर्न बाध्य गराउन सक्तैन भने सरकारहरूले हस्तक्षेप गर्नुपर्ने हुनसक्छ । मुर्डोकको स्काइ टेलिभिजन किनेर पूर्ण नियन्त्रण गर्ने प्रयासलाई रोकेर नियामकहरूले बेलायतको आकाशमा फक्स न्युजको अर्को अवतार प्रकट हुनबाट रोक्ने महत्त्वपूर्ण अवसर पाएका छन् । यद्यपि, बेलायतका नियामकहरूले अहिलेसम्म यस्तो साहस देखाएका भने छैनन् ।
यसभन्दा पहिले मुर्डोक र उनका छोराहरू केही हदसम्म बेलायती टेलिभिजन लाइसेन्स पाउन योग्य र उपयुक्त देखिएका थिए । तर, ट्रम्प प्रशासनको ६ महिनामा फक्स न्युजको भ्रामक प्रचारवाजी हेर्दा लोकतान्त्रिक मुलुकमा सञ्चार माध्यमको स्वामित्व लिन रुपर्ट मुर्डोकभन्दा अयोग्य व्यक्ति अरू कोही हुनै सक्तैन ।
भ्रामक प्रचारवाजीमा नैतिक र राजनीतिकरूपले पनि अत्यन्त भ्रष्ट मुलुक सोभियत संघको पूर्व नागरिकका रूपमा समाचारलाई हतियार बनाइँदा हुनसक्ने हानीबाट म पूर्ण जानकार छु । मुर्डोक हाम्रो समयको वास्तवमै बदमास व्यक्ति हुन् र उनलाई रोक्नैपर्छ ।
Copy Rights : Project Syndicate 2017