site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘वीर विक्रम’ अधिकांश हलमा हाउसफुल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाली कथानक चलचित्र ‘वीर विक्रम’ प्रदर्शनको पहिलो दिन अधिकांश हल हाउसफुल भएको निर्माण पक्षले दाबी गरेको छ । रिलिज डेट भदौ तीन भनिए पनि एक दिन अघि दुई गते बिहीबारबाट प्रदर्शन आरम्भ भएको चलचित्र ‘वीर विक्रम’ सोचअनुसार सफल भएको उक्त चलचित्रका निर्माता तथा निर्देशक मिलन च्याम्सले बताए । 
बिहीबार कुमारी बोहक सबै हल हाउसफुल भएको उनको भनाइ छ । “काठमाडौंको कुमारी बाहेक सबै हल हाउसफुल भएको छ ,” उनले भने, “कुमारीमा पनि क्षमताको ६० प्रतिशत दर्शक आएका छन् । एक रिलिज डेटभन्दा एक दिन अघि प्रदर्शन भएकाले यस्तो भएको हो भोलिबाट कुमारी पनि हाउसफुल हुन्छ ।”
चलचित्रमा दयाहाङ्ग राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, शिशिर राना, वसन्त भट्टको मुख्य अभिनय रहेको छ । 
रामेछापका विभिन्न ठाउँका छायांकन गरिएको चलचित्रको लगानी करिब एक करोड रहेको निर्माता तथा निर्देशक मिलनले बताए । 
“पूर्णतया नेपाली विषयबस्तुमा आधारित मनोरञ्जनात्मक चलचित्र हो, वीर विक्रम,” मिलनले भने,“यो पूर्ण व्यवसायिक चलचित्र हो । चलचित्र हेरुन्जेल दर्शकलाई बोर फिल हुँदैन ।”
“साथित्व, मातृत्व साथीका लागि साथीले गर्ने सम्झौता, माया पे्रम मेरो चलचित्रको मुख्य विषयबस्तु हो,” उनले भने, “यो सँगै स्थानीय विषयलाई पनि समेटेको छु । विकट ग्रामीण परिवेशका जिन्दगीको भोगाइहरु पनि समावेश गरेको छु ।”
चलचित्र काठमाडौं उपत्यका बाहिर भने शुक्रबारबाट प्रदर्शनमा आउने छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७३  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC