विदेश
ढाका । बङ्गलादेशको राजधानी ढाकामा शनिबार बिहान भएका आतङ्ककारी हमलामा आइएसको सम्लग्नता नरहेको बङ्गलादेशले जनाएको छ । राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा गत शनिबार आतङ्ककारी हमला भएको थियो । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका र त्यहाँ रहेका कम्तीमा पनि २० जना विदेशीको हत्या गरेका थिए ।
उक्त आक्रमण इस्लामिक स्टेट्सले गरेको भनी यसअघि गरिएको दाबी सत्य नभएको बताइएको छ । बङ्गलादेशको सरकारले त्यसमा आइएसको सम्लग्नता अस्वीकार गरेको हो ।
बङ्गलादेशका गृहमन्त्री असादुजमान खानले उक्त हमलामा आइएसको हमलाको कुनै पनि संकेत नमिलेको जानकारी दिए ।
यस क्रममा सुरक्षाकर्मीको कारबाहीका क्रममा पाँचजना बन्दुकधारी मारिएका बताइएको थियो । ती मारिएका व्यक्ति बङ्गलादेशको नै एक प्रतिबन्धित समूहका सदस्य रहेकोले आइएसको सम्लग्नता नखुलेको उहाँको भनाइ छ ।
रासस/सिन्ह्वा
प्रकाशित मिति: सोमबार, असार २०, २०७३ १४:२२
प्रतिक्रिया दिनुहोस्