site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एमबीबीएस लाइसेन्स परीक्षामा किन धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिने एमबीबीएस तथा बीडीएस चिकित्सक लाइसेन्स परीक्षामा योपटक ३१.८४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

काउन्सिलले यही जेठ १२, १३ र १४ गते लिएको परीक्षामा एक हजार ४९४ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये ४७५ जना मात्रै उत्तीर्ण भएको नतिजा काउन्सिलले प्रकाशित गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

काउन्सिलले स्नातक तहका लागि वर्षमा तीनपटक लाइसेन्स परीक्षा लिने गरेको छ । त्यसमध्ये पहिलो चरणमा सहभागी भएका एक हजार ४९४ परीक्षार्थीमध्ये सो संख्यामा उत्तीर्ण भएका हुन् ।

किन कम उत्तीर्ण ?
नेपाल मेडिकल काउन्सिलको पछिल्ला रेकर्डहरूमा एमबीबीएसको लाइसेन्स परीक्षामा निकै कम विद्यार्थी मात्र उत्तीर्ण भएको  देखिन्छ । ०७३ सालको दोस्रो चरणको परीक्षामा ५८.२५ प्रतिशत उत्तीर्ण भएका थिए । तर, त्यसपछिका वर्षहरूमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीले नाम लिकालेको रेकर्ड छैन ।

Global Ime bank

योपटक अनुत्तीर्ण हुनेमा आठ वर्षअघि भर्ना भएकादेखि तथा अधिकांश पुराना  विद्यार्थी रहेका काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारी बनउँछन् । “जति नयाँ विद्यार्थीले परीक्षा दिए त्यति पास प्रतिशत बढ्ने सम्भावना रहन्छ । यसपटको परीक्षामा ३०० जना मात्रै नयाँ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसैले पनि कम संख्यामा विद्यार्थी पास भए ।”

तर, कम संख्यामा विद्यार्थी उत्तीर्ण हुनु अर्थात् धेरै विद्यार्थी अनुत्तीर्ण हुनु अस्वाभाविक नभएको डा. अधिकारी बताउँछन् । “विश्वविद्यालय शिक्षाको गुणस्तरअनुसार पास हुनेको यो प्रतिशत ठिकै हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC