site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरसफाइकर्मीलाई अब बुटवलले निकै महत्त्व दिन्छ : नगरप्रमुख पाण्डे 
Sarbottam CementSarbottam Cement

बुटवल । १५औं गणतन्त्र दिवस २०७९ को अवसरमा बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले सरसफाइकर्मीसँग सहभोज गरी मनाएका छन् । बुटवल उपमहानगर भित्रका सरसफाइकर्मीहरूको साथमा नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले सरसफाइकर्मी र कर्मचारीसहित सहभोज गरेका हुन् ।

सहभोज शुरु हुनुअघि आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पाण्डेले सरसफाइजस्तो महत्त्वपूर्ण क्षेत्रमा काम गर्ने सरसफाइकर्मीलाई अब निकै महत्त्व दिने उद्घोष गरेका छन् ।  पाण्डेले बुटवल उपमहानगरपालिकाकालाई सुन्दर बनाउने जस्तो महत्त्वपूर्ण काम गर्ने सरसफाइकर्मीहरूलाई अब बुटवलले निकै महत्त्व दिने उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरसफाइकर्मीहरूका समस्या समाधान गर्नेतर्फ संकेत गर्दै आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माण गर्दा निकै महत्त्वका साथ समेट्ने उनले बताए । उनले भने, ‘अहिले बुटवलमा काम गर्ने साथीहरूलाई ८ घण्टा पनि समस्या भएको सुनाए, बजेटमा हामीले निकै ध्यान दिन्छौँ, दिनभर खटिन परे पनि काम गर्न सहज हुनेगरी व्यवस्थापन गर्छौं ।”

Global Ime bank

कार्यक्रममा बोल्दै नवनिर्वाचित उपप्रमुख अर्यालले ठूलो मेहनतले गरेको गणतन्त्रको रक्षा गर्नुपर्ने बताइन् । उनले गणतन्त्र समुदाय अनुसार फरक भएकोले सबैलाई अपनत्व हुनेगरी काम गर्ने बताइन् । उनले सबैलाई समानताको भानको अवस्था बनाउन सहभोज गरिएको बताइन् ।

बुटवल उपमहानगरपालिकाका सफाई कर्मचारी जितबहादुर परियारले मेयर उपमेयर नै आएर सहभोज गर्नु स्वागतयोग्य काम रहेको बताए । उनले सफाइ कर्मचारीहरूका समस्याको बारेमा बताएका थिए । उनले आफ्ना समस्या सम्बोधनमा अहिलेको नगर सरकारले काम गर्न आग्रह गरे । बुटवल उपमहानगरपालिकामा अहिले ४२ जना सरसफाइकमीहरू कार्यरत रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC