देश
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाजको अवस्था आज बिहान १० बजेर ७ मिनेटदेखि अज्ञात छ । मुस्ताङको घोडेपानी भन्ने स्थानबाट सम्पर्कविहीन भएकोे जहाजको खोजीकार्य जारी छ ।
प्रहरीका अनुसार मुस्ताङकै लेते क्षेत्रमा जहाजको खोजी भइरहेको छ । सोही क्षेत्रमा स्थानीयले जहाजले दुई फन्को लगाएको देखेका थिए । स्थानीयकै सूचनाका आधारमा प्रहरी टोली लेतेतर्फ परिचालन गरिएको छ ।
प्रतिकूल मौसमका कारण हेलिकोप्टरबाट पनि जहाज खोज्न कठिनाइ भइरहेको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार छन् ।
ताराको ट्विनअटर ९एनएईटी विमान सम्पर्कविहीन भएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १३:१५
प्रतिक्रिया दिनुहोस्