site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारी संस्थानको दुरावस्था : ४४ मध्ये १९ घाटामा 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारी लगानीमा सञ्चालन भएका ४४ मध्ये १९ संस्थान घाटामा छन् । सरकारले २४ संस्थानको लगानीबाट मात्रै प्रतिफल प्राप्त गर्ने अवस्था छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा ४४ मध्ये २२ संस्थानको नाफामा संकुचन भएको छ । संस्थानहरूको खुद नाफा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ४०.३० प्रतिशतले घटेको छ । 

शनिबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वार्षिक स्थिति समीक्षामा नोक्सानीमा सञ्चालित१९ संस्थानहरूको सञ्चित नोक्सान ३.६१ प्रतिशतले बढ्दा सरकारको प्रशासनिक खर्च २.३८ प्रतिशतले बढेको उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक संस्थानहरूमा उद्योगतर्फ सञ्चालित १० मध्ये आठवटा घाटामा छन् । एउटा मात्रै नाफामा छ । सरकारी लगानीको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी मात्रै एक करोड ९१ लाख रुपैयाँले नाफामा छ ।

यस्तै, व्यापारिक क्षेत्रका चारमध्ये तीन संस्थान घाटामा छन् । कृषि सामग्री कम्पनी मात्रै १२ करोड २४ रुपैयाँ नाफामा छ । सेवातर्फका नौमध्ये गत आवमा चार संस्थान घाटामा छन् । पाँचवटा नाफामा छन् । सामाजिक क्षेत्रतर्फ पाँच संस्थानमा लगानी रहेकामा दुईवटा मात्रै नाफामा छन् ।

Global Ime bank

जनउपयोगीतर्फ लगानीमा रहेका पाँचमध्ये नेपाल खानेपानी संस्थान मात्रै घाटामा छ । वित्तीय क्षेत्रतर्फ सरकारको लगानी रहेका नौ संस्थान नै नाफामा छन् ।

नेपाल मेटल कम्पनीको अझै कारोबार सुरु भएको छैन ।

समग्रमा सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूको नाफा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्षमा ४५.४२ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६/७७ मा सरकारी स्वामित्वका संस्थानहरूको खुद नाफा ४८ अर्ब २९ करोड एक लाख रुपैयाँ थियो । त्यो गत आवमा २६ अर्ब ३५ करोड आठ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आवमा संस्थानहरूको कुल आय आघिल्लो आवको तुलनामा ३.८३ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

२४ सार्वजनिक संस्थान नाफामा देखिए पनि सरकारले प्रतिफल भने पाँच संस्थानबाट मात्रै प्राप्त गरेको छ । गत आवको अन्त्यसम्म सरकारको सार्वजनिक संस्थामा कुल सेयर लगानी तीन खर्ब १४ अर्ब ६५ करोड सात लाख रुपैयाँ रहेको छ । गत आवमा सरकारले उक्त लगानीको २.१४ प्रतिशत अथात् ६ अर्ब ७२ करोड १४ लाख मात्रै लाभांश प्राप्त गरेको छ ।

गत आवमा सरकारले नेपाल दूरसञ्चार कम्पनीबाट पाँच अर्ब ४८ करोड ९८ लाख रूपैयाँ, नेपाल आयल निगमबाट १८ करोड ८१ लाख रूपैयाँ, कृषि विकास बैंकबाट ६४ करोड चार लाख रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट ३१ करोड ५० लाख रूपैयाँ र नेपाल स्टक एक्स्चेन्जबाट आठ करोड ७९ लाख रूपैयाँ मात्रै लाभांश प्राप्त गरेको हो ।

सरकारको लगानी रहेका ४४ संस्थानमध्ये सबैभन्दा बढी नाफा गर्ने संस्थानहरूमा पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, सबैभन्दा बढी खुद नाफा गर्ने संस्थानको दोस्रो नम्बरमा नेपाल विद्युत् प्रधिकरण रहेको छ । प्राधिकरणले गत आवमा ६ अर्ब ९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो, चौथो र पाँचौँ नम्बरमा तीन वाणिज्य बैंकहरू रहेका छन् ।

गत आवमा कृषि विकास बैंकले तीन अर्ब ५२ करोड ७५ लाख, राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ४२ करोड ३६ लाख र नेपाल बैंकले दुई अर्ब ९६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

नेपाल दूरसञ्चार कम्पनीको सञ्चित नाफा ४५ अर्ब रुपैयाँभन्दा बढी छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  २३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC