राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ, जायज हुन्छ भन्दै प्रश्न गरेका छन् ।
तत्कालीन सरकार–माओवादी युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याउने तथा तर्साउने काम गरेकोभन्दै ओलीले घृणा फैलाएको प्रचण्डले बताएका छन् ।
शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि परिस्थिति अर्कै भइसकेको अवस्थामा आरोपप्रत्यारोप र घृणा फैल्याउनु जायज नहुने उनको तर्क छ ।
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९ १२:२९
प्रतिक्रिया दिनुहोस्