site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कान्तिपुर हाफ म्याराथन जेठ तेस्रो साता
Sarbottam CementSarbottam Cement

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सले आयोजना गर्ने कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करण जेठ २१ गते हुने भएको छ । 

म्याराथनमा यसपटक ४ हजार धावकले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा तीन विधामा धावकले प्रतिस्पर्धा गर्नेछन् । २१.१ किलोमिटरको हाफ म्याराथन, ५ किलोमिटरको कर्पोरेट म्याराथन र ह्विलचियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । 

हाफ म्याराथनको महिला र पुरुष स्पर्धाका विजेताले १ लाख रुपैयाँ पुरस्कार जित्नेछन् । उपविजेताले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौँथो हुनेले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कान्तिपुर पब्लिकेसन्सले पहिलो सात संस्करण आफ्नो वार्षिकोत्सवको दिन फागुन ७ गते आयोजना गर्दै आएको थियो । तर, आठौँ संस्करणदेखि फरक मितिमा प्रतियोगिता आयोजना गर्न थालिएको हो । 

कर्पोरेटतर्फका विजेताले पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज पुरस्कार जित्नेछन् । दोस्रो हुनेले नगरकोटमा १ रातको प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गरिने आयोजकले जनाएको छ । ह्विलचियरतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Global Ime bank

यस म्याराथनलाई राष्ट्रिय स्तरको मान्यता दिइने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव शाहले बताए । हाफ म्याराथनको विजेतालाई ३ महिनाभित्र अन्तर्राष्ट्रिय प्रतियोगिताबाट निमन्त्रणा आए सहभागी गराइने शाहले बताए । 

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डला हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर टुंगिने छ ।

कर्पोरेट दौड सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुमेर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ । त्यस्तै सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने हिवलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिने छ । 

यस संस्करणको म्याराथनलाई ‘जलवायु परिवर्तन’लाई आधर बनाएर ‘ह्यासट्याग रन फर ग्रीन नेपाल’ बनाइएको कान्तिपुरका सहायक प्रबन्ध निर्देशक महेश स्वारले बताए । स्वारले रजिस्ट्रेसन गर्ने धावकले एउटा विरुवा पाउने बताए । 

म्याराथनका लागि जेठ ११ गतेबाट राजिस्ट्रेसन सुरु भइसकेको बताए । जेठ १७ गतेसम्म राजिष्ट्रेसन खुला रहने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC