site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वीरगन्जका नवनिर्वाचित मेयरको पहिलो निर्णय–घण्टाघरदेखि माईस्थानसम्मको सडक मर्मत
Sarbottam CementSarbottam Cement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित राजेशमान सिंहले सपथ ग्रहण गरेसँगै वर्षाैदेखि जीर्ण घण्टाघरदेखि माईस्थानसम्मको सडक मर्मत गर्ने पहिलो निर्णय गरेका छन् । 

वर्षाैँदेखि मर्मत सम्भार नहुँदा सास्ती खेपिरहेका नगरवासीलाई परिवर्तनको प्रत्याभूति दिलाउन सिंहले बिहीबार पद बहाली गरेसँगै मुख्य सडकलाई मर्मत गर्ने निर्णय गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

वीरगन्जका निवर्तमान मेयर विजयकुमार सरावगीले सडक विभागअन्तर्गत पर्ने उक्त सडक निर्माण गर्न आफ्नो अधिकारक्षेत्र भित्र नरहेको बताउँदै आएका थिए । तर, सपथ लिएकै दिन नवनिर्वाचित मेयर सिंहले उक्त सडकलाई मर्मत गर्ने निर्णय गरेका छन् । 

त्यसैगरी मेयर सिंहले महानगरभित्र बसोबास गर्ने १० हजार ९ सय २४ घरधुरीको घरेलु प्रयोजनका लागि मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय पनि गरेका छन् । 

Global Ime bank

पाँच दलीय गठबन्धनले जारी गरेको घोषणा पत्रमा उल्लेख भएबमोजिम बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल महानगरले नै भुक्तानी गर्ने भएको हो । यद्यपि, ३० युनिटभन्दा बढी खपत गर्ने सेवाग्राहीले सम्पूर्ण शुल्क आफै तिनुपर्ने हुन्छ । योजना ३० युनिटसम्म विद्युत् खपत गर्ने सेवाग्राहीको लागि मात्र भएको निर्णयमा स्पष्टसँग खुलाइएको छ ।  

त्यस्तै, महानगरभित्र रहेका ४ सय ७० वटा कृषि (सिँचाइ)मा लाग्ने विद्युतकाे सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिने सिंहले निर्णय गरेका छन् । कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न उक्त निर्णय गरिएको सिंहले बताए ।

घेरलु र कृषि बाहेक व्यावसायिक, मनोरञ्जनात्मक र अन्य प्रायोजनका लागि मिटर लिएकाहरू भने उक्त योजनाबाट लाभान्वित हुने छैनन् । 

सपथ ग्रहण गरेको २४ घण्टाभित्रै परिवर्तनको प्रत्याभूति गराउने सिंहको प्रतिबद्धता अनुरूप नगरवासीले अब विद्युत महशुल र सिँचाई मिटरको शुल्क तिर्न नपर्ने भएको छ । यी सबै निर्णय आउँदो साउन १ गतेदेखि कार्यान्वयन हुने जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  २२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC