site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईसी एसिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  एनआईसी एसिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । यही जेठ ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन–२०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्थाबमोजिम बैंकको सञ्चालक समितिले उनलाई आउँदो साउन १ गतेदेखि लागु हुने गरी नियुक्त गरेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

०६४ मंसिर १९ मा तत्कालीन बैैंक अफ एसियाको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट बैंकमा प्रवेश गरेका राठीले बैंकको विराटनगर प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिस्टमहरूको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृत भएका हुन् ।

राठीले समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरणलगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC