site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बैतडीको पाटनमा खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे
Sarbottam CementSarbottam Cement

बैतडी । बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरूले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो । 

खोरेत रोगबाट धमाधम पशुहरू मर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा २० वटा पशु मरेको  र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरूमा खटिएका छन् । तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरूलाई गाउँमा खटाइएको हो । खुट्टामा घाउ हुने, खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर गरी पशुहरू मर्ने गरेको पाइएको छ ।

घरपालुवा जनावरमा खोरेत देखिएपछि किसानहरू चिन्तित भएका वडाध्यक्ष फुनी सिंह बोहराले जानकारी दिए । मकै लगाउने, रोपाइँ गर्ने समयमा गोरुहरूमा पनि खोरेत देखिएपछि खेत जोत्न मुस्किल भएको स्थानीय किसानहरूले बताएका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC