site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राप्रपा नेपालले संसदीय चुनावका लागि ‘गाई’ चिह्न माग्ने, राष्ट्रिय दल बनाउन देशभर अभियान चलाउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा) नेपालले आगामी संसदीय निर्वाचनबाट पार्टीलाई राष्ट्रिय मान्यताप्राप्त दल बनाउन विभिन्न अभियान सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीलाई सशक्त रूपमा संगठित गर्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो । 

जसअनुसार आगामी भदौ तेस्रो हप्ताभित्र देशका सबै पालिकाका वडामा पार्टीको इकाई समिति गठन गरिने भनिएको छ । जेठ महिनाभित्र सातवटै प्रदेश (विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी) मा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरिने राप्रपाले जनाएको छ । 

Agni Group

यसैगरी आगामी असारभित्र ७७ जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गरिने बताइएको छ ।

बैठकले आगामी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगसँग राप्रपा नेपालको पुरानै ‘गाई’ चुनाव चिह्न माग गर्ने भएको छ । 

Global Ime bank

हिन्दू राष्ट्र पुनर्स्थापनार्थ जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आयोजना गर्ने राप्रपाको तयारी छ । 

राप्रपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको पनि विरोध गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC