site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाढीपीडितको सहयोगमा युवाले के गर्ने ?

हालैको भयावह बाढीले सप्तरी, रौतहट, महोत्तरी, चितवनलगायत धेरै जिल्लामा ठूलो क्षति भएको छ । करिब ४५ हजार परिवारका घरबार डुबेको अनुमान छ । अर्बौं रुपियाँका बालीनाली नष्ट हुनुका साथै करिब ७० हजार गाईवस्तु पनि सखाप भएको अनुमान छ । पाँचसयभन्दा धेरै कारखाना बन्द भएका छन् । त्यसैले अहिले यी जिल्लाको अवस्था साह्रै कठिन देखिन्छ । बाढीले कतिपय परिवारको जिन्दगी भरको कमाइ, सम्पत्ति, लुगाफाटो र खाद्यान्न स्वाहा भएको छ । यस्तो स्थितिमा सबै नेपाली एकजुट भएर बाढीपीडित दाजुभाइ तथा दिदिबहिनीलाई सक्दो मद्दत र हेरविचार गर्नुपर्छ । उमेर जति भए पनि हामीले पीडितलाई सेवा गरेर सहायता गर्न सक्छौँ । अहिले म बाढीपीडितको सहयोगमा युवाले गर्नसक्ने कार्यबारे केही लेख्न चाहन्छु । 

स्वसंसेवी युवाका रूपमा  हामीले सहायता कार्यमा सहयोग गर्दै आएका विभिन्न संस्थामा स्वयंसेवा गर्न सक्छौं । हेल्प नेपाल, रेड क्रस, युनिसेफ जस्ता भरपर्दो संस्थामा भाग लिन सकिन्छ । सहायता सामग्रीहरु बोक्ने, ट्रकमा हाल्ने, सामग्रीहरू गनेर लेख्ने केही सजिलै गर्न सकिने कार्य हुन् । समाज सेवाका लागि गरिने काम कुनै पनि सानो हुन्न । थोपाथोपा मिलेर सागर बन्छ भनेजस्तै हरेक काम चाहे सामान बोक्ने होस् वा हेलिकप्टर चलाउने तिनको उत्तिक्कै महत्त्त्व हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हामीले संस्थाबाट मात्र होइन आफैँ पनि सहायता संकलन गर्न सक्छौँ । तर केही सोचविचार गरी योजना गरेर गर्दामात्र यसको चाहिने ठाउँमा असर पर्छ । संकलन गर्नुअघि हामीले पैसा जम्मा गर्ने कि सामग्री जम्मा गर्ने भन्ने छान्नुपर्छ । दुवैका आआफ्ना फाइदा र बेफाइदा छन् । पैसा संकलन गर्न सजिलो छ र यसलाई संस्था अथवा पैसा उपयोग गर्ने व्यक्ति कहाँ लैजान पनि सजिलै हुन्छ । तर, यसको सही तरिकाले उपयोग नहुन पनि सक्छ । बाढीपीडितको भलाइको लागि खर्च नभईकन कुनै कर्मचारीको खल्तीमा जान पनि सक्छ । त्यसैले शतप्रतिशत भरोसा भएको संस्था वा व्यक्त्तिको हातमा मात्र पैसा पठाउनु र राम्ररी बुझेर, सोधपुछ गरेर, पैसाको कसरी प्रयोग हुन्छ देखाउने पत्र मागेरमात्र पैसा दिनुपर्छ । सहायता सामग्रीको संकलनमा भने दुरुपयोग हुनसक्ने सम्भावना पैसामा जति हुन्न । तर, यसको समस्या चाहिँ यातायातमा आइपर्छ । सामग्री जम्मा गर्नमा पनि धेरै समय खर्च गर्नुपर्ने हुन्छ । यिनै फाइदा बेफाइदा बुझेर आफूलाई उपयुक्त हुने सहयोग संकलन गर्नु उपयुक्त्त हुन्छ । सहायता सामग्री संकलन गर्ने हो भने बाढीपीडितका बारे जानकार हुनुपर्छ । उनीहरूको वर्तमान आवश्यकताअनुसार  सामग्री जम्मा गर्नुपर्छ । जस्तै, गैरसरकारी संस्थासँग थुप्रै लुगाफाटो हुन सक्छ तर पानी स्वच्छ बनाउने (प्युरिफायर) कम हुन सक्छ । यस्तो स्थितिमा पानि प्युरिफायर संकलन गर्नु ठीक हुन्छ । 

युवा भएर हामीले बाढीपीडितलाई भावनात्मक सहयोग पनि उपलब्ध गराउन सक्छौँ । उनीहरूसँग २-४ घन्टा बसी अलिकति दु:खसुखका कुरा गरे पनि सान्त्वना हुन्छ । दु:खको बेलामा गफगाफ गरेर दु:ख भुलाउन सकिन्छ र ओठमा मुस्कान ल्याउन सकिन्छ । बालबालिकासँग खेलेर, बुढापाकासँग समय बिताएर, गीत गाएर, नाचगान गरेर, र काममा मद्दत गरेर भावनात्मक सहायता दिन सकिन्छ ।
 
हामीले बाढीपीडितलाई बाढीबाट उब्जन सक्ने रोग इत्यादिको बारेमा चेतना जगाउन सक्छौँ । बाढीको बेला पानीबाट सर्ने रोगको धेरै डर हुन्छ । हामीले हात धुने, सफा पानीमात्र खानेजस्ता विषयका बारे चेतना जगाउन सक्छौँ । यस्ता अन्य विषयमा “कसरी पुलिस, संस्थाहरूलाई सम्पर्क गर्ने?” “कसरी बाढीबाट बच्ने र अरूलाई बचाउने?” र “कसरी मद्दत खोज्ने?” जस्ता विषय पर्छन् । 
यस्तो घटनाको बेलामा चोर र चेलिबेटी बेच्नेको पनि डर हुन्छ । यसको बारेमा पनि बाढीपीडित समुदायलाई सचेत गर्न सकिन्छ । 

Global Ime bank

यिनै कार्य युवाले बाढीपीडितका सेवाका लागि गर्न सक्छन् ।


(रातो बंगला स्कुल, कक्षा ११ ) 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC