राजनीति
काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएक छन् ।
निर्वाचन आयोगको तथ्यांकअनुसार मेयरमा कांग्रेसका अजय प्रकाश ७ हजार १७२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सियारामप्रसाद कुशहवाले ४ हजार ५७७ मत पाए ।
उपमेयरमा पनि कांग्रेसकै रितादेवी ७ हजार ५२० मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कुन्ती देवीले ४ हजार ५३७ मत पाइन् ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९ ०१:०४
प्रतिक्रिया दिनुहोस्