site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालको इतिहासमा ’कीर्तिमान’ बनाउने होडमा मन्त्रीको संख्या आधा सय पु¥याएर प्रधानमन्त्री शेरबहादुर देउवा अरूभन्दा एक पाइला अगाडि निस्केका छन् । यसअधि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्रीको संख्या आधा दर्जन पुर्‍याएर 'कीर्तिमान’ कायम गरेका थिए । भारत भ्रमणमा निस्कने बेलामा प्रधानमन्त्री देउवाले बुधवार मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।  केही मन्त्रालय खाली रहेकाले  मन्त्रीको संख्या अझै थपिन सक्छ । त्यसो त मन्त्रीहरूको खासै काम नभएकाले ती मन्त्रालय चुनावसम्म अर्थात् अबको तीन महिना मन्त्रीविहीन पनि रहनसक्छन् । जेहोस्, संविधानको भावना र राज्यको ढुकुटीमा पर्ने अनावश्यक र अनुचित बोझको कुनै पर्वाह नगरी मन्त्रिपरिषद्मा विस्तार गरिएको छ । यो औचित्यहीन विस्तार यथार्थमा लोकतन्त्रकै उपहास हो ।


नेपालको संविधान, २०७२ ले मन्त्रिपरिषद्को आकारका बारेमा स्पष्ट निर्देश गरेको छ । संविधानको धारा ७६ को उपधारा (९) अनुसार ‘प्रधानमन्त्री सहित बढीमा २५ मन्त्री रहेको मन्त्रिपरिषद् गठन’ हुने प्रावधान छ । विडम्बना, देउवाले त्यसको दोब्बर मन्त्री बनाइदिए । तर, संविधान बनाउने बेलैमा यसलाई छल्ने प्रावधान ‘संक्रमणकालीन व्यवस्था’ शीर्षकमा समावेश गरिएको छ । संविधानको धारा २९८ को उपधारा (५) मा ‘मन्त्रिपरिषद्मा आवश्यकताअनुसार उपप्रधानमन्त्री र अन्य मन्त्रीहरू हुनेछन् ।’ उल्लेख भएको छ । यही प्रावधानमा टेकेर संविधान जारी भएपछि गठित सबै मन्त्रिपरिषद्को अनावश्यक र औचित्यहीन विस्तार गरिँदै आएको छ । यही क्रममा प्रधानमन्त्री देउवाले गरेको विस्तार लोकतन्त्रको उपहासकै शृंखलाको पछिल्लो कडी हुनपुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia


पहिलेका जस्तै यसपटकको विस्तारको पनि औचित्य, उपादेयता र आवश्यकता सिद्ध हुँदैन । प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नसक्ने संवैधानिक प्रावधानको यो चरम दुरुपयोग हो । मन्त्रिपरिषद्को आकारमा अपेक्षाकृत लचिलो देखिने उपधारा (५)मा समेत ‘आवश्यकता अनुसार’ मन्त्रीहरू रहने उल्लेख भएको छ । तर, ओली मन्त्रिपरिषद्का आधादर्जन उपप्रधानमन्त्रीको आवश्यकता सिद्ध हुन नसकेजस्तै दाहाल वा देउवा मन्त्रिपरिषद्मा सामेल गरिएको संख्यालाई आवश्यकताअनुसार भन्ने आधार देखिँदैन ।  यसैले यो पछिल्लो विस्तार संविधानको भावना र मर्म दुवैविपरीत छ । विस्तारका क्रममा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट मन्त्री थपिएकाले सरकारको बहुमत कायम राख्नका लागि भन्न पनि मिलेन । सरकार स्पष्ट बहुमतमा छ । अहिले थपिएका राज्यमन्त्रीहरूको कार्यकाल लगभग ३ महिनामात्रै हो । मंसिरमा निर्वाचन भएपछि पुसको दोस्रो सातासम्ममा अर्को सरकार बन्न सक्छ । थपिएका मन्त्रीहरूलाई संघीय वा प्रादेशिक चुनावमा भाग लिँदा आचार संहिताका अनेकौं झन्झट आइपर्न सक्छ । विपक्ष र जनताको कटाक्ष त छँदैछ । यसैले व्यावहारिक दृष्टिले पनि अहिलेको विस्तार प्रत्युत्पादक हुने निश्चित छ । 


आशा गरौँ, मन्त्रिपरिषद्का नाममा राज्यको ढुकुटीको दोहन गर्ने तथा लोकतन्त्रकै उपहास हुने विकृत अभ्यास यही मन्त्रिपरिषद्सँगै समाप्त हुनेछ, प्रधानमन्त्री देउवाको यो ‘कीर्तिमान’ अब कसैले तोड्नेछैनन् र लोकतन्त्रको उपहासको शृंखला पनि अन्त्य हुनेछ ।   

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC