site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोरङका दुई पालिकामा कांग्रेस विजयी, ११ मा एमाले र ४ मा कांग्रेसको अग्रता
Ghorahi CementGhorahi Cement

विराटनगर । मोरङमा घोषित मतपरिणामअनुसार दुई गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । एक महानगरसहित १५ स्थानीय तहको मतगणना जारी छ । 

कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा नेकपा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका छन् । चौधरीले ६५६५ मत प्राप्त गरे । उपाध्यक्षमा राजवंशीले ५८४८ मत प्राप्त गरिन् । कटहरीमा कांग्रेस तालमेल नगरी एकल रुपमा उठेको थियो । कटहरीको वडा नम्बर १,२,५,६ र ७ मा नेकपा एमाले, ३ मा कांग्रेस र ४ मा जसपा विजयी भएका छन् ।
 
मिक्लाजुङ गाउँपालिका अध्यक्षमा कांग्रेसका बवीकुमार राई विजयी भएका छन् । उनले एमाले उमेदवारलाई पराजित गरे । अघिल्लो पटक मिक्लाजुङमा एमालेले जितेको थियो । गठबन्धनबाट उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । अध्यक्षमा राईले ८२५३ मत र उपाध्यक्षमा पौडेलले ५६२६ मत प्राप्त गरे । गाउँपालिकाको ९ मध्ये पाँचमा वडा कांग्रेस, दुई–दुई माओवादी केन्द्र र एमालेले जितेका छन् ।

Agni Group

मोरङका अन्य पालिकामा जारी मतपरिणामअनुसार प्रमुख/अध्यक्ष पदमा नेकपा एमालेका उमेदवारले अग्रता लिएका छन् । 

विराटनगर महानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता लिएका छन् । उनले ११५११ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाले ८८४५ मत प्राप्त गरेका छन् । 

Global Ime bank

उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले १०१३२ ल्याएकी छन् । उपप्रमुखमा जसपाका अमरेन्द्र यादवले ६०९१ म्त प्राप्त गरेका छन् । 

निर्वाचन कार्यालयले उपलब्ध गराएको मतपरिणामअनुसार मोरङको विराटनगर, रतुवामाई, ग्रामथान र जहदामा प्रमुख/अध्यक्ष पदमा कांग्रेसका उमेदवारले अग्रता लिएका छन् । बुढीगंगामा उपाध्यक्षतर्फ भने कांग्रेस उमेदवार अगाडि छिन् । 

 
प्रमुख पदतर्फ उर्लाबारीमा एमालेको ५८७३ र कांग्रेसको ४९७६, बेलबारीमा एमालेको ९२५१ र कांग्रेसको ८४१२, सुन्दरहरैंचामा कांग्रेसको ६८०६  र एमालेको ५८२४,पथरीशनिश्चरे एमालेको ५१६३ र कांग्रेसको ४२३९, सुनवर्षीमा एमालेको ७४०६ र कांग्रेसको ५९९६, रंगेलीमा एमालेको ४३९० र कांग्रेसको २९६०, लेटाङमा एमालेको ६१७४ र कांग्रेसको ४९४९, रतुवामाई एमालेको ८८४५ र कांग्रेसको ११९५३, बुढीगंगामा एमालेको ४७८० र कांग्रेसको ४७४२ मत रहेको छ । धनपालथान गाउँपालिकामा एमालेको ४२२९ र कांग्रेसको ३४२९ मत आएको छ । 

ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसले ३८४३ र एमालेले २८६६ मत प्राप्त गरेका छन् । केराबारी गाउँपालिकामा अध्यक्षमा एमालेको ३०७२ र कांग्रेसको २२९८ मत आएको छ । पालिकाहरुमा मतगणना जारी छ । यसैगरी उपप्रमुखतर्फ दश पालिकामा एमाले अगाडि छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC