site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सत्यमोहन जोशीलाई शताब्दी पुरुषको उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई शताब्दी पुरुषको उपाधिले सम्मानित गरिएको छ ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा जोशीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र्र नारायण देवले जोशीलाई उक्त सम्मान प्रदान गरे ।  नेपाली भाषा–साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएबापत जोशीलाई उक्त सम्मान दिइएको हो ।

कार्यक्रममा विभिन्न विधामा लामो समय सक्रिय रहेर योगदान पुर्याउने पाँच साहित्यकारहरुलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार प्रदान गरियो । पुरस्कृत साहित्यकारहरुमा आख्यान विधामा परशु प्रधान, कविता विधामा बानिरा गिरी, निबन्ध विधामा कृष्ण गौतम, भाषा साहित्य विधामा नगेन्द्रराज शर्मा र बालसाहित्य तथा लोक साहित्य विधामा बासुदेव मुनाल छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा नेपालको राजनीतिक तथा सैद्धान्तिक खोज अनुसन्धान, लेखन, संस्कृति, विज्ञान तथा प्रविधि क्षेत्रको खोज अनुसन्धानमा लागेका अन्य तीनजनालाई पनि सम्मान गरिएको थियो ।

मन्त्रालयले पुष्पलाल स्मृति प्रतिष्ठानको सहकार्यमा हरेक वर्ष पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । 

Global Ime bank

कार्यक्रममा संस्कृतिविद् जोशीले आयोजकप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमले आफूलाई प्रेरणा मिलेको बताए । संस्कृति तथता पर्यटनमन्त्री जितेन्द्र देवले यस्ता खालका कार्यक्रममा भाग लिन पाउनु गौरव र खुशीको विषय भएको बताए ।

 

\"\"

 

\"\"

 

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC