site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हामीले भारतसँग हात पसार्नु जरुरी छ र ?

नेपाल र भारतको दुई पक्षीय विशेष सम्बन्धबाट नेपाललाई फाइदा हुने बताइँदै आएको छ । भारतले नेपाललाई गरेको सहयोगका अनेकौं उदाहरण सधैँ दिने गरिन्छ । अलिकति पनि भारतीय चाहनाविपरीत जान खोज्ने बित्तिकै भारतीय सञ्चार माध्यम, कर्मचारीतन्त्र र राजनीतिक वृत्तमा नेपाललाई बैगुनी भन्न बेरै लाग्दैन । यता भारतले हाम्रो सार्वभौमसत्ताको अवज्ञा गर्दै हामीमाथि हैकम चलाउन खोज्दा नेपालीका लागि पनि सह्य हुँदैन ।

दुई पक्षीय सम्बन्धका क्रममा भारतले धेरै प्रचार गर्ने विषय बर्सेनि दिँदैआएको आर्थिक सहयोग पनि हो । भारतले आर्थिक वर्ष २०१५ ÷१६ मा नेपाललाई भारु ४ अर्ब २० करोड अनुदान दिएको थियो भने भुटानलाई ६१ अर्ब ६० करोड, अफगानिस्तानलाई ६ अर्ब ७६ करोड र श्रीलंकालाई ५ अर्ब दिएको थियो । 

अर्कातिर त्यही समयमा हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने उत्तरी छिमेकी चीनले नेरु १३ अर्ब अनुदान दिएको भने बेलायतले पनि १३ अर्ब नै दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको वार्षिक बजेटमा भारतीय अनुदानको हिस्सा नगण्य छ । त्यसभन्दा बढी त बरु नेपालीले अनौपचारिक क्षेत्रको व्यापारबाट करका रूपमा भारतलाई बढी दिन्छन् । नाकाबन्दीको बेलामा भारतले पेट्रोलियम पदार्थको आयातमा दिइएको छुटभन्दा धेरै कर त कालाबजारीले नै दिएका छन् । 

भारतले नेपाललाई दिने भनिएको ऋण अनुदानमा ०.२५ प्रतिशत ब्याज लिन्छ भने जापानसँग भारतले लिएको ऋणको ब्याज दर ०.१० प्रतिशतमात्रै तिर्छ । भारतबाट गरिने आयातका लागि नेपालले बर्सेनि अमेरिकी डलर तिरेर भारतीय मुद्रा किन्ने गरेको छ । नेपालले यसरी भारतको परिवत्र्य मुद्राको अभाव पूरा गर्न सहयोग पु¥याएको छ । 

Global Ime bank

भारतीय पक्षले ६० लाख नेपाली भारतमा काम गर्छन् भनेर प्रचार गर्दैआएको छ । यो अनुमान भ्रामक छ । नेपालीहरू भारतमा १५ लाख जति मात्रै काम गर्छन् । नेपालमा काम गर्ने भारतीयको संख्या यसभन्दा कता हो कता धेरै छ । संसारमा सबैभन्दा धेरै भारतीय भारतबाहिर नेपालमै छन् । यथार्थमा भारतकै नेपाली भाषी नागरिकलाई देखाएर भारतमा काम गर्ने नेपालीको संख्या धेरै देखाउने गरिन्छ । 
सन् १८१६ को सुगौली सन्धिपछि नेपालको पूर्वको तिस्टादेखि मेचीसम्म र पश्चिममा महाकाली उता काँगडा उपत्यकासम्मको भूभाग भारतमा गाभिएकाले ठूलो जनसंख्या भारतमा परेको हो । विश्व बैंकको एउटा प्रतिवेदनअनुसार नेपालमा भारतबाट आउनेभन्दा नेपालबाट भारतमा जाने विप्रेषण रकम (रेमिटेन्स) वर्षको १ अर्ब ९० करोड डलर बढी हुन्छ । अर्थात्, नेपालको रेमिटेन्स घाटा भारतसँग १ अर्ब ९० करोड डलर छ । 

यो नेपालको कुल गार्हस्थ्य उत्पादनको ९.५ प्रतिशत अर्थात् निकै ठूलो रकम हो । दुई पक्षीय आर्थिक सम्बन्धमा एकातिर नेपालले ठूलो व्यापार घाटा सहेको छ भने अर्कातिर विप्रेषणमा पनि घाटा नै सहेको छ । भारतलाई भने नेपालसँगको कारोबार परिवत्र्य विदेशी मुद्रा कमाइ हुने माध्यम भएको छ । 


भारतमा बेलायतको इस्ट इन्डिया कम्पनीको शासनताका देखि नै सुरु भएको गोर्खा फौजका बारेमा पनि निकै चर्चा हुनेगरेको छ । करिब ५० हजारको संख्यामा रहेका गोर्खा सिपाहीहरू भारतको भौगोलिक अखण्डता कायम राख्न अत्यन्त महत्त्वपूर्ण सिद्ध भएका छन् । भारतबाट गोर्खा फौजका सिपाहीको तलब र पेन्सनका रूपमा नेपाललाई पनि फाइदा भएको छ । 

तर, नेपाली विद्यार्थीहरू भारतमा विभिन्न विषयमा पढ्न जाने क्रममा हुने खर्च पनि उल्लेख्य रहेको छ । वैदेशिक व्यापार चीनसँग १३ प्रतिशत र भारतसँग ६३ प्रतिशत रहेको छ । यतिमात्र हैन खुला सीमानासमेतका कारण भारतसँग अनौपचारिक व्यापार पनि निकै बढी छ । 

नेपाल र भारतबीचको १ हजार ७५० लामो खुला सीमाबाट हुने अनधिकृत व्यापारबाट भारतलाई निकै ठूलो लाभ हुन्छ । नेपालीले भारतीय सामानमा भारतीयले जत्तिकै कर तिनुपर्छ । अनधिकृत आयातमा आधिकारिक व्यापारमा छुट हुने करसमेत भारत सरकारलाई तिर्नुपर्छ । यसरी नेपालले दोहोरो घाटा सहनुपर्छ भने भारतले नेपाललाई दिने सहयोग भन्दा कता हो कता धेरै भारतले नेपालबाट लैजान्छ ।


कोसी, गण्डक र महाकाली सन्धिको नाममा भारतले पानीको एकतर्फी उपभोग गर्दैआएको छ । भारतको नियन्त्रणमा नपरेको कर्णाली नदी पनि अपर कर्णाली जलविद्युत् आयोजनामा भारतीय कम्पनीको प्रवेशपछि भारतको हातमा परेको छ । यस्ता असमान सन्धिहरू सच्याएर पुनर्लेखन गरिएमात्र भारतले गुमाएको विश्वास पुनः कायम हुनसक्छ । 

भारतमा निकट भविष्यमा नै पानीको अभाव हुन थाल्ने र सन् २०५० सम्ममा संकटै पर्ने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ । अहिलेको अविश्वास कायमै रहेमा दुवै देशको हित हुनेगरी भारतसँग जल उपभोगका बारेमा सहमति वा साझेदारी हुनसक्तैन ।

नेपालको सहयोगविना भारतले जल संकट समाधान गर्न सक्तैन । गंगामा नेपालबाट बग्ने पानीको अंश सरदर ४० प्रतिशत हुनेगरेको छ ।
भारतले सियाचीन क्षेत्रमा सैनिक तैनाथ गर्दा दिनको ५ करोड रुपियाँ खर्च गर्छ । नेपाल चीन र भारतको बीचमा भएकाले उत्तरी सीमाको रक्षाका लागि भारतले खर्च गर्नु परेको छैन । अर्थात्, नेपालका कारण भारतलाई हुने फाइदामा सैनिक खर्चको पनि हिसाब गरिनुपर्छ । 

कतिपयको भनाइ के हुन्छ भने चीन वा अमेरिकाले नेपाललाई भारतको इच्छाविपरीत मद्दत नगर्ने हुनाले नेपाल भारतको दयामा निर्भर छ । तर, नेपाल सरकारले इच्छाशक्ति देखाउने र स्थिर नीति अपनाउने हो भने चीनले नेपाललाई भारतमा निर्भर हुनु नपर्ने गरी आवश्यक सहयोग उपलब्ध गराउन सक्छ भन्ने पटकपटक प्रमाणित भइसकेको छ । 

सन् २०३० मा विश्वको तेस्रो अर्थतन्त्र बन्ने लक्ष्य राखेर भारत विश्व शक्तिका रूपमा स्थापित हुने रणनीतिमा लागेको छ । शक्ति र आकारमा वृद्धिसँगै उत्तरदायित्व र जिम्मेवारी पनि थपिन्छ । 

विश्व शक्ति बन्ने महत्त्वाकांक्षा पूरा गर्न भारतले छिमेकीहरूलाई विश्वासमा लिनुपर्ने हुन्छ र पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वको सम्बन्ध विकास गर्नुपर्छ । भारत सरकारको ‘छिमेकीलाई प्राथमिकता’ नीतिको अक्षर र मर्म दुवैको पालना हुनुपर्छ । 

राणा शासनको अन्त्यतिर गरिएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिको समीक्षा र परिमार्जन गर्न नेपालले राजनीतिक इच्छाशक्ति देखाउनु आवश्यक छ । यस सन्धिमा न नेपाली जनताको भावनाको प्रतिध्वनित हुन्छ न यो एक्काइसौं शताब्दीको भूराजनीतिक यथार्थमै आधारित छ । भारतको बाबुतन्त्रको प्रभुत्ववादी मानसिकता यसमा प्रतिविम्बित भएको छ ।

नजिकको समुद्री बन्दरगाहमा निर्बाध पहुँच भूपरिवेष्ठित मुलुकको संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित आधारभूत अधिकार हो । पारस्परिक सम्मान, अहस्तक्षेप, शान्तिपूर्ण सहअस्तित्व र परस्परको सहयोगमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धमात्र विकसित हुनसक्छ । नेपाल र भारतका जनताका बीचमा युगौंदेखिको सौहार्द सम्बन्ध रहिआएको छ । भारतीय नाकाबन्दीका बेलामा समेत जनस्तरको सम्बन्धमा कटुता उत्पन्न भएन । 

भारतले स्वतन्त्रतालगत्तै देखि नेपालबाट पाएजस्तो राजनीतिक लाभ अरू मुलुकबाट पाएको छैन । यति हुँदाहुँदै पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न उद्यत हुने गरेकाले भारतको भूमिका सधैँ नै सन्देहास्पद रहेको छ । यथार्थमा नेपालमा स्थिरता कायम गर्नभन्दा अस्थिरता बढाउनमा भारतको भूमिका बढी देखिएको छ ।

अर्कातिर नेपालको प्रशासनिक र राजनीतिक नेतृत्वको राष्ट्रिय हितसँग सम्झौता गर्ने प्रवृत्तिले मुलुकले लाजमर्दो बेइज्जती र अपूरणीय क्षति सहनु परेको छ । राजनीतिक नेताहरूले आप्mनो स्वार्थ र राजनीतिक लाभका लागि जति नै भारत भक्ति प्रदर्शन गरे पनि नेपाली जनता भने बाह्य हस्तक्षेपविरुद्ध सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानका पक्षमा दृढपूर्वक उभिने गरेका छन् । 

कम सार्वजनिक ऋण र उच्च वैदेशिक मुद्रा सञ्चिति नेपालको अर्थतन्त्रका दुईवटा महत्त्वपूर्ण विशेषता हुन् । नेपालको कुल गार्हस्थ्य उत्पादनको २७.४० प्रतिशत सार्वजनिक ऋण छ भने १२७ अर्ब ३८ करोड नगद खर्च नभएर ढुकुटीमा सञ्चित छ । यसैगरी वैदेशिक मुद्राको सञ्चिति पनि १० अर्ब डलर पुगेको छ जुन कुल गार्हस्थ्य उत्पादनको ४७.६ प्रतिशत हुन्छ । सस्तो वस्तु तथा श्रमको उपलब्धताका कारण ठूलो लगानीका लागि आकर्षण बन्न सक्छ । 

यस्तो अवस्थामा पनि हामीले माग्नका लागि हात पसार्नु जरुरी छ र ? विडम्बना, प्रधानमन्त्रीका अन्तर्राष्ट्रिय भ्रमणहरूको मूल्यांकन कतिवटा परियोजनामा हस्ताक्षर भए वा कति आर्थिक सहयोगको सम्झौता भयो भन्नेजस्ता आधारमा गर्ने चलन बसेको छ । 

यस्ता मापदण्डलाई आधार बनाउने हाम्रो बानीले यथार्थ फरक भए पनि हामीलाई बढी नै परनिर्भर बनाएको छ । हामीले परम्परागत मान्यता छाडेर नयाँ यथार्थपरक दृष्टिकोणबाट हेर्ने हो भने हामी हाम्रो राष्ट्रिय हितअनुरूप विकासका सर्तहरू निर्धारण गर्न सक्छौँ । हाम्रो विकासको सम्भावना भारतले कति अनुदान दिन्छ भन्नेमा निर्भर छैन । 

बरु, भारतले हाम्रो सार्वभौमसत्ताको सम्मान गर्दै आन्तरिक मामिलामा हस्तक्षेप गर्न कति छाड्छ भन्नेमा हाम्रो विकास गति निर्भर हुन्छ । भारतले हामीलार्ई सद्भाव राखेर हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरिदिए पुग्छ । हामी आप्mनो भाग्य निर्माण गर्न सक्षम र स्वतन्त्र छौँ ।

(भारतको लभ्ली प्रोफेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय मौद्रिक अर्थशास्त्रमा विद्यावारिधिका लागि शोधार्थी चार्टर्ड एकाउन्टेन्ट गौचनको सन् २०१६, नभेम्बर १४ को अंग्रेजी लेखबाट लेखकको सहमतिमा तयार गरिएको सारसंक्षेप) 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC