site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इलाममा रातिबाटै मतगणना सुरु गर्ने तयारी
जेष्ठ नागरिक विष्णुमाया अधिकारी ।
Ghorahi CementGhorahi Cement

इलाम । इलामको सूर्योदय नगरपालिका १४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीय जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरिन् । इलामका स्थानीय तह केन्द्रमा मतपेटिका संकलन गरी आजै रातिदेखि मतगणना थाल्ने तयारी गरिएको छ ।

राम्रो मान्छेलाई पाँच वर्षसम्म काम गर्ने अवसर प्रदान गर्न उनी मतदान स्थलमा पुगेकी हुन् । शुक्रबारसहित आठ पटक मतदान गरेकी अधिकारीले मतदानको शुरुवात गरेको स्थानीय पत्रकार दुर्गा भवानी पोख्रेलले जानकारी दिए ।
 
यता, इलामको माईजोगमाई गाउँपालिकामा दुई किरियापुत्रीले पनि मतदान गरेका छन् ।  माईजोगमाई गाउँपालिका–१ प्रेमेजुङको श्री शिवमाई माविमा तोया दहाल र प्रेम सागर दहालले मतदान गरेका हुन् । ६ दिनअघि बुवाको निधन भएपछी काजकिरियामा रहेका उनीहरुले पनि समाज बुझेको जनप्रतिनिधिलाई स्थानीय तहको नेतृत्व सुम्पन मतदान स्थलमा आएको बताए ।

Agni Group


मतदानमा सहभागी किरियापुत्री ।



इलामका १० पालिकामा १५१ वटा मतदान स्थलमा रहेका २८५ मतदान केन्द्रवाट १ हजार ३१९ जना प्रतिस्पर्धिलाई मतदान गर्ने क्रम जारी छ ।  बिहान सात बजेदेखि शुरु भएको मतदान सकिएपछि शुक्रबार रातिीदेखि नै मतगणना शुरु गर्ने प्रमुख जिल्ला अधिकारी ढुंगानाले जानकारी दिए । 

Global Ime bank

इलाममा मतदानमा एक लाख ९ हजार १९२ जना महिला, १ लाख १५ हजार ५५४ पुरुष र दुईजना तेस्रोलिंगी मतदाता छन् । 
राति नै स्थानीय तहमा मतपेटीका संकलन गरेर मतगणनाको काम शुरु गर्ने तयारी गरिएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC