site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पत्रकार महासंघलाई व्यावसायिक र साझा संस्था कसरी बनाउने ?

आज नेपालका श्रमजीवी पत्रकारहरु कठमाडौमा जम्मा भएका छौं । आजदेखि सुरु हुने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनमा सहभागी हुने उद्देश्यले पत्रकारहरु यतिखेर राजधानीमा एकत्रित भएका हुन् ।  महाधिवेशनका विभिन्न कार्यभार छन् तर सबभन्दा मुख्य कार्यभार हो — संगठनको नयाँ नेतृत्व चयन ।  प्रकृतिले ताण्डव नृत्य गरिरहेका समयमा हुनलागेको यो महाधिवेशन यही वितण्डाका बारेमा पनि बहस चलाउन प्रासंगिक हुनेछ । नेतृत्व चयनका साथै भावी कार्ययोजनासमेत तय गरिने हँुदा संस्थालाई जीवन्त राख्न पनि महाधिवेशन महत्त्वपूर्ण हन्छ । 

महासंघको अधिवेशनमा स्वतन्त्र प्रेसको महत्त्व, भूमिका र व्यवधान तथा तिनका सम्भावित समाधानबारेमा बहस एवं चर्चा हुनु स्वाभाविक हो । प्रेस स्वतन्त्रताविरुद्धका चुनौतीको पहिचान गरी तिनको निराकरणको मार्ग पहिल्याउने प्रयोजनका लागि प्रतिबद्धता व्यक्त गर्ने सन्दर्भमा आजको दिन महत्त्वपूर्ण छ । नागरिकको सुसूचित हने अधिकार तथा पारदर्शिता, जवाफदेही, विचार तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता लोकतन्त्रका आधारभूत मान्यतासँग जोडिएको पत्रकारिता क्षेत्रले महोत्सव मनाइरहँदा समाजको अन्यक्षेत्रका साथै आम नागरिकलेसमेत पत्रकारको महाधिवेशनप्रति रुचि राखेको पाइएको छ । हामीले तिनको अपेक्षा पूरा गर्नुछ ।  

पत्रकारिताप्रतिको नागरिकको सम्मान, भरोसा र विश्वास कायम गर्न पत्रकारितालाई  मयादित कसरी बनाउन,े कसरी यसको विश्वसनीयता कायम राख्ने र जनताको भरोसालाई मूर्तरूप दिने भन्ने नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो । पत्रकारिताभित्र देखिने विकृती विसंगतिको समयमै निराकरण गरिएन भने निश्चयपनि यसले विस्वसनीयता गुमाउँछ । तसर्थ, देशभरका पत्रकार जुटेको यो अधिवेशनमा पत्रकारितामा शुद्धीकरणको विषयमा बहस हुन आवश्यक छ । पेसालाई कसरी मर्यादित बनाउने भन्ने विषयमा ठोस बहस गर्दै सार्थक निष्कर्ष यो अधिवेशनले निकाल्न सक्नुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रेसका विधागत र व्यावसायिक सबालका साथै श्रमजीवी पत्रकारका विषय पनियस अधिवेशनका मुख्य कार्यसूची हुन्  । आज आम पत्रकारको कार्यक्षमता र श्रमको उचित मूल्याङ्कन हुनसकेको छैन । अधिकांश पत्रकारले श्रमको वास्तविक मूल्य नपाउँदा यस पेसामा सन्तुष्ट हुनसकेका छैनौ र श्रमअनुसारको सम्मानित पारिश्रमिक नपाउनाले पूर्णरूपमा व्यावसायिक हुन पनि सकिरहेका छैनौं । सन्तुष्ट पत्रकारले मात्र व्यवसायिक पत्रकारितालाई अगाडि बढाउन सक्छ भन्ने मान्यताका साथ हरेक पत्रकारलाई श्रम अनुसारको सम्मान र पारिश्रमिक उपलब्ध गराउनु आवश्यक छ । आज पत्रकारहरू त्रासमा बाँचिहरहेका छन् । उनीहरूको पेसाको ग्यारेन्टी छैन ।

जतिसुकै समर्पित भएर पत्रकारितामा लागे पनि कतिबेला व्यवस्थापन पक्षले बिदा गर्ने हो भन्ने केही ठेगान हुँदैन । त्रासमा स्वच्छ पत्रकारिता मुस्किल हुन्छ । तसर्थ, एउटा पत्रकारलाई निर्धक्क भएर पत्रकारिता गर्ने वातावरण निर्माण गर्न श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यन्वयन आवश्यक छ । 

Global Ime bank

महाधिवेशनमा व्यापक छलफल गर्नुपर्ने अर्को विषय पत्रकार महासंघलाई ट्रेड युनियनमा रूपान्तरण गर्ने कि नगर्ने भन्ने पनि हो । पत्रकार महासंघ अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को सदस्य हो र आईएफजे अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सदस्य हो । यस आधारमा नेपाल पत्रकार महासंघ आईएलओको पनि सदस्य हो । यसरी हेर्दा सैद्धान्तिकरूपमा महासंघ ट्रेड युनियन नै हो तर हामीकहाँ महासंघलाई औपचारिकरूपमा ट्रेड युनियनमा रूपान्तरण गर्ने बहस प्रारम्भ भइसकेको छैन । यस अधिवेशनले यस दिशामा सार्थक बहस प्रारम्भ गरी निष्कर्षमा पुग्ने प्रयत्न निश्चय पनि गर्नेछ । 

विगत केही वर्षयता महासंघ आफ्नो सैद्धान्तिक आधारमा अपेक्षाकृत सहीरूपमा चलेन कि भन्ने बहस उत्पन्न भएको छ । देशमा भएका राजनीतिक परिवर्तन, परम्पराबाट आधुनिकतातर्फ गइरहेको नेपाली समाजको परिवर्र्तित चाहनालगायतको गतिशीलतालाई नेपाली पत्रकारिताले बुझ्न नसक्दा महासंघ पनि गतिशील हन नसकेको देखिएकोे छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवम् प्रेस स्वतन्त्रताको संवैधानिक र व्यावहारिक सुनिश्चितता, नागरिक स्वतन्त्रताको रक्षाका लागि सशक्त अभियान, संविधानको कार्यान्वयनका लागि सार्थक दबाब तथा शान्ति र विकासका लागि स्वतन्त्र एवं जिम्मेवार पत्रकारिता हाम्रा सैद्धान्तिक आधार हुन् ।

यिनै सिद्धान्तमा टेकेर नै पत्रकार महासंघले आफ्ना सबै प्रकारका अभियान सञ्चालन गर्नु जरुरी छ । यो सैद्धान्तिक अवधारणालाई मूर्तरूप दिन सक्ने गरी भावी नीति तथा कार्यक्रम तय गर्न सकियो भनेमात्र हामी महासंघमा नयाँ ऊर्जा र उचाइ थप्न सक्छौं । त्यसैगरी यस महाधिवेशनलाई राज्य र सरकारलाई प्रेस स्वतन्त्रता तथा सूचनाको हकको व्यावहारिक सुनिश्चितताका लागि सचेत गराउने र खबरदारी गर्ने अवसरका रूपमा पनि लैजानु आवश्यक छ । पत्रकारहरूको दायित्व र जिम्मेवारी सम्झाउँदै सूचना प्रवाहको काम नागरिक अधिकारसँग जोडिएको विषय हो भनेर पनि सम्झनु र तदनुरूपको लक्ष्यप्राप्त गर्न आवश्यक प्रतिबद्धता व्यक्त गर्दै कार्ययोजना बनाउन पनि यो अधिवेशन सफल हुनुपर्छ । 

तर यी सबैभन्दा महत्वपूर्ण विषय हो महासंघलाई सबै वर्ग, समुदाय, विचार र आस्थाका पत्रकारको साझा संगठनका रूपमा कसरी विकास गर्ने ? अहिले महासंघलाई पूर्ण समावेशी बनाउन यसको  विधानमा संशोधन गरिएको छ । संसोधन गरी समावेशी गराइएको यो विधान कार्यान्वयनको प्रारम्भ पनि यसै महाधिवेशनबाट हुने अपेक्षा गर्न सकिन्छ । पछिल्ला केही वर्षयता नेपाली समाज अनपेक्षित ढंगले ध्रुवीकृत भइरहेको छ । भूगोल, जाति या अन्य विविध विधिबाट नेपाली समाज विभाजित भइरहेको छ । नेपाली समाजभित्रको विविधतालाई स्वीकार गर्दै समावेशिताको आधारमा सिङ्गो नेपाललाई एकताको सूत्रमा बाँध्ने एउटा आधार स्तम्भको रूपमा नेपाल पत्रकार महासंघको विधानलाई लिन सकिन्छ । तर, लिखितरूपमा पूर्ण समावेशी यो विधानका महत्त्वपूर्ण प्रावधानहरूको व्यावहारिक कार्यान्वयन कसरी हुन सक्छ भन्ने सबैभन्दा महत्वपूर्ण पक्ष हो । 

आशा गरौं, नेपाली पत्रकारहरूको आशा, भरोसा र अभिभावक संस्था भएका कारण नेपाल पत्रकार महासंघको महाधिवेशनमा सहभागी प्रतिनिधि माथि उल्लेख गरिएका दायित्वलाई संगठित र स्पष्ट दृष्टिकोणका साथ बहन गर्ने प्रण गर्न गम्भीर हुनेछौँ र विधानको मूल भावनाअनुसार नै सामाजिक एकता, सामाजिक रूपान्तरण र विकासको अभियानमा योगदान दिँदै महासंघलाई सबैको साझा संगठनका रूपमा विकसित गर्न सक्षम हुने नयाँ नेतृत्वको चयन गर्नेछौँ ।   


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ४, २०७४  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC