site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली, शर्मा र लिङ्देनको जिल्ला झापामा कसको अवस्था कस्तो छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कम्युनिस्ट आन्दोलनको उद्गमस्थल झापामा स्थानीय चुनाव केन्द्रित सरगर्मी बढेको छ । स्थानीय तह निर्वाचन आउन डेढमहिना भन्दा कम समय बाँकी रहँदा दलहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन् । 

सत्तारुढ दल नेपाली कांग्रेस घरदैलो अभियानमा जुटेको छ । सत्ता साझेदार दलहरू माओवादी केन्द्र, नेकपा(एकिकृत समाजवादी), जनता समाजवादी पार्टी पनि चुनाव लक्षित गतिविधि गरिरहेकै छन् । सत्तारुढ दलले गठबन्धन गर्ने भनेपछि प्रतिपक्षी दल एमाले पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर प्रचारमा जुटेको छ । दुई पार्टीका अध्यक्षकै जिल्ला झापामा कांग्रेसका वर्तमान र पूर्वमहामन्त्री रहेको जिल्ला पनि हो । त्यसैले पनि झापाको स्थानीय चुनाव अझ रोचक बन्ने अवस्था छ । 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा नै हो । एमालेले वडा स्थानीय तह निर्वाचन परिचालन कमिटीमार्फत ‘ग्राउन्ड जिरो’ मा पुगेर आफ्नो पक्षमा माहोल बनाउन कम्मर कसेको छ । यहीक्रममा उसले विगतको आफ्नो अवस्था, फूटका कारण हुनसक्ने क्षति तथा सुधारका लागि गर्नुपर्ने कामको पनि अध्ययन गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमाले अध्यक्ष ओलीको मात्र नभएर झापा सत्तारूढ दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माको पनि गृह जिल्ला हो । सिटौलाको गृह नगर भद्रपुर हो भने शर्माको गृह नगर मेचीनगर हो । माओवादीका नेता राम कार्कीले निर्वाचन जितेको क्षेत्र पनि झापा नै हो भने माओवादी केन्द्रीय सदस्य धर्मशीला चापागाईंको गृह जिल्ला नै हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापा राप्रपाको राम्रो जनमत भएको जिल्लामध्येको पनि हो ।

स्थानीय तह, जनसङ्ख्या, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा पनि रचाम्रो प्रगति गरेको झापा भारतसँग सिमा जोडिएकाले व्यापारका दृष्टिले पनि महत्व बोकेको जिल्ला हो । पाँचवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र र १५ स्थानीय तह रहेका छन् ।  झापामा आठ नगरपालिका र सात गाउँपालिका रहेका छन् । राज्य पुर्नसंरचना पछि झापा सबै स्थानीय तहमा गरी एकसय ३१ वडा कायम भएका छन् । 

Global Ime bank

झापा नेपालको सु्दूरपूर्वी जिल्ला हो । जिल्लाका धेरै भूभाग भारतको पश्चिम बंगालसँग जोडिएको छ भने दक्षिणी भाग भारतको बिहारसँग जोडिएको छ । झापाको मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका लगायतका स्थानीय तह भारतसँगको नाकाको रूपमा परिचित छन् । यी स्थानीय तहमा कुन पार्टीले कस्तो गर्नसक्छ भन्ने अनुमानका लागि पहिले राजनीतिक दलहरुले प्राप्त गरेको मत विश्लेषणको माध्यम बन्न सक्छ ।


फर्केर हेर्दा २०७४ को चुनाव 

२०७४ को स्थानीय तह निर्वाचनलाई फर्केर हेर्दा झापामा एमालेको मजबुत पकड देखिन्छ । एमालेले त्यसबेला झापाका १५ मध्ये सात स्थानीय तहको नेतृत्व जित्न सफल भएको थियो । एमालेले प्रमुख जितेकाबाहेक थप पाँच स्थानीय तहमा उपप्रमुख पद जितेको थियो । 

स्थानीय तह निर्वाचन २०७४ मा कांग्रेसले झापामा पाँच स्थानीय तहमा प्रमुख जितेको थियो भने थप एक स्थानीय तहमा उपप्रमुख जितेको थियो । तीन स्थानीय तहमा भने राप्रपाले प्रमुख जितेको थियो । 

ओलीको घर रहेको दमक नगरपालिकाको यस्तो थियो अवस्था 

दमक नगरपालिका नेकपा (एमाले) अध्यक्ष केपी ओलीको गृह नगर हो । यो नगरमा ओलीको पार्टी एमाले नै सबैभन्दा बलियो छ । २०७४ सालमा सम्पन्न भएको स्थानीय चुनावमा एमालेले नगर प्रमुख र उपप्रमुख दुबै जितेको थियो । 

नगर प्रमुखमा एमालेका रोमनाथ ओली १०८०६ मतका साथ विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रामकुमार थापा थिए । थापाले ७६५५ मत पाएका थिए । यस्तै तेस्रो स्थानमा माओवादी केन्द्रका रेवतराज पुरी ६८९८ मतका साथ उभिन सफल भए । कांग्रेसका उमेदवार ढुण्डीराज भण्डारी ५५३९ मत ल्याएर चौथो भएका थिए । 

नगर उपप्रमुखमा पनि एमाले विजयी भएको थियो थियो । एमाले उमेदवार गीताकुमारी पौडेलले १२६२५ मत प्राप्त गरिन् । यता, दोस्रो स्थानमा रहेकी कांग्रेस उमेदवार रेगिना भट्टराईले ८९१२ मत प्राप्त गरिन् । राप्रपा उमेदवार रीताकुमारी बस्नेत श्रेष्ठले ४४९८ मत प्राप्त गर्दा माओवादीबाट शान्तिदेवी धिमालले ४३७४ मत प्राप्त गरिन् ।

१० वडा रहेको नगरमा एमालेले ८ नगर जित्दा २ नगर राप्रपाले जित्यो । वडा नम्बर १ मा राप्रपाका ताराप्रसाद अधिकारी ८०७ मत, २ मा एमालेका प्रजापति सापकोटा ११५२ मत, ३ नम्बर वडामा एमालेका नवीन बराल २०३३ मत तथा ४ नम्बर वडामा एमालेका कुमार साम्सोहाङ्ग १५६२ मत ल्याउँदै विजयी भए । 

नगरको वडा नम्बर ५ मा इन्द्र बहादुर गुरुङ्ग १४६७ मत, वडा नम्बर ६ मा एमालेकै टेक बहादुर थापा ९४४ मत तथा वडा नम्बर ७ मा राप्रपा उमेदवार भिम प्रसाद पौडेल ९६० मत सहित वडा अध्यक्षमा विजयी भए । यता, वडा नम्बर ८ मा एमालेका पशुपतीराज गौतम १०६७ मत , वडा नम्बर ९ मा  एमालेकै राम बहादुर धिमाल १३६८ र वडा नम्बर १० मा एमालेका बोधराज न्यौपाने ९५१ मत प्राप्त गर्दै वडामा विजयी भए । 

भद्रपुर नगरपलिका एमालेकै पकडामा 

कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाको नगर भद्रपुरमा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिका प्रमुख उपप्रमुख एमालेले नै जितेको थियो । एमालेका तर्फबाट नगर प्रमुखमा जीवन कुमार श्रेष्ठले ११०४२ मत ल्याउँदै विजयी भएका थिए । कांग्रेसका तर्फबाट नगर प्रमुख उमेदवार गणेश पोखरेलले ७२१५ मत ल्याउन सफल भएका थिए । यस्तै राप्रपाका नवराज पनेरु २८२२ मतका साथ चौथो भएका थिए । 

यता, उपप्रमुखमा एमालेकै उमेदवार चन्द्रमाया श्रेष्ठ १०६५० साथमा विजयी भएकी थिइन् । दोस्रो भएकी काग्रेसकी तारादेवी भुर्तेलले ६४९८ मत मात्र प्राप्त गर्न सकिन् । यस्तै चौथो स्थानमा रहेकी राधा कार्कीले ३२७७ मत प्राप्त गर्न सकिन् । 

यता, वडातर्फ वडा नम्बर १ मा दशरथ प्रधानले ८२४ मत ल्याउँदै विजयी भए । वडा नम्बर २ मा एमालेका भिम बहादुर सुब्वा १११८ मत,वडा नम्बर ३ मा एमाले उमेदवार कमला थुलुङ ७०६ मत, वडा नम्बर ४ मा माओवादीका हंशधर राजवंशी ९०९ मत, वडा नम्बर ५ मा कांग्रेसका बन्धु कार्की १०३५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भए । वडा नम्बर ६ मा एमालेका प्रेम बहादुर बरुवाल ७४० मत, वडा नम्बर ७ मा एमालेका विनोद प्रसाद पोखरेल १२७६ मत, वडा नम्बर ८ मा कांग्रेसका गौरव सुब्वा ९७० मत, वडा नम्बर ९ मा एमालेका सनिलाल राजवंशी १२१९ मत तथा वडा नम्बर १० मा एमालेका टेक बहादुर खड्काले १५७८ मत ल्याएर वडा अध्यक्ष बन्न सफल भएका थिए । 

मेचीनगर नगरपालिकामा प्रमुख कांग्रेस, उपप्रमुख एमाले

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर तथा झापाको सबैभन्दा ठूलो नगरपालिका मेचीनगरमा प्रमुख पद कांग्रेसले जितेको थियो । कांग्रेसका उमेदवार बिमल आचार्य २०७७६ मत ल्याउँदै विजयी भए । उनले एमाले उमेदवार विष्णु प्रसाइलाई पराजित गरे । प्रसाईले १९१९२ मत प्राप्त गरे । चुनाव हारेका प्रसाई वाग्मती प्रदेश प्रमुख पछि बने । 

यता, उपप्रमुखमा एमालेकी मीना कुमारी पोख्रेल(उप्रेती) विजयी भइन् । उनले २००१६ मत प्राप्त गरिन् । यस्तै कांग्रेसबाट पराजित दुर्गा खतिवडाले १९१०६ मत प्राप्त गरिन् । 

वडातर्फ वडा नम्बर १ मा एमालेका पासाङ तामाङ विजयी भए । उनले १२१३ मत ल्याए । यस्तै वडा नम्बर २ मा एमालेका तिलक न्यौपाने १११८ मत, वडा नम्बर ३ मा एमालेका हर्क बहादुर बस्नेत १४१२ मत, वडा नम्बर ४ मा कांग्रेसका नविन बराल ९५० मत ल्याउँदै विजयी भए । 

नगरको ५ नम्बर वडामा कांग्रेसका योगेन्द्र थापा मगर १००७ मत, वडा नम्बर ६ मा कांग्रेसका ललित बहादुर तामाङ्ग २७४८ मत, ७ नम्बर वडामा कांग्रेसकै चन्दन मेचे १४५० मत, ८ नम्बर वडामा एमालेका विकेन्द्र कुमार धिमाल १४०९ मत, ९ नम्बर वडामा कांग्रेसका गोपाल खड्का २१६४ मत तथा १० नम्बर वडामा कांग्रेसका सुवेश कुमार पनेरु २४४३  मत ल्याउँदै विजयी भए । 

यता, वडा नम्बर ११ मा एमालेका  सन्तोष कुमार मेचे ९७१ मत, वडा नम्बर १२ मा माओवादीका नरेन्द्र धिमाल ९८० मत, वडा नम्बर १३ मा एमालेका कृष्ण सिग्देल ७६४ मत , वडा नम्बर १४ मा एमालेका शंकर प्रसाद पोखरेल ९६२ मत र वडा नम्बर १५ मा कांग्रेसका गुणराज भट्टराई १०३३ मतका साथ विजयी भए । 

विर्तामोडमा राप्रपा तेस्रो शक्ति  

पूर्वको प्रमुख व्यापारिक केन्द्रको रुपमा उदाएको विर्तामोड नगरपालिकामा २०७४ को स्थानीय चुनावमा जनताले एमालेलाई रोजेका थिए । एमालेबाट प्रमुख पदका उमेदवार ध्रुव शिवाकोटी ९११२ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जल कुमार गुरुङले ८२१७ मत प्राप्त गर्न सफल भए । यता, तेस्रो नम्बरमा राप्रपाका भक्ति प्रसाद सिटौलाले मत ल्याउन सफल भए । उनले ६१७० मत प्राप्त गरे । 

नगरको उपप्रमुख पदमा पनि एमालेनै विजयी भयो । एमालेका उमेदवार पवित्रा देवी महताराले १०४३७ मत प्राप्त गर्न सफल भइन् । यस्तै कांग्रेसबाट उमेदवार बनेकी पार्वता गिरी (भारती)ले ९०११ मत प्राप्त गरिन् । यता, राप्रपाकी लीला उप्रेतीले ३८७६ मतमात्र ल्याउन सकिन् । 

वडा तर्फ वडा नम्बर १ मा एमालेका उमेदवार अग्नी प्रसाद पाण्डे १२७२ मत ल्याउँदै विजयी भए । वडा नम्बर २ मा नगेन्द्र प्रसाद संग्रौला १५७९ मत, वडा नम्बर ३ मा कांग्रेसका भोजराज सिटौला १२९९ मत, ४ नम्बर वडामा कांग्रेसका कुल प्रसाद संग्रौला ११३२ मत ल्याउँदै विजयी भए । वडा नम्बर ५ मा एमालेका राजेन्द्र प्रसाद लिङ्गदेन २१०४ मत, ६ नम्बर वडामा कांग्रेसका सूर्य प्रसाद कन्दङवा ७५८ मत, वडा नम्बर ७ मा एमालेका गंगा बहादुर भट्टराई ९८१ मत, वडा नम्बर ८ मा राप्रपाका अजय कार्की १०२७ मत सहित विजयी भए । यस्तै वडा नम्बर ९ मा एमालेबाट पवित्रा पाठक ५७६ मत र वडा नम्बर १० मा कांग्रेसका दुर्योधन गुरुङ्ग ९३६ मतका साथ वडा अध्यक्ष विजयी भएका थिए । 

शिवसताक्षी नगरपालिकामा एमाले पहिलो दल  

झापा जिल्लामा गएको स्थानीय तह निर्वाचनमा शिवसताक्षी नगरपालिकामा एमाले विजयी भएको थियो । एमालेका उमेदवार चन्द्र कुमार शेर्मा १३४३९ मत सहित नगर प्रमुख बन्न सफल भएका थिए । उनलाई कांग्रेसका पर्शुराम ढुङ्गानाले पछ्याएका थिए । तर, ढुंगाना ५ हजार बढी मतान्तरले पराजित भएका थिए। 

यता, नगर उपप्रमुखमा एमालेकी भोज कुमारी नेपाल विजयी भइन् । उनी पनि कांग्रेसको उमेवारभन्दा ५ हजार मतान्तरले विजयी भइन् । विजयी नेपालले १३४७२ मत प्राप्त गर्दा कांग्रेसबाट उमेदवार बनेकी जय कुमारी चेम्जोङ्गले ८३६१ मत मात्र प्राप्त गर्न सकिन् । 

यता वडातर्फ पनि एमाले वलियो शक्तिको रुपमा उदाएको छ । १ नम्बर वडामा ७४९ मत सहित एमालेका सुवास राई विजयी भए । २ नम्बर वडामा एमालेका कुल बहादुर बस्नेत १०५५ मत, ३ नम्बर वडामा एमालेका पुण्य प्रसाद सापकोटा ८०७ मतका साथ विजयी भए । 

नगरको वडा नम्बर ३ मा भने कांग्रेसका अधिकचन ताजपुरीया १३८४ मतका साथ विजयी भए । ४ नम्बर वडामा एमालेका सत्यनारायण राजवंशी ९०३ मत, ५ नम्बर वडामा कांग्रेसका मनोज खुलाल ९८९ मत, ६ नम्बर वडामा एमालेका नविन ईजम १८२१ मत, ७ नम्बर वडामा केहरसिंह बस्नेत १६२६ मत, ८ नम्बर वडामा छविलाल पाठक १२३३ मत, ९ नम्बर वडामा एमालेका कर्ण बहादुर थापा १०३२ मत तथा १० नम्बर वडामा एमालेकै भैरव कुमार श्रेष्ठ १५७१ मत सहित वडा अध्यक्षमा विजयी भए ।

कन्काई नगरपालिकामा एमाले अघिअघि कांग्रेस पछिपछि 

जिल्लाको कन्काई नगरपालिकामा पनि एमालेनै वलियो शक्ति बनेर उदाएको थियो । पाँच वर्ष अघि चुनावमा एमालेका राजेन्द्रकुमार पोखरेल नगर प्रमुख बन्न सफल भएका थिए । उनले कांग्रेसका एकराज उप्रेतीलाई पराजित गरेका थिए । २ हजार बढी मतान्तरले पराजित गर्दै पोखरेल नगर प्रमुख बन्न सफल भएका थिए । पोखरेलले ८४१६ मत प्राप्त गर्दा पराजित एकराज उप्रेतीले ६१९७ मत प्राप्त गर्दै पराजय भोग्नुपरेको थियो । 

यता, नगर उपप्रमुखमा पनि एमालेनै विजयी भएको थियो । सूर्य चुनावचिन्हमा भोट प्राप्त गर्दै मन्जु प्रसाई करिव २ हजार मतान्तरमा विजयी हासिल गर्न सफल भएकी थिइन् । प्रसाईसँग कांग्रेसकी कविता घिमिरे पराजित भएकी थिइन् । मन्जुले ८५७६ मत प्राप्त गर्दा घिमिरेले ६५७९ मत मात्र प्राप्त गर्न सफल भइन् । 

नगरको वडा नम्बर १ मा एमालेका रोशनराज पोखरेल ८८७ मत ल्याउँदै विजयी भए । वडा नम्बर २ मा एमालेकै परशु गिरी ७३४ मत सहित विजयी भए । वडा नम्बर ३ मा कांग्रेसका रुद्रप्रसाद चिमरिया १९१९ मत, वडा नम्बर ४ मा एमालेका गोविन्द प्रसाद पौडेल ९०३ मत, वडा नम्बर ५ मा एमालेका कृष्ण बहादुर राई १२६८ मत तथा वडा नम्बर ६ मा कांग्रेसका लक्ष्मी प्रसाद ओली ४४८ मतसहित वडा अध्यक्षमा विजयी भए । नगरको वडा नम्बर ७ मा एमालेका लिला बहादुर कन्दङ्वा ८४० मत, वडा नम्बर ८ मा एमालेका प्रेम बहादुर कटुवाल ७७५ मत, वडा नम्बर ९ मा कांग्रेसका प्रेम प्रसाद राजवंशी ८४५ मत सहित वडा अध्यक्षमा विजयी भए । 

अर्जुनधारा नगरपालिकामा बलियो एमाले  

धार्मिक पर्यटकिय क्षेत्रको रूपमा पहिचान बनाएको अर्जुनधारा नगरपालिकामा गएको स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो । नगरपालिका प्रमुखमा सूर्य चुनावचिन्ह लिएर उमेदवार बनेका हरिकुमार राना मगर विजयी भएका थिए । उनले कांग्रेसबाट उमेदवार बनेका हेमप्रसाद खरेललाई पराजित गरेका थिए । विजयी मगरले १३ हजार ८७९ मत प्राप्त गर्दा दोस्रो स्थानमा आएका खरेलले ९ हजार ६४१ मत प्राप्त गर्न सफल भएका थिए ।

नगरमा उपप्रमुख पनि एमालेले जितेको थियो । एमालेकी उमेदवार कमला खतिवडाले कांग्रेसकी सरस्वती सिटौला (तामाङ)लाई पराजित गरेकी हुन् । खतिवडाले १२ हजार ८३१ मत प्राप्त गर्दा सिटौलाले १० हजार ५७९ मत प्राप्त गरिन् । 

११ वडा रहेको नगरमा ८ वडामा वडामा एमाले विजयी भएको छ । कांग्रेसले भने ३ वटा वडामा मात्र जित हासिल गर्न सफल भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । माओवादीले भने निल लागेको देखिन्छ । 

नगरको वडा नम्बर १ मा एमालेका गजाधर खतिवडाले ११७५ मत ल्याउँदै वडा अध्यक्षमा बाजी मारे । यस्तै वडा नम्बर २ मा ९५७ मतका साथ एमालेकै रघुनाथ खनाल वडा अध्यक्ष बन्न सफल भए । वडा नम्बर ३ मा भने कांग्रेसका जीव कुमार भण्डारीले १२२७ मत प्राप्त गर्दै वडा अध्यक्ष जित हासिल गरे । यता, वडा नम्बर ४ मा एमालेका दुर्गा प्रसाद दाहाल १११८ मत ल्याउँदै विजयी हुँदा वडा नम्बर ५ मा ११६४ मतका साथ एमालेकै ध्यान बहादुर भारती तथा वडा नम्बर ६ मा लोकनाथ गौतम ७८८ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भए । 

२०७४ को स्थानीय तह निर्वाचनमा नगरको वडा नम्बर ७ मा कांग्रेसका नवराम ढुंगाना ९४२ मतका साथ विजयी हुँदा वडा नम्बर ८ मा पनि कांग्रेसकै गोपिचन्द्र गौतम ९७४ मतका साथ विजयी भए । यता, वडा नम्बर ९ मा एमालेका पुष्प कुमार प्रसाई १२२९ मत, वडा नम्बर १० मा एमालेकै बलदेव सिंह गोम्देन तामाङ्ग ११७८ मत र वडा नम्बर ११ मा भैरव बहादुर खड्का १४८९ मतका साथ विजयी भए । 

कचनकवल गाउँपालिकामा शक्ति सम्पन्न राप्रपा 

झापाको दक्षिणी गाउँपालिकामा राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बिजयी भएको थियो ।

राप्रपाबाट उमेदवार बनेका अन्जरा आलम गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । आलमसँग कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशी पराजित भएका थिए । एमालेबाट उमेदवार बनेका शेर बहादुर खत्रीले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । गाउँपालिकामा माओवादी केन्द्र भने चौथो भएको थियो । 

राप्रपाबाट गाउँपालिकमा अध्यक्षमा विजयी अन्जरा आलमले ५८१६ मत प्राप्त गरेका थिए । यस्तै कांग्रेसका उमेदवार कालेन्द्र प्रसाद सिंह राजवंशीले ५३५३ मत प्राप्त गर्दा एमालेका उमेदवार शेर बहादुर खत्रीले ३९७२ मत मात्र प्राप्त गर्न सके । 

गाउँपालिका उपाध्यक्षतर्फ पनि राप्रपानै विजयी बन्न सफल भयो । राप्रपाबाट उमेदवार बनेकी निमसरी राजवंशीले कांग्रेसकी उमेदवार गीता ओडारी खरेललाई पराजित गर्न सफल भएकी थिइन् । निमसरी राजवंशीले ५७७४ मत प्राप्त गर्दा कांग्रेसकी गीता ओडारी खरेलले ५०७२ मत प्राप्त गरिन् । एमालेबाट उमेदवार दिपतारा थाम्सुहाङ्गले ३२४२ मत मात्र प्राप्त गरिन् । 

गाउँपालिकाको वडा नम्बर १ मा राप्रपाका लक्ष्मीनारायण यादव ८६० मत सहित वडा अध्यक्षमा विजयी भए । यस्तै वडा नम्बर २ मा ६७९ मेख बहादुर भट्टराई, वडा नम्बर ३ मा ८७७ मत सहित राप्रपाका विजय कुमार राजवंशी वडा अध्यक्षमा विजयी भए । वडा नम्बर ४ मा भने ७८७ मत सहित कांग्रेसका परमानन्द सिंह राजवंशी, ५ नम्बर वडामा राप्रपाका महेशलाल गणेश ८३७ मत, वडा नम्बर ६ मा एमालेका ९५९ मत सहित कुल बहादुर कार्की तथा वडा नम्बर ७ मा कांग्रेसका भरत राजवंशीले ६९५ मत ल्याउँदै वडा अध्यक्ष बन्न सफल भएका थिए । 

कमल गाउँपालिकामा गोलाप्रथाबाट महिला अध्यक्ष 

कमल गाउँपालिकामा पनि नेकपा(एमाले)नै शक्तिमा छ । २०७४ को स्थानीय चुनावमा एमाले उमेदवार मेनुका काफ्ले गाउँपालिका अध्यक्ष बन्न सफल भइन् । उनी गोलाप्रथाबाट विजयी भएकी हुन् । चुनाव मार्फत उनले ८२७५ मत प्राप्त गरेकी थिइन् । यस्तै कांग्रेसका उमेदवार हुकुमसिंह राईले पनि समान मत प्राप्त गरे । अन्त्यमा गोला प्रथामार्फत काफ्ले विजयी भइन् । 

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै उमेदवार निर्वाचित भए । एमालेका उमेदवार बेनुप्रसाद शिवाकोटीले ९४१८ मत प्राप्त गर्दै विजयी भए । यता कांग्रेसका उमेदवार दिपा भण्डारी (गौतम)ले ४९९२ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरिन् ।

गाउँपालिकाको १ नम्बर वडामा कांग्रेसका केदार कटुवाल विजयी भए । उनले ९१५ मत प्राप्त गरेका थिए । यता, वडा नम्बर २ मा एमालेका तारानाथ न्यौपाने ११६९ मत, वडा नम्बर ३ मा एमालेका नर प्रसाद दंगाल १०३४ मत तथा वडा नम्बर ४ मा एमालेका प्रेम बहादुर राईले १२२८ मत ल्याउँदै वडा अध्यक्षको कुर्सी सुनिश्चित गरे । गाउँपालिकाको वडा नम्बर ५ मा एमालेका डम्बर बहादुर निरौला १३३९ मत, वडा नम्बर ६ मा एमालेका नरेन्द्र भट्टराई १२९७ मत तथा वडा नम्बर ७ मा एमालेका पृथ्वीपती राई १४५५ मत प्राप्त गर्दै वडा अध्यक्ष बन्न सफल भए । 

गौरादह नगरपालिका प्रमुख कांग्रेसको पकडमा 

झापाको गौरादह नगरपालिका प्रमुख भने कांग्रेसले जितेको छ । कांग्रेसका उमेदवार रोहित कुमार शाहले एमालेका मदन प्रसाद अधिकारीलाई पराजित गर्दै नगर प्रमुख पदमा बाजी मारेका हुन् । विजयी शाहले १०३०८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका एमालेका अधिकारीले ९८५४ मत प्राप्त गरे । 

नगर उपप्रमुखमा भने एमाले विजयी भएको छ । एमाले उमेदवार गीता भेटवालले कांग्रेस उमेदवार सुमित्रा कुमारी खरेललाई पराजित गरिन् । विजयी भेटवालले १०६२० मत प्राप्त गर्दा पराजित खरेलले ७९११ मत प्राप्त गरिन् ।

नगरपालिकाको वडा नम्बर १ मा एमालेका नगेन्द्र भण्डारी १४३६ मत सहित विजयी भए । वडा नम्बर २ मा कांग्रेसका हेमन्त कार्की ९६६ मत, ३ नम्बर वडामा एमालेका गजेन्द्र प्रसाद घिमिरे ७६७ मत, वडा नम्बर ४ मा एमालेका मणिन्द्र कार्की १३६० मत, वडा नम्बर ५ मा एमालेका छत्रपति सुवेदी १४९८ मत सहित वडा अध्यक्ष विजयी भए । यता, वडा नम्बर ७ मा खड्ग प्रसाद पराजुली ११७२ मत, वडा नम्बर ८ मा बलराम खरेल एमालेका १३१६ मत तथा वडा नम्बर ९ मा एमालेका भूमीराज पोखरेलले ९०४ मत सहित वडा अध्यक्षमा विजयी भए । वडा नम्बर ९ मा भने कांग्रेसका सिताराम भट्टराईले १६०९ मत प्राप्त गर्दै विजयी भए । 

गौरीगञ्जमा राप्रपा पहिलो, चौथोमा एमाले

गोरीगञ्ज गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले गाउँपालिका अध्यक्ष जितेको छ भने उपाध्यक्ष पद कांग्रेसले जितेको छ । 

गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी भएका छन् । उनले कांग्रेस उमेदवार फुलवती राजंवशीलाई पराजित गरे । बाबुराजा श्रेष्ठले ३७४० मत प्राप्त गर्दा फुलवती राजवंशीले ३४५३ मत प्राप्त गरिन् । यहाँ एमाले चौथो भएको छ । एमालेका श्याम कुमार ढकालले २७५७ मतमात्र प्राप्त गरे । 

यता गाउँपालिका उपाध्यक्ष भने कांग्रेसले जित्यो । पाँच वर्ष अघि भएको चुनावमा कांग्रेसका दिपिन्द्र थापाले ३४१४ मत प्राप्त गर्दै विजय हासिल गरे । दोस्रो भएकी एमाले उमेदवार मनिकादेवी राईले २८७० मत प्राप्त गरिन् । चौथो स्थानमा रहेकी राप्रपा उमेदवार शुशिला ताजपुरीयाले २२२६ मत प्राप्त गरिन् । 

वडातर्फ वडा नम्बर १ मा कांग्रेसका कार्तिकलाल राजवंशी १४१३ मतका साथ विजयी भए । २ नम्बर वडामा पनि कांग्रेसका अघनु प्रसाद राजवंशी ८८९ मत, ३ नम्बर वडामा कांग्रेसका मखना महतो ६६१ मतका साथ विजयी भए । गाउँपालिकाको वडा नम्बर ४ मा माओवादी केन्द्रका कुल प्रसाद गिरी वडा अध्यक्ष पदमा विजयी भए । उनले ३९२ मत प्राप्त गरे । वडा नम्बर ५ मा ६२४ मतका साथ एमालेका विजय प्रसाद सिंह र ६ नम्बर वडामा कांग्रेसका बद्री नारायण यादवले ५४० मत ल्याउँदै वडा अध्यक्ष पदमा विजयी भएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

झापा गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले 

भारतसँग सिमा जोडिएको झापा गाउँपालिकामा प्रमुखमा भने कांग्रेस विजयी भएको छ । यता, उपप्रमुखमा भने एमाले उमेदवार विजयी बन्न सफल भइन् । गाउँपालिका प्रमुखमा कांग्रेसका जयनारायण शाह विजयी भए । उनले ४३९३ मत ल्याउन सफल भए । यता दोस्रो भएका एमालेका गजेन्द्र ताम्लीले ३७८९ मत ल्याउन सफल भए । 

यस्तै गाउँपालिका उपाध्यक्षमा भने एमाले विजयी भयो । सूर्य चुनावचिन्हबाट चुनाव लडेकी कुन्तीदेवी बुढाथोकीले कांग्रेसकी बसुन्धरा थपलियालाई पराजित गरिन् । बढुथोकीले ३८१६ मत प्राप्त गर्दा थपलियाले ३५७६ मत प्राप्त गरे । तेस्रो भएका संघीय समाजवादी फोरम नेपालका उमेदवार गौरीशंकर राजवंशीले  २७१४ मत प्राप्त गरे । 

२०७४ मा सम्पन्न भएको स्थानीय चुनाव तर्फ गाउँपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उमेदवार राजकुमार यादव विजयी भए ।

कांग्रेसका उमेदवार यादवले ५९३ मत प्राप्त गरे । यस्तै वडा नम्बर २ मा एमाले उमेदवार नेत्र बहादुर खड्का ७२३ मत, वडा नम्बर ३ मा कांग्रेस उमेदवार मोतीलाल गणेश ६९१ मत, ४ नम्बर वडामा एमाले उमेदवार राजु भारती ६५८ मत प्राप्त गरि वडा अध्यक्ष विजयी भए । ५ नम्बर वडामा दिनेश प्रसाद राजवंशी ४१७ मत, ६ नम्बर वडामा एमाले उमेदवार हरि बहादुर बानियाँ ९०७ मत र ७ नम्बर वडामा एमालेका नेत्र प्रसाद उप्रेती ५७५ मतका साथ वडा अध्यक्ष पदमा विजयी भए । 

बाह्रदशी गाउँपालिकामा कांग्रेस, वडामा एमाले 

बाह्रदशी गाउँपालिकामा भने नेपाली कांग्रेसले अध्यक्ष उपाध्यक्ष दुबै जितेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका खड्ग प्रसाद राजवंशी विजयी भए । उनले एमालेका लक्ष्मण पाठकलाई पराजित गरे । विजयी राजवंशीले ५५३९ मत ल्याउन सफल भएका थिए । पाठकले भने ५१११ मत मात्र ल्याउन सफल भए । 

यता, गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै उमेदवार विजयी भएकी थिइन् । कांग्रेसकी रत्नाकुमारी राजवंशी ५४५३ मत ल्याउँदै विजयी भइन् । एमालेकी गगादेवी धमलाले ५२५६ मत मात्र ल्याउन सफल भइन् । 

तर, वडामा भने कांग्रेस विजयी हुन सकेको छैन । वडा नम्बर १ मा ५०० मत ल्याउँदै शंभु सिंह राजवंशी विजय भए । 

वडा नम्बर २ मा एमालेका यादव प्रसाद मिश्र १०३८ मत, वडा नम्बर ३ मा एमालेका विरेन्द्र प्रसाद राजवंशी ७०५ मत विजयी भए । वडा नम्बर ४ मा माओवादीका समिम मिया ४१४ मत, ५ नम्बर वडामा एमालेका भुपेन्द्र कटुवाल १२६९ मत, ६ नम्बर वडामा एमालेका रत्नप्रकाश याङहाङ्ग ९९३ मत र ७ नम्बर वडामा कांग्रेसका मित्रराज भट्टराई ६५९ मत ल्याउँदै वडा अध्यक्ष बन्न सफल भएका थिए । 

बुद्धशान्ति गाउँपालिका एमाले तत्कालीन जिल्ला अध्यक्ष पराजित  

बुद्धशान्ति गाउँपालिकामा भने नेकपा(एमाले)का तत्कालीन जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक पराजित भएका थिए । पाठक कांग्रेसका रमेश भुजेलसँग पराजित भएका थिए । निर्वाचन आयोगको तथ्यांकअनुसार रमेश कुमार भुजेल ७९९६ मत प्राप्त गरे । पराजित पाठकले ७३५३ मतमात्र प्राप्त गर्न सफल भए । 

यता, गाउँपालिका उपाध्यक्षमा भने एमालेले बाजी मारेको थियो । एमाले उमेदवार मिरा भूर्तेल ७४५७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसकी चन्द्रकला भट्टराईले ६८०४ मतमात्र प्राप्त गर्न सफल भइन् ।

गाउँपालिकाको १ नम्बर वडामा कांग्रेसका भिमकुमार नेवार १३३० मतका साथ विजयी भए । यस्तै २ नम्बर वडामा एमालेका दिलिप श्रेष्ठ १४२१ मत, ३ नम्बर वडामा कांग्रेसका कमल प्रसाद उप्रेती १४७८ मत तथा ४ नम्बर वडामा एमालेका बुद्धिमान लिम्बु १५१३ मतका साथ विजयी भए । गाउँपालिकाको वडा नम्बर ५ मा कांग्रेसका बासुदेव खतिवडा ७५० मत, ६ नम्बर वडामा कांग्रेसका शम्भुप्रसाद पौडेल ६५६ मत तथा ७ नम्बर वडामा माओवादीका मातृकाप्रसाद पौडेल ३०८ मतका साथ विजयी भए । 

हल्दिवारी गाउँपालिका प्रमुखमा राप्रपा 

हल्दिवारी गाउँपालिकामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका भाइ रविन्द्रप्रसाद लिङदेन गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवारलाई हराउँदै चुनाव जितेका थिए । लिङ्देनले ३९४३ मत प्राप्त गरे । यता, एमाले उमेदवार मञ्जुदेवी सिटौलाले ३५४३ मत प्राप्त गर्न सफल भइन् । यस्तै कांग्रेसका दिलिप कुमार लिम्बुले २९१५ मत प्राप्त गरे । 

उपाध्यक्षमा भने एमाले विजयी भएको थियो । एमाले उमेदवार डम्बर बहादुर गिरीले ४३८६ मत प्राप्त गर्दै विजयी भए ।

कांग्रेसकी उमेदवार चन्द्रकला चाम्लीङ्गले २७४७ मत प्राप्त गरिन् । राप्रपाकी भारती दाहालले २७०८ मत प्राप्त गरिन् । 

वडातर्फ वडा नम्बर १ मा एमालेका त्रिलोचन सपाकोटा १६४३ मतका साथ विजयी भए । यस्तै वडा नम्बर २ मा माओवादीका राजेन्द्र याङहाङ्ग १२६३ मतका साथ विजयी भए । वडा नम्बर ३ मा एमालेबाट रोशन शिवाकोटी ६०४ मतका साथ विजयी भए ।

वडा नम्बर ४ मा कांग्रेसका होम प्रसाद चुडाल ७६८ मतका साथ विजयी हुँदा वडा नम्बर ५ मा राप्रपाका शेर बहादुर नेम्वाङ ४०६ मतका साथ विजयी भए । 

माओवादी भने कमजोर 

झापा जिल्लामा नेकपा (माओवादी केन्द्र) अधिकांस स्थानीय तह निर्वाचनमा तेस्रो स्थानमा मात्र उपस्थित हुन सक्यो । अर्जुधारा नगरपालिकामा पार्टीका तर्फबाट प्रमुख पदमा उमेदवार बनेका माओवादीका उमेदवार भुपेन्द्र नेउपानेले २ हजार ५०६ मत मात्र प्राप्त गर्दै तेस्रो स्थानमा हासिल गर्न सफल भएका थिए । सोही नगरमा उपप्रमुख पदमा उमेदवार बनेकी अस्मिता कन्दङ्गवा तामाङ्ग पनि तेस्रो स्थानमा खुम्चनु परेको थियो ।, उनले २ हजार ५०७ मत प्राप्त गरिन् । 

कचनकवल गाउँपालिकामा भने माओवादी चौथो स्थानमा पुगेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । गाउँपालिका अध्यक्ष लडेका हंसनारायण राजवंशीले १२५० मत मात्र ल्याउन सफल भए । यस्तै उपाध्यक्ष पदमा इश्वरीमाया गाइनेले १३६७ मत मात्र प्राप्त गरिन् ।

कन्काइ नगरपालिकामा पनि माओवादी चौथो स्थानमा आएको थियो । माओवादीका गोपाल प्रसाद चुडालले ६३६ मत प्राप्त गरेका थिए । उनले स्वतन्त्र उमेदवार भीमप्रसाद अधिकारी भन्दापनि कम मत प्राप्त गरे । यता, उपप्रमुख पदमा शान्ता कुमारी अधिकारी भने तेस्रो स्थानमा आउन सफल भइन् । उनले ९७३ मत प्राप्त गरिन् । 

कमल गाउँपालिका पनि नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा देखियो । पार्टीबाट गाउँपालिका अध्यक्ष लडेका विमल कुमार संग्रौलाले १९०९ मत प्राप्त गरे । यता, उपाध्यक्षमा गौरी राईले ३१४३ मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाइन् । 

गौरादह नगरापालिकामा पनि माओवादी तेस्रो शक्ति हो । तर, मतान्तर अन्य दलहरुसँग अत्यन्तै धेरै देखिन्छ । नगरप्रमुखमा माओवादीबाट उमेदवार बनेका पुष्पलाल ढकालले ३४२८ मत प्राप्त गर्दा उपप्रमुखमा उमेदवार बनेकी अर्पणा राजवंशीले ३९२० मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।

गौरीगञ्ज गाउँपालिकामा माओवादीका उमेदवार तेस्रो पोजिसनमा सिमित भएका छन् । माओवादीबाट गाउँपालिका अध्यक्ष लडेका विद्यानन्दसिंह राजवंशीले ३३५३ मत प्राप्त गर्दा पार्टीबाट उपाध्यक्ष पद लडेकी  कल्पना राईले २५९१ मत प्राप्त गरिन् । गाउँपालिकाको वडा नम्बर ४ पार्टीबाट कुल प्रसाद गिरी वडा अध्यक्ष पदमा विजयी भए । उनले ३९२ मत प्राप्त गरे ।

बाह्रदशी गाउँपालिकामा माओवादी तेस्रो स्थानमा रह्यो । अध्यक्ष लडेका देवी प्रसाद ओझाले १७९५ मत मात्र प्राप्त गर्न सके । यस्तै उपाध्यक्ष लडेकी सुकमती राजवंशीले १७३१ मत प्राप्त गरिन् । वडा नम्बर ४ ४१४ मतका साथ समिम मिया विजयी भए । 

बुद्धशान्ती गाउँपालिकामा पनि माओवादी तेस्रो भयो । गाउँपालिका अध्यक्ष लडेका खड्ग बहादुर तिम्सिना २०६६ मत ल्याए । उपाध्यक्ष लडेकी अस्मितकला लिम्बुले २५०८ मतमात्र प्राप्त गर्न सकिन् ।

भद्रपुर नगरपालिकामा मओवादीबाट प्रमुख उठेका शिव कुमार राजभण्डारीले ४१३४ मत प्राप्त गरे । यस्तै उपप्रमुख उमेदवार कुमारी स्वर्णीकाले ३९५७ मत प्राप्त गरिन् । 

मेचीनगर नगरपालिकामा माओवादीका हंसलाल राजवंशीले ७६९४ मत प्राप्त गरे । उनी तेस्रो स्थानमा रहे । यस्तै उपप्रमुखमा पार्टीबाट उमेदवार बनेकी इन्दिरा कार्की ७६९० मत प्राप्त गर्दै तेस्रो बनिन् । यता, विर्तामोड नगरपालिकामा भने माओवादी चौथो शक्तिमा सीमित हुन पुग्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC