site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा आयोजित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
SkywellSkywell

काठमाडौं । कैलालीमा नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७८ कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सेनाबाट निवृत्तिभरणमा रहेका भूपू सैनिक तथा तीनका एकल महिलाहरूको सहभागितामा भएको कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरे ।

Dabur Nepal
NIC Asia

कार्यक्रममा, कञ्चनपुर जिल्ला निवासी जेष्ठ भूतपूर्व सैनिक, ९३ वर्षका हुद्धा खड्ग सिंह खत्री (अ.प्रा.) र कालीजंग गण (तत्कालीन कालीजंग गुल्म) बाट अवकास प्राप्त स्वर्गीय जमदार घुमसिंह कठायत (अ.प्रा.) को श्रीमती, १०६ वर्षकी जेष्ठ एकल महिला श्रीमती भद्रकाली कठायतलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाहरुमा बसोबास गर्ने करीब २३०० जना सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro