site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्य संस्था : नाफाखोर कि सेवामूलक ? 

हालै म काठमाडौंको बौद्धस्थित एउटा अस्पतालमा पुगेकी थिए । हजुरबालाई दम र कलेजाको रोगले च्यापेका कारण अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँलाई कम्तीमा ३ —४ दिन अस्पतालमै राख्नुपर्ने भनियो । डाक्टरको सल्लाह नमान्ने कुरै आउँदैन । तदनुरूप एक कुरुवासहित हजुरबालाई अस्पतालमा राखियो । ती ३ देखि ४ दिनको अस्पताल वास हाम्रो परिवारका लागि सामान्य थिएन र बनेन पनि । त्यो एकखालको सजाय जत्तिकै थियो । 

अस्पतालमा बिरामीको उपचार हुन्छ । मृत्युको त्रास बोकेर गएकाहरू पनि अस्पतालबाट जीवन लिएर फर्कन्छन् । त्यसैले त अस्पताल र डाक्टरलाई सबैले विश्वास गर्छन् । पहिलेभन्दा आधुनिक समाजमा स्वास्थ्य उपचार प्रविधिमा पनि धेरै फेरबदल आएको छ । स्वास्थ्य र उपचारसम्बन्धी  नागरिक चेतनाको अभिवृद्धिकै कारण धेरै सुविधासम्पन्न स्वास्थ्य संस्थाको स्थापना भइरहेको छ । तर, पछिल्लो समय यो अभिवृद्धि गुणात्मक नभएर मात्रात्मक बढी हुनपुगेको देखिएको छ । उपचार गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हेलचक्य्राइँ, बेथिती र पैसा असुली गर्ने अस्वस्थ प्रतिस्पर्धाजस्तै सुरु भएको छ अस्पतालहरूमा । 

हुन त स्वास्थ्य संस्थाभित्र नकारात्मक पक्षमात्र छैनन् । तर, सकारात्मक पक्षलाई नकारात्मक पक्षले बिस्तारै जित्दै गएको छ । फलस्वरूप, स्वास्थ्य संस्था प्रतिदिन दूषित र बदनाम हुँदै गएका छन् । अब स्वास्थ्य संस्था सेवामूलक भन्दा नाफाखोरीतर्फ उन्मुख भएका छन् । अस्पतालहरू बिरामीका सहारा र हौसला नभई बाध्यता बन्दैगएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उपचार गर्ने अस्पताल आफैँ बिरामी परेका छन् । बिरामीको वार्ड, शौचालय, डष्टबिन, बेसिन सबै रोगको भण्डारजस्ता देखिन्छन् । यिनलाई हेर्नेबित्तिकै अस्पतालको सरसफाइको अवस्थालाई सजिलै थाहा हुन्छ । सयौँ बिरामीलाई उपचार गर्न सक्ने अस्पतालले अँरिगालको गोलो जस्तै पर्रा छुटेर आउने लामखुट्टे रोक्न सक्तैन । सुत्ने समयमा लामखुट्टेले बिरामी होस् वा कुरुवा कसैलाई बाँकी राख्दैन । लामखुट्टे भगाउने औषधि अस्पतालमै उपलब्ध छैन । अस्पताल व्यवस्थापनलाई यस्ता विषयमा सोच्ने फुर्सदै छैन । रातभर लामखुटेको टोकाइ सहेर बस्नुपर्छ । 

एउटा बिरामी र अर्को बिरामी सुत्ने बेडको दूरी कति हुनुपर्छ भन्ने पनि मापदण्ड भएजस्तो देखिँदैन । बेड भरसक धेरै अटाउन पाए हुन्थ्यो भन्ने हिसाबले मान्छे छिर्नसमेत गाह्रो हुने गरी बिरामी कोचिएको छ ।  अस्पतालमा सरसफाइ र बडारकुडार गर्ने पनि कुनै निश्चित समय छैन । जति खेर फुर्सद अथवा मनलाग्यो त्यति खेर बडार्दा निस्कने धुलोले पनि बिरामीलाई त्यतिकै सास्ती दिएको देखियो । यस्तो सरसफाइमा विद्युतीय उपकरणको प्रयोग गरेको भए बिरामी र कुरुवाले धुलो खानुपर्ने थिएन ।

Global Ime bank

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाका कर्मचारीले गर्ने व्यवहारले बिरामी आधा निको हुन्छ भनिन्छ । त्यस अस्पतालमा यी सबै कुराको खडेरी परेजस्तो देखिन्छ । विभिन्न जातजाति, धर्म, लिंग, वर्ग, क्षेत्रका मानिस एउटै थलोमा उपचारको लागि पुग्छन् । तिनीहरूसँग स्वास्थ्यकर्मी र कर्मचारीले गर्ने रुखो व्यवहारले नभएको रोग पनि उम्रिएर आउँछ । 
आफूलाई अब्बल भन्ने अधिकांश स्वास्थ्य संस्था अझै पनि अपांगमैत्री छैनन् । अस्पतालका भवनहरू गगनचुम्वी छन् । अस्पतालमा राखिएका लिफ्ट प्रायः बिग्रिरहेका हुन्छन् । भएका पनि कतिपय बिरामीले लिफ्ट चलाउन जान्दैनन् । त्यहाँ उनीहरुलाई सहयोग गर्ने कर्मचारी प्रायः देखिनैनन् । लाग्छ, स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नै स्वास्थ्य समस्या निम्त्याउने संरचना बनाइरहेका छन् । 

सामान्यतया व्यक्तिको आर्थिक हैसियतले बिरामीलाई कुन अस्पताल लाने वा जाने निक्र्योल गर्छ । महंगा अस्पतालमा सेवा सुविधा पनि राम्रै हुन्छ तर त्यहाँ सामान्य मानिसको पहुँच हुँदैन । अस्पतालको वर्गअनुसार सेवा, सुविधा, पैसा फरक फरक हुन्छन् । अर्थात्, बिरामीको उपचारमा पनि भेदभाव वा असमानता पाइन्छ । पैसा तिर्न नसकेर गम्भीर बिरामीलाई घर फिर्ता गर्नुपर्दा बिरामी र बिरामीका आफन्तको मुटु कति छियाछिया हुन्छ होला ? 

अस्पतालमा एक बिरामी बराबर एक कुरुवा बस्नु पर्ने हुन्छ । तर कुरुवालाई दिन बिताउन त्यति सहज छैन । त्यसका लागि अस्पतालले लाइब्रेरी, पत्रपत्रिका आदिको व्यस्था गर्नुपर्छ भन्ने सोच किन कसैको नपुगेको होला ? बिरामी कुुरुवालाई पनि आराम चाहिन्छ । आराम नभए ऊ पनि बिरामी पर्छ भन्ने हाम्रा अस्पताल सञ्चालकहरूको सोचाइमा कहिले आउला ? त्यसैले त बिरामी कुरुवाहरू बिरामीभन्दा पनि रोगीजस्ता भएर अस्पतालबाट बाहिर निस्कन्छन् । बिरामी हेर्न आउनेलाई बिरामीसँग बोल्नसमेत  अस्पतालले अनुमति दिँदैन । ठुलो अक्षरले बिरामीको वार्डमा बस्न र कुराकानी गर्न मनाही भनेर लेखिएको हुन्छ । बिरामीले आफन्तसँग कुरा गरेर हल्का हुनसमेत पाउँदैनन् अस्पतालमा । यो कारागार हो कि उपचार गर्ने ठाउँ ?  

अस्पतालमा डाक्टरले बिरामीलाई दिने समय भनेको त्यस्तै ५ मिनेट जति होला । त्यसबाहेकको निरीक्षणमा नर्स र सहायकहरू संलग्न हुन्छन् । तिनले बिरामीसँग गर्ने व्यवहार सारै रुखो हुन्छ । पहिले जस्तो शरीरको जाँचबाट निदान नगरी अब ल्याव परीक्षण अनिवार्य जस्तै भएको छ । दिसा, पिसाव, रगत, थुक, खकार आदिको जाँच गरेर मात्रै रोग पत्ता लगाइन्छ । त्यसैअनुसार उपचार अगाडि बढाइन्छ । त्यसैले हो कि चिकित्सकहरू बिरामीसँग केही सोध्न, बुझ्न र कुरा गर्नै चाहँदैनन् । उनीहरू मेसिनजस्ता भएका छन् । 

पहिला धामीझाक्रीमा मानिसको विश्वास थियो । अहिले मेडिकल हल, क्लिनिक आएका छन् । छिटो उपचार हुने, घन्टौ लाइन बस्न नपर्ने, कडा औषधिको प्रयोगका कारण सजिलो र रोग पनि चाँडै निको भएजस्तो हुन्छ तर त्यसले शरीरमा पार्ने प्रतिप्रभाव रोगभन्दा खतरनाक बन्दैगएको छ  । एन्टिवायोटिक औषधिको जथाभावी प्रयोग, तालिम नै प्राप्त नगरेका स्वास्थ्यकर्मी, हचुवाको भरमा औषधि उपचारजस्ता समस्या गाउँदेखि सहरसम्म देखिएका छन् । नाफा वा व्यापारमा मात्र केन्द्रित भएर सञ्चालित यस्ता स्वास्थ्य संस्थाले जनताको जीवनमाथि खेलबाड गरिरहेका छन् । अहिलेको विश्वव्यवस्था पुँजीवादी अर्थव्यवस्था हो । पुँजीवादीको मुख्य ध्याउन्ना  नै बढी नाफा गर्नु हो । यसैको छाप स्वास्थ्य क्षेत्रमा पनि परेको छ । 

स्वस्थ रहन पाउनु व्यक्तिको आधारभूत अधिकार हो । तर, स्वास्थ्य सेवा प्रदान गर्ने संस्था यी कुरामा संवेदनशील देखिँदैनन् । अस्पतालले बिरामीको औषधिमात्र हैन मनोसामाजिक उपचार पनि गर्नु जरुरी हुन्छ । अस्पताल भौतिक संरचना, उपयुक्त वातावरण, उपकरण, शौचालय, सरसफाइ, मानवीयताआदिको समुच्चा संयन्त्र हुन सक्नुपर्छ । तबमात्र अस्पतालमा बिरामीको उचित उपचार हुनसक्छ । डाक्टर र बिरामीको सम्बन्धमा आत्मीयता नरहने हो भने सामाजिक उत्तरदायित्व र मानवीय संवेदना पनि छायाँमा पर्न जान्छ ।

स्वास्थ्य क्षेत्रको नियमित अनुगमन नै हुँदैन । स्वास्थ्य संस्था निर्बाधरूपमा चल्न पाउनुपर्छ । उनीहरूले शुल्क पनि लिन पाउनु पर्छ । त्यहाँ धेरैको जीविका, नाम, श्रम, व्यवसाय जोडिएको हुन्छ । तर, प्रश्न गुणस्तर र मानवोचित व्यवहारको हो । गुणस्तरीय स्वास्थ्य सेवा दिन नसके पनि अस्पताल सञ्चालन गर्न दिइरहने काम भने बिरामीमाथि गरिएको अपराध नै हो । 

राष्ट्रिय विकास मानव विकास, आर्थिक विकास, सामाजिक विकास अर्थात् स्वस्थ व्यक्ति र स्वस्थ समाजमा निर्भर हुन्छ । हामी बोलीमा सामाजिक उत्तरदायित्वको विषयलाई खुब उठाउँछौ । तर, व्यवहारले त्यसप्रति कति गम्भीर छौँ भन्ने स्पष्ट भएको छ । बोलाइ र गराइमा हुने असमान व्यवहार नै यसको जड हो । त्यसैले स्वास्थ्य क्षेत्रलाई व्यवसायमुखीभन्दा जनमुखी सामाजिक बनाउन जरुरी छ । स्वास्थ्यजस्तो संवेदनशील विषय पैसासँग मात्र जोडिनु हुन्न । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC