site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रा. डा. गोविन्द केसीले तेइसौं दिनमा मंगलवार साआझ अनशन स्थगित गरेको समाचारले उनका समर्थक र विरोधी सबैले लामो सास फेरेको हुनुपर्छ । दुवैथरीको तनाव कम जो भएको छ । समर्थकहरूले यी सत्याग्रहीको प्राण रक्षा भएकोमा सन्तोषको सास फेरेका हुन्। यिनको तपस्याको तापले रन्थनिएका विपक्षीले पनि शीतल अनुभव गरेको हुनुपर्छ । अनशन स्थगित गर्ने कारण जे भए पनि उनको यसपटकको अनशनले नेपाली समाजलाई दुई भागमा विभाजित गरिदियो - कि त डा. केसीको अनशनका समर्थक नभए विरोधी । सचेत नागरिक कोही पनि उनको अनशनबाट निस्पृह रहन सकेनन् । नेपाली समाजलाई डा. केसीको अनशनले जति झकझक्याउन पनि पहिले कुनै घटनाले सकेको थिएन । यस अर्थमा मेडिकल माफियाले झुक्याएर उनको तपस्यालाई निष्फलै बनाए भने पनि नेपाली समाजको अन्तरात्मालाई बिउँझाउने काम गरेको श्रेय डा. केसीले पाउँछन् । 


डा. केसीको अनुष्ठान सत्य र न्यायका पक्षमा छ । उनले त्यसका लागि सत्याग्रहको बाटो अपनाएका छन् । चिकित्सा शिक्षा कालोबजारको वस्तु बन्न नदिन उनले सुरु गरेका अनुष्ठानमा अरू धेरै तत्वपछि मिसिँदै गए । द्वापर युगका अन्तिम राजा जन्मेजयले ’सर्प यज्ञ’ गर्दा देवराज इन्द्रको पलंगमा बेरिएर बसेका नागराज तक्षक इन्द्र र पलंगसहित यज्ञकुण्डमा होमिने अवस्था उत्पन्न हुनलागेजस्तो भएको थियो । तपस्वीविरुद्ध सत्ता र शक्ति भएकाहरूले अनेकौँ ज्यादती गरेका वर्णन पूरा कथामा पाइन्छ । कतिपय तपस्वीको तपस्या भंग गर्न पनि सत्ताधारीहरू सफल हुन्छन् । यस्तै प्रयास यी सत्याग्रही प्राध्यापकविरुद्ध पनि भएका थिए । उनको मात्र हैन समर्थकहरूका विरुद्धसमेत अनेकौं अनर्गल प्रचार गरियो । तैपनि, यसपटक उनले अनशनको आफ्नै रेकर्ड तोडे भने समर्थकहरूमा पनि अचम्मको अठोट देखियो । पहिले पहिलेका अनशनमा जस्तो यसपटक उनलाई समर्थन गर्ने सञ्चारकर्मी, अधिकारकर्मीहरूले अनशन स्थगित गर्न दबाब दिएनन् । उनका सहकर्मी र विद्यार्थीले पनि माग पूरा गराउन बढी आवाज उठाए तर अनशन तोड्न भनेनन् । संयोग, यसपटक उनले आफैँ अनशन स्थगित गरे । 

Prabhu Bank
Agni Group
NIC Asia


डा. केसीले देश विपत्तिमा परेका कारण आफूले अनशन स्थगित गरेको र माथेमा आयोगको प्रतिवेदनको अवज्ञा गर्न खोजिएका पुनः अनशन सुरु गर्ने जानकारी मंगलबार साँझ विज्ञप्तिमार्फत् दिएका छन् । अर्थात्, चिकित्सा शिक्षामा रहेका विकृति र विसंगति अन्त्य गर्ने अनुष्ठानबाट विचलित नहुने प्रतिज्ञा उनले गरेका छन् । उनी कति जीवट छन् भन्ने त एघारौंपटक अनशन गरेर डा. केसीले प्रमाणित गरिसकेकै छन् । अब उनलाई अनशनमा बस्न नपर्ने अवस्था सिर्जना गर्ने दायित्व राज्यको हो । माथेमा आयोगको प्रतिवेदनको भावनाअनुसार संसद्मा विचाराधीन विधेयकलाई सच्याएर पारित गर्ने जिम्मेवारी संसद्ले पूरा गरेमा डा. केसीको मुख्य माग पूरा हुन्छ । सरकारको संसद्मा स्पष्ट बहुमत छ र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी नेकपा (एमाले) सहमत नभए पनि माथेमा आयोगको सिफारिसअनुसारको कानुन बनाउने वचन दिइसकेका छन् । अब आफ्नो वचन पूरा गर्ने प्रधानमन्त्रीको दायित्व हो । डा. केसीले अनशन स्थगित गरेपछि दबाब समाप्त भएको ठानेर अन्यथा गर्ने प्रयास कुनै पक्षले पनि गर्नु हुँदैन । डा. केसीको जीवन संकटमा पर्दामात्र हैन सरकारलाई दबाब दिन उनका समर्थकहरू अरू बेला पनि सडकमा उत्रन तयार हुनुपर्छ । डा. केसीको माग पूरा हुँदा सबै नेपालीको हित हुने भएकाले यसलाई कसैले पनि प्रतिष्ठाको विषय नबनाऊन् । जनप्रतिनिधिहरूलाई समाजले धिक्कार भन्नु नपरोस् ! 


अदम्य साहस र सत्यनिष्ठाका प्रतिमूर्ति बन्न सफल प्राध्यापक डा. गोविन्द केसीलाई साधुवाद ! 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  २०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC