site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देश जोगाउन निदाएका नागरिक अब उठौं 

एक जुगमा एक पटकमात्र आउने संविधान सभाबाट संविधान बन्यो । गणतन्त्र संस्थागत भयो, संघीयताको कार्यन्वयन हुन थालिसक्यो । स्थानीय तहको निर्वाचनले तल्लो तह र नागरिकको खास सरोकारलाई सम्बोधन गर्न थाल्दैछ । प्रदेश र केन्द्रको निर्वाचनपछि देशमा राजनीतिक स्थिरता समेत हुने अपेक्षा छ ।  समृृद्घिका लागि सकरात्मक वातावरण तयार हुँदैछ । तर, केही मधेसवादी दलहरूका तर्पmबाट मागिएका संशोधनका विषयले राजनीतिलाई गिजोल्दैछन् । दलहरुबीच मतभेद र दूरी बढ्दा राजनीति ऐठनमा छ । संविधान संशोधन नभएसम्म निर्वाचनमा नै नजाने उनीहरूको ढिपीले राजनीतिलाई फेरि स्वाभाविक मार्गबार्ट बाहिर लैजानसक्ने खतरा देखिएको छ । यद्यपि, उनीहरूबाट माग भएजस्तो संशोधन सम्भव र स्वीकार्य दुवै छैन । ती मागमा गाँउबेसीको आवश्यकताभन्दा पनि ‘एम्बेसी’को स्वार्थ बढी देखिन्छ । उनीहरूको छलफलसमेत त्यतै हुन्छ र मागिएको संशोधनले नेपालीलाई छल र विदेशीलाई फल दिने भान हुँदैछ ।

देश विकसित वा अविकसित तथा क्षेत्रफल र जनसंख्यामा सानो वा ठूलो जे भए पनि सबैको सार्वभौमसत्ता र स्वाभिमान समान हुन्छ । तर, अहिले स्वाभिमानको खरिद विक्री अनि स्वतन्त्र तथा सार्वभाैम राष्ट्रको हैसियतमा आँच आउन सक्ने प्रकारको मोलतोल गरिँदैछ । नयाँ नेपालको भव्य विज्ञापनमा पुरानै पनि हराउने शंका गहिरिँदैछ । फिजी, सिक्किम अनि भुटानका नियति नजिकमा देखिन्छन् । देश नै परदेश पनि बन्नसक्छ । राष्ट्रकवि माधव घिमेरको पंक्ति ‘रहाँैला कहाँ नेपाली हामी नेपालै नरहे’ मनन गर्नुपर्ने बेला आउँदैछ । नागरिकहरूले रमिते बन्नुभन्दा निर्णायक दबाब दिनुपर्छ । निर्णयहीन र दलदलपूर्ण विखण्डनबाट जोगिन नेतृत्वले चाहिँ समाधानका उपाय अवलम्बन गर्नुपर्छ ।
 
जनमत संग्रहः संघीयतालगायत सबै विवादित विषयमा दलहरूका फरक÷फरक घारणा छन् । सबैले आफ्ना अवधारणा देशलाई सबैभन्दा उपयोगी ठान्छन् । ती प्रस्तावहरू जनताका लागि राम्रा भए जनताबाटै तिननको अनुमोदन किन नगराउने ? जनताको सामना गर्न किन डराउने ? जटिल र विवादास्पद विषयमा जनसाधारणको मत लिनु नै प्रजातन्त्रको उच्चतम र अनुपम अभ्यास हो ।
 
युरोपीयन युनियनबाट बेलायत छुट्टिने कि नछुट्टिने र स्कटल्यान्ड बेलायतबाट अलग हुने कि नहुने भन्ने विषयमा बेलायतमा २ वर्ष पहिले जनमत संग्रहहरू गरिएका थिए । रोमानियामा ३ वर्ष पहिले सहरमा भुस्याहा कुकुरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समेत जनमत संग्रह गरियो । हामी चाँहि देशको समृद्धि वा समाप्तिको आधार बन्ने सर्वांगीण महत्त्वको विषयमा समेत जनताको राय माग्न चाहँदैनौँ । अस्ट्रेलियामा आदिवासी अधिकारसम्बन्धी कानुन बनाउने विषयमा सन् १९६७ मा जनमत संग्रहकै अभ्यास गरियो । प्रजातन्त्रको जननी बेलायतमा सन् १९७३ देखि २०१६ सम्ममा ११ वटा जनमत संग्रह भए । राष्ट्रिय महत्त्वका विषयमा न्युजिल्यान्डमा १० वटा जनमत संग्रह गरिएका छन् । स्विजरल्यान्डमा प्रत्येक कानुन निर्माणमा जनमत संग्रह गरिन्छ  । यो प्रत्यक्ष प्रजातन्त्रको उच्च अभ्यास र नागरिक भावनाको पूर्ण कदर हो । विवादित सबै विषयमा सम्बन्धित क्षेत्रका नागरिकको धारणा संकलन गर्नुपर्छ । यसले दलीय गतिविधिलाई अनावश्यक खिचातानीबाट जोगाउँछ । नागरिकको भावनाको सम्मान गर्ने राजनीतिक परम्पराको थालनीसमेत गर्नेछ । कम्तीमा राजनीतिक नेतृत्वप्रति एकपटक फेरि नागरिकमा विश्वास र सम्मान पलाउनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

सघन नागरिक दबाब
नेतृत्वको स्वेच्छिक कौशलले नभ्याए अनपेक्षित संशोधन रोक्नका लागि नागरिकले सशक्त दबाब पनि दिनुपर्छ । उदारवाद भन्दै अरूको पछि लाग्नेभन्दा देशप्रेमलाई माथि राख्ने नेतृत्व आजको आवस्यकता हो । अन्तरदेशीयभन्दा आन्तरिक विषयमा प्राथमिकता राख्ने नेतृत्व संसारभर लोकप्रिय बन्दैछ । नरेन्द्र मोदी, डोनाल्ड ट्रम्प, सी जिन पिंग, भ्लादिमिर पुटिनजस्ता नेता यसका उदाहरण हुन् । ली क्वान यु तथा महाथिर मोहम्ेमद सफलताका मानक मानिन्छन् । तर, हामी निरन्तर नेतृत्वको खराबीलाई आत्मसात गर्दैछौँ, निराश छौँ र निर्णायक बन्न सकेनौँ÷जानेनौँ । नागरिकले नेतृत्वलाई अपेक्षाअनुसार कामगर्न बाध्य बनाउन निरन्तर सभ्य र भव्य दबाब दिनुपर्छ । विश्व इतिहासका विभिन्न संक्रमणलाई अन्त्य गर्दै÷गराउँदै अधिंकाश परिवर्तन तथा उपलब्धि हासिल गर्न नागरिकले विभिन्न महत्वपूर्ण दबाबका दिएका छन्, हामी भने चुक्तैछौँ ।
 
बेल्जियममा कामचलाउ सरकारको विस्थापनसँगै वैधानिक सरकारकोे मागमा महिला अधिकारकर्मीले ८ फेब्रअरी २०११ बाट सम्पूर्ण सिनेटर तथा राजनीतिकर्मीका पत्नीलाई यौन हडतालमा उतारे । अन्ततः दुई वर्ष बढीको राजनीतिक अस्थिरता केही समयमै सकियो र नयाँ सरकार बन्यो । इसापूर्व ४११ तिर लेखक एरिस्टोफेन्सले ‘लाइसिस्ट्राटा’ नामको नाटक लेखे । दुई राज्यबीचको युद्ध रोक्न सैनिकका श्रीमतीले यौन हड्ताल गरेको देखाए । उक्त दृश्य बेल्जियमको आधुनिक राजनीतिमा अनुसरण गरियो । 

देशका उद्योगीले कर तिर्न ढिलो गरेर्र अपेक्षित राजनीतिक तथा आर्थिक प्रगति भएपछि मात्र बक्यौतासहित कर बुझाउने अभ्यास गरेर राजनीतिक नेतृत्वलाई दबाब दिने चलन पनि छ । प्राचीन रोमबाट थालिएको यो अभ्यास आधुनिक कालखण्डको सन २०१२ मा इन्डोनेसिया र २०१३ मा अर्जेन्टिनामा देखिएको थियो । नागरिक समाजको प्रचुर दबाबले १९९१ मा बर्लिनको पर्खाल भत्कियो । पूर्व र पश्चिम जर्मनी एक भए । उक्त समय भएको भिजिल नामक आन्दोलनको शैली अहिले अस्ट्रेलिया र स्विजरल्यान्डमा अनुकरण हुँदैछ । स्वतन्त्र भारतको निर्माता महात्मा गान्धीले अंग्रेज शासनविरुद्घ असहयोग र बहिष्कारको आन्दोलन चलाइँदा नागरिकबाट उच्च सम्मान अनि सशक्त सहयोग भयो । चिकिस्ता शिक्षाको सुधारमा प्राध्यापक डाक्टर गोविन्द केसीको अथक प्रयास हाम्रो सामुन्ने साक्षात नजिर छ । 

Global Ime bank

आन्दोलन भन्नेबित्तिकै हिंसात्मकै हुनु आवश्यक छैन । डा. गेने सर्पकृत पुस्तक ‘द पोलिटिक्स अफ नन् भाइलेन्स’ले राजनीतिक तथा अन्य प्रकारका दबाब कायम गर्न विभिन्न १९८ अहिंसात्मक उपाय अवलम्बन गर्न सकिने देखाउँछ । तर, हामी नागरिकहरू नेताहरूलाई बदमासीको छुट दिइरहेका छौँ । उनीहरूलाई घोच्न र घच्घच्याउन संगठित हुनसकेका छैनौ । नेतृत्वलाई सद्विचार र सत्कर्म गर्न बाध्य पार्ने गरी दबाब दिन सकिरहेका छैनौ । नेतृत्वलाई दबाब दिने काममा देशको संचार जगत बिचरा एक्लो अभियन्ता छ । नागरिक समाज भन्ने संस्थाको स्वर्गवास भएको त सायद दशकै भइसक्यो । सचेत भनिएको समाज सामाजिक सञ्जालमा निराशा रोप्तैछ ।
 
नागरिक वृत्त सक्षम र सचेत रहेको भए गतिरोध यस अवस्थासम्म गहिरिने थिएन । राजनीतिक नेतृत्व आपँैm सक्षम बन्नु त आवश्यक छँदै थियो । नभए तिनलाई बाध्य पार्नुपर्ने नागरिक पनि रमिते भएपछि समस्या गहिरिएको हो । अहिलेको ऐठनलाई बैठाउन नेतृत्वबाट ठोस पहल गर्नुपर्छ । नभए नागरिकले मैदानबाट नेतृत्वलाई बाध्य पार्न सक्नुपर्छ । 

जनता एकपल्ट सशक्त ढंगले उठ्नुपर्छ । देश दुख्दैछ, बचाउने र बनाउने अठोठमा संलग्न बन्नुपर्छ । बृहत् वौद्घिक छलफलपछि राष्ट्रिय आवश्यकताको सभ्य र भव्य दबाबको खाका रच्नुपर्छ । संचार जगत्ले सहजीकरण गर्नुपर्छ । स्वतन्त्र, सर्वपक्षीय, गैरराजनीतिक, विश्वसनीय व्यक्तिहरूको संलग्नता भएको नागरिक समाजले अगुवाइ लिनुपर्छ । अनि कुनै पनि राजनीतिक दलका जन्ती नभई निष्पक्ष र निडर जनता बन्दै नागरिकले सशक्त सहयोग गर्नुपर्छ । दलका झन्डा बोक्दै र नारा घोक्दै गरिने आन्दोलनभन्दा फरक आन्दोलनमा आउनुपर्छ । दलका नाममा विभाजित नभई देशभक्तमात्र भएर उभिनु आवश्यक छ । धेरै ढिला भए नयाँ नेपालको भुलभुलैयामा पुरानै नेपाल पनि हराउनेछ । प्रदेश विवादमा देश नै पर देश बन्नेछ । नागरिक हामी धेरै निदायौँ, अब उठ्नुपर्छ । अन्यथा, संविधान संशोधनको नाममा देशनै समाप्त हुनसक्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC