site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
ध्रुव ताराजस्ता डा. केसी

बालक ध्रुवलाई आफ्ना पिता राजा उत्तानपादको काखमा सौतेनी भाइ उत्तममात्रै खेलिरहेको देख्दा रहर लाग्थ्यो । सौतेनी आमा सुरुचि भने धु्रवलाई पिताको नजिक जान पनि दिँदनथिइन् । बालक ध्रुव पितृ वात्सल्यका लागि छटपटाउँथे । उनको बालसुलभ चञ्चलता र पिताको काखमा बस्न नपाउँदाको खिन्नता देखेर ध्रुवलाई आमा सुनीतिले सम्झाइन्  — “पिताको सामान्य काखका लागि छटपटाउनुभन्दा भगवान विष्णुको तपस्या गरेर आफ्नालागि छुट्टै स्थान पाउने गर । आफ्नो ज्ञान र योग्यताले तिमी ईश्वरको काखमा बस्न पाउनेछौ । आमाको आज्ञा शिरोपर गरेर बालक धु्रव तपस्यामा लिन भए । पछि उनले विष्णुको वरदान पाएर ध्रुव तारा कहलाए ।

डा. गोविन्द केसी पनि तिनै ध्रुुवजस्तै तपस्वी हुन् । चाहेको भए उनले पनि आफ्नै निजी अस्पताल बनाएर या निजी अस्पतालमा महँगो शुल्क लिएर बिरामी जाँच्न सक्थे र रातारात पैसा कमाएर धनी हुन सक्थे । तर, उनलाई अरूजस्तो हुन मन लागेन । महँगो हुँदैगएको स्वास्थ्य उपचार शुल्क र मेडिकल माफियाको हातको कठपुतली बनेको चिकित्सा शिक्षालाई जनताको पहुँचमा ल्याउन उनले बारम्बार अनशनरुपी तपस्या गरिरहेका छन् । स्वास्थ्य शिक्षा ऐनलाई संसद्बाट पारितसमेत गराउन उनी सत्याग्रह अर्थात् सत्यको बाटोमा एक्लै हिँडिरहेका छन् ।

Agni Group

आफ्नै जिउलाई गलाएर डा. केसी देशका निमुखा जनताकोे रोग निको पार्ने सत्प्रयास गर्दैछन् । उनको यस सत्प्रयासमा विभिन्न राजनीतिक दल र तिनका नेताले भाँजो हालिरहेकाछन् । तर, धु्रव ताराजस्तो उनको अनुहारको कान्ति शरीरसँगै गले पनि मानसिकरूपमा उनी मलिन भएका छैनन् । डा. केसी चिकित्सा शिक्षामा सुधारका लागि मात्र अनशन बसेका हैनन् । उनी त देशमा झाँगिदै गएको भ्रष्टाचार, बेथीति, अन्याय र कुशासनको अन्त्यका लागि धर्मयुद्धमा लागेका हुन् । उनले एकदिन पक्कै पनि यी सबैलाई जित्नेछन् र देशमा सुशासनको स्थापना हुनेछ । हामी जनताले त उनले यी दुष्टहरुका विरुद्ध गरिरहेको संघर्षमा साथमात्र दिनु छ । तर, दुर्भाग्य उनी अनशनमा छन् र हामी लाचार भएर हेरिरहेका छौँ ।

महाभारतका भीष्म दुष्टको अन्न खाएकाले सत्यको बाटामा हिँड्न सकेनन् । तर, डा. केसीले दुष्टको अन्न खाएका छैनन् । यसैले सत्यको बाँटोमा हिँड्ने सामथ्र्य उनले पाएका छन् । उनी महात्मा विदुरजस्तै ज्ञानी र दूरदर्शी व्यक्ति हुन् । देश र जनताको भविष्य र स्वास्थ्यलाई ’मेडिकल माफिया’को हातमा सुम्पे झन् चौपट हुनेछ भन्ने दिव्य ज्ञानले उनले अनशन बसेर सरकारलाई मनाउने प्रयास गरिरहेकाछन् । तर, काठको मुढो र माटोको मूर्तिजस्तो संवेदनहीन सरकार उनका मागहरुलाई बेवास्ता गर्दैछ र उनको जीवनसँग सिंहदरवारभित्र खेलबाड गरिरहेको छ ।

Global Ime bank

आफ्नै खर्चमा देशका सुदूर गाउँमा गएर गरीब जनताको उपचार गर्न तन, मन, धन अर्पण गर्दैआएका डा. केसी अहिले मेडिकल माफियाको हातमा परेर देशको स्वास्थ्य चौपट भएकोमा दुःखित भएका छन् । अहिलेको उनको अनशन एघारौं हो । पैसाका भरमा चिकित्सक बन्ने डाक्टर र पैसा कमाउनकै लागि मेडिकल कलेज खोल्ने व्यापारी नेतालाई राम्रोसँग चिनेका डा. केसीले यिनको हातमा देशका अस्पताल र मेडिकल कलेज जानु बगरेलाई खसी, बोका सुम्पनु हो भन्ने बुझेका छन् । त्यसैले देश र जनताको स्वास्थ्यलाई द्रव्यचिासका कब्जामा पर्न नदिन दबाब दिइरहेका छन् । उनले दबाब दिन महात्मा गान्धीको बाटो रोजे ।

महात्मा गान्धीले बेलायती शासनलाई भारतबाट हटाउन अपनाएकोे सत्याग्रहको मार्ग नै डा. केसीले पनि अवलम्बन गरे । डा. केसीको ११ पल्टको अनशनका अवधिमा विभिन्न राजनीतिक दल र तिनका नेताले सरकारको नेतृत्व गरे । तर, कसैले पनि उनको माग पूरा गरेनन् । उनीसँग सम्झौता त गरे तर कार्यान्वयन गरेनन् । तैपनि उनी विचलित भएनन् । डा. केसी प्रत्येक प्रधानमन्त्रीको कार्यकालमा अनशन बसेकाछन् र विवेकको कसीमा सबै प्रधानमन्त्री असफल भएकाछन् । 

हामी सबै यी सत्पुरुषको साथमा छौं। तर अब सामाजिक सञ्जालमा “आई एम विथ डा. केसी“ भनेरमात्र नहुने स्पष्ट भइसकेको छ । डा. केसीको जीवन तलमाथि भयो वा उनले हारे भने यस देशबाट न्याय, सत्य, निष्ठा र सेवा भावना संधैका लागि पराजित हुनेछ । ढिलो त भई नै सकेको छ । अब थप ढिलो नगरौँ । हाम्रै भोटले जितेको र हामीले दिएको नोट (कर) मा पालिएको सरकारका मन्त्रीहरुको कठालो समातौं र भनौं — के यही हो तिमीहरुको देश र जनताप्रतिको कर्तव्य र संवेदना ? डा. केसीको माग पूरा गर्नै पर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC