site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिउँदे वर्षाका कारण दाङमा ३० करोडको इँटा क्षति
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । हिउँदे वर्षाका कारण दाङमा ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति पुगेको छ । बिहीवारदेखिको वर्षातका कारण तयारी अवस्थामा राखिएका काँचो इँटामा क्षतिपुगेको दाङ देउखुरीका इँटा व्यवसायी संघका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए । 

दाङका विभिन्न ठाउँका इँटा उद्योगमा तयारी अवस्थामा राखिएको झण्डै तीन करोड इँटा पूर्णरुपमा नष्ट हुँदा ३० करोड रुपैयाँ बराबरको क्षति भएको उनले वताए । पकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटामा हिउँदे वर्षाले सबै काम नलाग्ने गरी क्षतिपुर्याएको उनले बताए । उनका अनुसार एउटा उद्योगमा तयारी अवस्थामा राखिएका काँचो इँटा झण्डै ९ देखि १५ लाखसम्मको क्षति भएको छ ।

हिउँदे वर्षाले सबैभन्दा धेरै तुलसीपुर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । विगतमा जस्तै यो वर्ष पनि हिउँदे वर्षाले इँटामा ठूलो क्षति पुगेको वताए । इँटामा ठूलो मात्रामा क्षति पुगेकाले अबको केही दिनमा इँटाको अभाव हुन सक्ने उनले वताए । अहिले जिल्लामा ३५ वटा इँटा उद्योग छन् । तीमध्ये केही इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC