site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको छ ।

चौबीसै घण्टा सेवा उपलब्ध हुने उक्त कल सेन्टरको आइतबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरे । वैदेशिक रोजगार विभागअन्तर्गतको उक्त गुनासो सेन्टरलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयमा नै राखिएको हो ।

Agni Group

अब कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइकक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिने मन्त्रालयले जनाएको छ ।

उक्त सेन्टरमा विदेशमा गएर समस्यामा परेका जो कोहीले गुनासो टिपाउन सक्नेछन् । मन्त्रालयका अनुसार उक्त गुनासोलाई मन्त्रालयले सकेसम्म छिटो समाधान गर्नेछ ।

Global Ime bank

जानकारी तथा गुनासोका लागि स्वदेश र विदेशबाट निःशुल्क फोन, भाइबर, फेसबुकलगायत विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्री श्रेष्ठले बताए । आएका समस्या तथा गुनासोहरूलाई प्राथमिकीकरण गरी समाधान गरिनेछ भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइने उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जोसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता पनि जनाए । उनले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको जानकारी दिए ।

वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगीलगायत क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्थाउपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानुनबमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक काबवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ । विदेशमा अलपत्र बनाउने दलालको फन्दाबाट जोगाउन सरकारले यसअघि श्रम मन्त्रालयका उपसचिव विष्णु लामिछानेको नेतृत्वमा मार्सल टिम पनि गठन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC