site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यी हुन् बलिउडका सर्वाधिक महँगा फिल्म
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
चलचित्र निर्माण र प्रदर्शनको मामलामा भारतीय चलिचत्र उद्योग सँधै चर्चामा रहने गर्छ । बलिउडमा ठूलो लगानीमा फिल्म बन्ने क्रम पनि बढ्दै गएको छ । बलिउडले निर्माण गरेर दर्शकसामु प्रस्तुत गरेका चलचित्र कति महँगा छन् त ? यी हुन् बलिउडका केही महँगा फिल्म ।
१. बाहुबली
प्रभा, राना दागुबती, तमन्नाह, अनुष्का सेट्टीलगायतले अभिनय गरेको यो चलचित्र २ सय ५० करोड भारुमा निर्माण गरिएको हो । यो चलचित्र छायांकनका लागि  राजस्थानबाट एक हजार घोडा ल्याइएको थियो । एसएस राजमौलीले निर्देशन गरेको यो चलचित्र ३ भाषाहरू हिन्दी, तामिल र तेलगुमा तयार पारिएको छ । 
२. रोबोट
बलिउडमा निर्मित अर्को महँगो चलचित्र हो ‘रोबोट’ । यो चलचित्र निर्माणका लागि १ सय ५० करोड भारु लागेको थियो ।
३. ब्याङ ब्याङ
यो चलचित्र निर्माणका लागि १ सय ४० करोड भारु लागेको छ । टम क्रुज र क्यामरुनको ‘नाइट एन्ड डे’बाट यो चलचित्रको पुनः निर्माण गरिएको हो । यसमा बलिउडका ऋतिक रोसन र क्याट्रिना केफले अभिनय गरेका छन् ।
४. रावण
रावणको निर्माण लागत १२५ करोड भारु छ । रावणले साहरुख खानको बाल्यकालको महानायक ‘सुपरहिरो’ बन्ने समपनालाई महसुस गराएको छ ।
५. कृष
बलिउड निर्मित तेस्रो महँगो चलचित्र हो कृष । यो चलचित्रको निर्माण लागत १ सय १५ करोड भारु पुगेको थियो । यो चलचित्रले निर्मातालाई नाफा पनि उत्तिकै गरायो । ऋतिक रोसनले यो चलचित्रबाट ‘सुपर हिरोको रूपमा उदाए । 
६. धुम–३
यो चलचित्र महँगो मोटरसाइकलका लागि परिचित हुँदै आएको छ । चलचित्र निर्माणका लागि सय करोड भारु लागेको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७३  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC