site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
'आवाज चर्को भएकै कारण' जागिरबाट हटाउने विश्वविद्यालयले एक लाख पाउन्ड क्षतिपूर्ति दिनुपर्ने !
Sarbottam CementSarbottam Cement

लन्डन । अदालतले बेलायतको एउटा विश्वविद्यालयले एकजना लेक्चरलाई जागिरबाट हटाएर अन्याय गरेको ठहर छ । अदालतले निकालिएकी लेक्चरलाई क्षतिपूर्तिस्वरूप एक लाख पाउन्ड रकम दिन पनि आदेश दिएको छ ।

डा. एन्नेटे प्लाउटले २९ वर्षदेखि एक्जेटर विश्वविद्यालयमा पढाउँदै आएकी थिइन् । विश्वविद्यालयको भौतिकशास्त्र विभागसँग आबद्ध उनी आफूलाई आवाज ठूलो भएकै निहुँमा जागिरबाट निकालिएको दाबीसहित अदालत गएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वविद्यालय प्रशासनले आफूमाथि दुर्व्यवहार गरेको तथा सोही कारण आफूले स्वास्थ उपचारमा समेत खर्च गर्नुपरेको गुनासो गरेकी थिइन् । उनले आफ्नो स्वर जन्मजात नै चर्को भएको र यो आफूले युरोपेली यहुदी पृष्ठभूमिबाट आएकाले विरासतकै रूपमा प्राप्त गरेको पनि बताएकी छन् । 

द गार्डियनकाअनुसार उनले आफू महिला भएकाले चर्को आवाज नसुहाउने भन्ने विश्वविद्यालयको लैंगिक पूर्वाग्रहपूर्ण मानसिकताको शिकार भएको दाबी गरेकी छन् । साथै उनी विश्वविद्यालयको भौतिकशास्त्र विभागमा प्रवेश गर्ने पहिलो महिलाको प्राज्ञको रूपमा पनि उनले छुट्टै पहिचान बनाउन सफल भएकी थिइन् । 

Global Ime bank

द मिररकाअनुसार डा. प्लाउटको गुनासोबारे प्रतिक्रिया दिने क्रममा विश्वविद्यालयले भने उनले विद्यावारिधिका दुईजना विद्यार्थीमाथि उनले गरेको व्यवहारलाई लिएर उनलाई कारबाही गरिएको जनाएको छ ।

साथै विश्वविद्यालयले उनको बर्खास्तगीसँग उनको पारिवारिक पृष्ठभूमि वा लिंगसँग कुनैपनि सरोकार नभएको पनि स्पष्ट पारेको छ ।  तर, रोजगार सम्बन्धी न्यायालयले भने उनलाई अनियमित तरिकाले बर्खास्ती गरिएको बताउँदै उनलाई क्षतिपुर्ति स्वरूप तोकिएको रकम उपलब्ध गराउन आदेश दिएको छ ।  

एन्डीटीभीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC