site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पीयूका विद्यार्थीलाई गृहमन्त्रीको फोन– परीक्षा निरन्तर राख्ने कि स्थगन गर्ने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले लिइरहेको बीएएलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिन नदिनेबारे विद्यार्थीसँग कुराकानी गरेका छन् । 

बीएएलएलबी पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट अंक ल्याएकामध्ये प्राञ्जली कडेल र अञ्जली तिवारीलाई बिहीबार टेलिफोन गरेर गृहमन्त्री खाणले जारी परीक्षा सञ्चालन गरिरहने कि केही समय स्थगन गर्ने भनेर सोधेका हुन् ।

विश्वविद्यालयले पुस २९ गतेबाट सुरु गरेको बीएएलएलबी चौथो वर्षको परीक्षामध्ये बुधबार भएको परीक्षामा कोभिड–१९ संक्रमित र संक्रमणमा नभएकालाई एउटै कोठामा राखिएको भन्दै परीक्षर्थीहरूले शान्तिपूर्ण धर्ना दिएका थिए । त्यो धर्नामा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरूको टोली बिहीबार गृहमन्त्री खाणलाई भेट्न मन्त्रालय आएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं स्कुल अफ ल भक्तपुरमा अध्ययनरत साइरस शर्मा, जीवन शर्मा, रश्मी रेग्मी, अर्नव चौधरी, अमृत मिश्रलगायतका विद्यार्थीहरू मन्त्री खाँणलाई भेट्न मन्त्रालयमा आएका थिए ।

उनीहरूलाई मन्त्री खाणले पढ्नमा ‘ट्यालेन्ट’ विद्यार्थीले परीक्षा होस् भन्ने चाहना राखेको तर परीक्षको तयारी नगरेका विद्यार्थीले परीक्षा स्थगनको माग राखेको भन्ने कुरा आएकाले यथार्थ के हो भनेर सोधेका थिए । 

Global Ime bank

त्यसपछि विद्यार्थीहरूले बीएएलएलबी पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले पनि परीक्षा नदिएको बताएका थिए । 

उनीहरूको त्यो जवाफपछि मन्त्री खाँणले पहिलो हुने विद्याथी कडेल र तिवारीको मोबाइल नम्बर मागेर फोन गरेका हुन् ।

मन्त्री खाणसँग टेलिफोनमा कडेलले परिवारसहित आफू कोभिड–१९ संक्रमणमा रहेको र संक्रमणमा रहेका विद्यार्थीले छुट्टै बसेर परीक्षा दिने व्यवस्था विश्वविद्यालय र परीक्षा सेन्टर भएको क्याम्पसले नगरेको भन्दै केही समय स्थगन गर्दा उपयुक्त हुने सुझाएकी थिइन् ।

अर्की विद्यार्थी तिवारीले पनि परीक्षा केही समय स्थगित गरेर संक्रमण वृद्धिको उच्चदर केही रोकिएपछि गर्दा उपयुक्त हुने सुझाव दिएकी थिइन् । 

गृहमन्त्रीलाई भेट्न आएका शर्माले बुधबार चौथो वर्षका परीक्षा दिने १५० जनामध्य २७ जनाले मात्र परीक्षा दिएका बताए ।

गृहमन्त्री खाणले आफूले सबै विद्यार्थीले स्थास्थ्यका मापदण्ड पालना गरेर परीक्षा दिने वातावरण निर्माण गर्न पहल गर्ने बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC