site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विवाह गर्न नपाएपछि एक वृद्धले आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्महत्या गरे
Sarbottam CementSarbottam Cement

सोल । दक्षिण कोरियामा दुलाहा दुलही खोजिदिने एउटा लमी संस्थाका कर्मचारीसँग विवाद भएपछि एकजना पुरुषले आफ्नो शरीरमा मट्टीतेल छर्केर आगो लगाएका छन् ।

जेजु राज्यका स्थानीय निकायकाअनुसार ६४ वर्षीय दक्षिण कोरियाली वृद्धले यसरी आत्मदाह गरेका हुन् । एउटा अन्तर्राष्ट्रिय विवाह निकायले विवाहका लागि केटी खोज्न अस्वीकार गरेपछि उनले यसरी रिस पोखेका थिए । नराम्ररी जलेका उनी अझै बेहोस अवस्थामा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय न्युज आउटलेट जुङ आङ इल्वाकाअनुसार ती वृद्धले अब आफ्नो विवाह नहुने स्थिति देखेपछि निराश भएर आफूसँगै रहेको प्लास्टिकको बोतलबाट शरीरमा मट्टीतेल छर्केर लाइटरले बालेका थिए । सरकारले अन्तर्राष्ट्रिय पार्टनर खोजिदिने सो कम्पनी र जल्ने वृद्धको नाम भने सार्वजनिक गरेको छैन ।

योन्हाप न्युजकाअनुसार सम्बन्धित ती कर्मचारीले तत्काल पानी छ्यापेर उनको शरीरको आगो निभाउने असफल प्रयास गरेका थिए । वास्तवमा ती वृद्धले पहिले नै एक विदेशी महिलासँग विवाह गरिसकेकाले दोस्रो विवाहका लागि कानुनी अडचन खडा भएको हो । 

Global Ime bank

दक्षिण कोरियाको आप्रवास कानुनले पहिलो विदेशीसँग विवाह गरेको पाँच वर्ष पूरा नहुन्जेल दोस्रो विवाहका लागि भिसा निवेदन दिन रोक लगाएको छ ।

इन्साइडरबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  २२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC