site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
विश्वासघातीसँग अब सँगै बस्न सकिँदैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मणि थापा 
कार्यालय सदस्य, नेकपा माओवादी केन्द्र 
मणि थापा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य हुन् । १० वटा पार्टी र समूहसहितको एकतामा थापा नेतृत्वको पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि एक थियो ।
थापा अहिले नेकपा माओवादी केन्द्रका निर्णायक नेता हुन् । तत्कालिन एनेकपा माओवादी र नेकपा एमालेबीच भएको ९ बुँदे सहमति र तीनबुँदे भद्र सहमति  कार्यान्वयनको पहल गर्ने जिम्मा नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । थापाले एमालेले विश्वासघात गरेको, शान्ति  प्रक्रिया टुंगोमा पु¥याउने प्रयास नगरेको भन्दै सहमतिको सरकार गठनको प्रयास भएको बताए ।
प्रस्तुत छ, नेकपा माओवादी केन्द्र र सरकारको नेतृत्वमा रहेको नेकपा एमालेबीच देखिएको विवाद, अवको निकास लगायतका विषयमा बाह्रखरीका लागि नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य थापासँग सन्तोष दाहालले गरेको कुराकानी:
 
 
सरकार गिराउने खेल फेरि सुरु भएको हो ? किन,  तपाईंहरु केही समयको अन्तरालमै नयाँ सरकारको कुरा ल्याइरहनुहुन्छ ?
बीच बीचको कुरा त मलाईं थाहा भएन । तर माओवादी केन्द्र बनेपछि हामी सबै माओवादीहरुको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनुपर्छ र देशलाई स्थायी शान्तितर्फ लैजानुपर्छ भन्ने भयो । तर शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन अहिलेको सरकार इमान्दार देखिएन । शान्ति प्रक्रियालाई निष्कर्ष पु¥याउनुको साटो सरकारको नेतृत्वकर्ताले नेगेटिभ रोल खेलेको अनुभुति हामी माओवादी केन्द्रलाई भयो । 
सरकारले आन्दोलनरत पक्षलाई वार्तामा ल्याएर निर्वाचन गराउने भन्दा पनि ती पक्षसँग दुरी बढाएको छ । राष्ट्रियताको कुरालाई उठाएर अन्य पक्षलाई गौण बनाइयो । संविधान लागू गर्न सकेन त्यसैले यो सरकार असफल भयो भन्ने हाम्रो भनाई हो । 
 
दुई पार्टीबीच भएको ९ बुँदे समझदारीप्रति इमान्दार भएन । यसको कार्यान्वयन गरिएन । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी देखियो । हामीलाई धोका भयो । धोका भएपछि हामी किन नैतिक रुपमा सरकारमा बसिरहने भन्ने भयो । हामी मुद्दाहरु उठाइरहने उहाँहरुले त्यो मुद्दालाई सम्बोधन नगर्ने । ‘एस एस’ मात्र भनिराख्ने तर कार्यान्वयन नगर्ने । एक किसिमले माओवादीलाई पुच्छर बनाइराख्ने प्रवृति देखियो । एउटा संयूक्त सरकारको संस्कार देखिएन र पेलेर जाने प्रवृत्ति सरकारमा देखियो, त्यो हामीलाई सह्य भएन । त्यसैले यो सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप ग्रहण गर्न सक्दैन भन्ने लागेर हामीले यो सरकारबारे प्रश्न उठाएका हौं । 
 
तपाईंहरु बेला–बेला सरकारबारे कुरा उठाउनुहुन्छ तर न अघि बढ्न सक्नुहुन्छ  न त त्यसलाई रोक्न नै ?
हैन बीचमा कुरा उठेकै हो र हामी पछाडि फर्केकै हो । तर त्यो बीचमा माओवादीहरुबीच एकता भएर माओवादी केन्द्र निर्माण भयो, त्यसले पनि केही समय लियो । त्यो बेला हामीले ९ बुँदे सहमती ग¥यौं । त्यसपछि पर्ख र हेरको रणनीतिमा रह्यौं । भद्र सहमती पनि भयो भनियो । ती सबै कुराहरु बाहिर आए । त्यति हुँदाहुँदै पनि अहिलेको सरकार गम्भीर देखिएन । तर अहिले हामी पछि हट्न वा बार्गेनिङ गर्न भन्दा पनि राष्ट्रिय सहमति नबनि देशको मौजुदा समस्या समाधान हुँदैन भन्ने बुझेर नै शनिवारको पार्टी कार्यालयको मिटिङदेखि राष्ट्रिय सहमतिको सरकारको लागी प्रक्रिया अगाडि बढाएका हौं । 
 
राष्ट्रिय सहमतिको सरकार हुँदा पनि नेकपा माओवादी केन्द्रको नेतृत्वमा नै किन सरकार चाहियो त ? तपाईंहरु संसदमा तेश्रो दल हुनुहुन्छ फेरि एमालेको नेतृत्वमा भइरहेको सरकार ढालेर किन माओवादीकै नेतृत्वमा सरकार बनाउनुप¥यो ?
हामीले हाम्रो नेतृत्व भनेका छैनौं  । संयूक्त राष्ट्रिय सरकार हाम्रो माग हो । राष्ट्रिय सरकारको नेतृत्व जसले गर्दा पनि हुन्छ । केपी ओलीको नेतृत्वमा रहेको अहिलेको सरकारलाई नै उहाँले राष्ट्रिय सहमतिको सरकारको स्वरुप प्रदान गर्न सक्नुहुन्छ भने पनि हामीलाई स्वीकार्य छ । 
हाम्रो अहिलेको मूख्य मुद्दा र अहिलेका जल्दोबल्दो समस्यालाई समाधान गर्न राष्ट्रिय सरकार चाहिन्छ भन्ने हो । ती समस्याको समाधान गर्न देशकै ठूलो पार्टी बाहिर बसेर हँुदैन भनेर हामीले राष्ट्रिय सहमतिको सरकारको कुरा गरेका हाँै । कांग्रेससहितको सरकार हुँदा संविधान, शान्ति प्रक्रिया टुंगो लगाउन सजिलो हुन्छ । आन्दोलनरत दलका माग र पुनर्निर्माणको काम पनि सहज हुन्छ ।
 
त्यसोभए यही सरकारलाई सहमतीय सरकार बनाउन पहल किन नगर्नुभएको ?
हैन हामीले त्यो नारा लिएका छौं । संविधान निर्माण भएपछिको समयमा कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउनबाट भाग्यो भनेर हामीले विरोध गरेका थियौं । त्यसैले व्यक्ति भन्दा पनि राष्ट्रिय सहमति अहिलेको आवश्यकता हो भन्ने हाम्रो पार्टीको ठहर हो । 
 
तर कांग्रेसका नेताहरुले एमाले सहितको सरकारमा कांग्रेस सहभागि हुँदैन प्रतिपक्षमै बस्छ भन्नुहुन्छ । त्यस्तो अवस्थामा कसरी राष्ट्रिय सहमतिको सरकार बन्छ ?
यसबारेमा सबै पार्टीले साेंच्नुपर्छ । राष्ट्रिय चिन्तनको आवश्यकता पर्छ । ती पार्टीहरुको राष्ट्रिय चिन्तन त्यहाँ नपुग्नु दुर्भाग्यपूर्ण हो । संविधान बनाउने बेला जुन राष्ट्रिय सहमतिको सरकारको भयो अहिले संविधान कार्यान्वयनको बेला पनि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ भन्ने सबै दलले बुझ्न आवश्यक छ ।
 
यदि राष्ट्रिय सहमति बनेन भने बहुमतीय सरकार बनाउँदा कुन कुन पार्टीसँग मिलेर सरकार बनाउनुहुन्छ ?
राष्ट्रिय सहमति भएन भने बहुमत दलहरुबीच सहमति भएर सरकार बन्न सक्छ । तर बहुमतीय सरकारमा हामीले त्यती जोड दिएका छैनौं । तर बहुमतीय सरकार बन्ने नै भयो भने विचार वा सिद्धान्तको भन्दा पनि आवश्यकता र मुद्दा मिल्ने दलहरुसँग हाम्रो सहकार्य हुन सक्छ । अब सिद्धान्त भन्दा पनि मुद्दा प्रधानता हुन्छ ।
शान्ति प्रकियालाई निष्कर्षमा पु¥याउने मुद्दा कुन पार्टीले लिन सक्छ । हाम्रा मुद्दाहरुमा कुन राजनीतिक पार्टी इमान्दार र प्रतिबद्ध हुन्छ । देशलाई स्थायी शान्ति दिने कुरामा लचक, इमान्दार र प्रतिबद्ध हुन्छ, त्यो पार्टीसँग हाम्रो सहमती सहकार्य हुनसक्छ । 
 
द्वन्द्वकालका मुद्दा टुंगोे लगाउन सजिलो होस् भनेर तपाईंहरु कांग्रेससँग मिलेर सरकार बनाउन कसरत गरिरहनु भएको हो ?
युद्धको समयमा सरकार पक्षको नेतृत्व कांग्रेसले गरिरहेको र विद्रोही पक्षको नेतृत्व हामीले गरेका थियौं । शान्ति सम्झौता पनि कांग्रेस र माओवादीबीचको भएको हुनाले सायद त्यही भएर भावनात्मक रुपमा थोरै उनीहरु यो मुद्दालाई समाधान गर्न नजिक हुनुपर्छ भन्ने एउटा सोंचाई पनि हुन सक्छ । एमालेले त्यसमा अलि कम प्रधानता दियो । एमाले र माओवादीबीचको सरकारले नै यसलाई समाधान गरेको भए बाम बाम मिल्यो भन्ने जनतामा सकारात्मक परिणाम जान्थ्यो तर एमाले माओवादीलाई फसाउने दिशातिर गयो । एमाले यो मुद्दामा सिरियस भएन ।
हाम्रो विचार नमिले पनि द्वन्द्वलाई समाधान गर्न कांग्रेस थोरै सापेक्ष र इमान्दार भन्ने जो वातावरण बनेको छ । यो हाम्रो एउटा तर्क हो यसले हामीलाई कांग्रेससँग नजिक ल्याएको हो । 
 
तँपाइले पटक पटक शान्ति सम्झौतालाई निष्कर्षमा पु¥याउने कुरा गर्नुभयो । प्रचण्डको अष्ट्रेलिया भ्रमण द्वन्द्वकालिन मुद्दाले नै रोकिएको कुरा पनि बाहिर आइसकेको छ । यी मुद्दाहरुबाट डराएर नै कांग्रेससँग सरकार बनाउनु लाग्नुभएको हो ? 
डराएको त होइन तर इतिहाँसको आवश्यकता भयो । इतिहाँसको आवश्यकताले त्यहाँ डर पनि पैदा गर्छ  । इतिहाँसको आवश्यकताले त्यहाँ साहस पनि पैदा गर्छ र इतिहाँसको आवश्यकताले विपरितहरुकाबीचमा एकता पनि ल्याउन सक्छ । सायद हाम्रो चाहना भन्दा पनि इतिहाँसको आवश्यकता हो । द्वन्द्वलाई सम्पूर्ण रुपमा समाधान गरेर देशलाई स्थायी शान्तितर्फ लैजाने पनि आवश्यकता हो भनेर बुझ्नुपर्छ । 
 
त्यसोभए सरकारको नेतृत्व प्रचण्डले पाएनन् भने कांग्रेसकै नेतृत्वमा भएपनि तपाईंहरु सरकारमा जानुहुन्छ त ?
प्रचण्ड प्रधानमन्त्रीका लागि लालयित छन् भन्ने मलाई लाग्दैन । माओवादी केन्द्र बनिसकेपछि यो भिन्न परिस्थिति हो भन्ने बुझ्न जरुरी छ । माओवादी केन्द्र बनिसकेपछि हाम्रो विचारमा केही परिवर्तन आएको छ । हामी मुद्दा केन्द्रीत भएका छौं । त्यसकारण हाम्रो नेतृत्व भन्दा पनि नेपालको जल्दोबल्दो जे मुद्दाहरु छन् यी मुद्दाहरु समाधान गर्न राजनीतिक दलहरुलाई गर्न दिइएन ती मुद्दाहरु समाधान गर्न जुन राजनीतिक दलहरुले इमान्दारीतताका साथ प्रयत्न गर्छ र प्रतिवद्ध हुन्छ त्योसँग हाम्रो सहकार्य हुन्छ । 
 
कांग्रेस तपाईंहरुले उठाएको द्वन्द्वकालीन मुद्दामा प्रतिवद्ध भयो भने कांग्रेस नेतृत्वमा सरकारमा जानुहुन्छ त ?
आन्दोलनकारी दलहरुले उठाएका मुद्दाहरुको पनि समाधान गरोस् भन्ने हाम्रो चाहना हुन्छ । 
 
सरकारले माओवादीसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गरेन भन्नुभयो । के आजकल प्रधानमन्त्रीले प्रचण्डका कुराहरु सुन्न छोड्नुभएको हो ?
छोड्नुभयो भन्ने नै आयो । अलि बढि दम्भ, अति बढि राष्ट्रवादको नाममा राष्ट्रिय शक्ति, राष्ट्रिय एकतालाई कमजोर पार्ने र आफूलाई राष्ट्रवाद शो गर्ने काम भएको छ । आफुलाई वलियो पार्ने, पूरानो सामन्ती राष्ट्रवाद झल्कियो भन्ने हामीलाई लागेको छ । हामी यसमा सहमत छैनौं । हामी प्रगतिशील राष्ट्रवादको पक्षमा छौं । 
 
फेरि ९ बुँदेप्रति सरकारले प्रतिबद्धता जनायो भने यो सरकार ढल्छ कि ढल्दैन ?
९ बुँदे सहमतिमा उ फेरि प्रतिबद्ध भयो र विश्वासको वातावरण जनायो भने हामी यो वामपन्थी एकता तोड्ने पक्षमा छैनौं । प्रधानमन्त्री केपी ओलीसँगको सहकार्य तोड्ने हाम्रो उद्देश्य हैन । केपी ओलीको नेतृत्वसँग हाम्रो जुन सहमती भएको थियो त्यसलाई विश्वासघात ग¥यो । विश्वासघातीसँग त हामी सँगै बस्न सकिँदैन । विश्वासघातलाई ओली सरकारले रियलाइज ग¥यो अथवा हामीलाई कन्भिन्स ग¥यो भने त ओलीलाई हामी नेतृत्व मान्न तयार छौं । तर ओलीजीको प्रवृति नै रियलाइज नगर्ने प्रवृती हो । उहाँमा एउटा दम्भ छ । सामन्ती अहंकार छ । त्यो अहंकार, हठ, दम्भले मुलुक चल्दैन भन्ने कुरा त अहिले कुनै समस्या समाधान नभएर प्रमाणित भइसकेको छ । 
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७३  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC