site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश २ को नाम र राजधानी तोक्न अझै सकस, माघ पहिलो साता मतदान हुने
Ghorahi CementGhorahi Cement

जनकपुरधाम । प्रदेश २ को नामकरण र स्थायी राजधानी निर्धारण गर्ने विषयमा गठित अध्ययन समितिले सहमति जुटाउन सकेको छैन । सरकारमा सहभागी दलहरूबीच सहमति जुट्न नसकेपछि फेरि मतदानकै प्रक्रिया अघि बढ्ने भएको छ ।

प्रदेशको नामकरण तथा राजधानीसम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले माघको पहिलो सातामा मतदान प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको छ ।

Agni Group

मतदानअघि सत्तासाझेदार कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)सँग मुख्य सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले प्रदेश नामकरण र राजधानीका विषयमा सहमति जुटाउने कसरत अझै जारी राखेका छन् । प्रदेशसभा कार्यसञ्चालन नियमावलीअनुसार राजधानी र प्रदेशका नाउँ टुंगो लगाउने विषयमा गोप्य मतदान वा सोझै हस्ताक्षर गराउनेबारेमा विशेष समितिले संसद्मा प्रस्ताव लग्ने प्रावधान छ । त्यसअनुरूप दलीय सहमति नभए गोप्य मतदानबाटै विषयको टुंगो लगाउने तयारी गरिएको छ । यसअघि पनि ती विषयमा मतदान हुँदा कुनै पनि प्रस्तावका पक्षमा दुईतिहाइ मत पुग्न सकेको थिएन । 

प्रदेश सभामा प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्यमधेश र राजाधानीका लागि जनकपुर र वीरगन्ज दर्ता भएका छन् । जसपा, लोकतान्त्रिक समाजवादी (लोसपा), माओवादी केन्द्रले मधेस नाम प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र एकीकृत समाजवादीले फरक फरक नाम प्रस्ताव गरेका छन् । कांग्रेसले मिथिला–भोजपुरा र एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् । कांग्रेसका केही सांसदले भने मध्य मधेस नाम प्रस्ताव गरेका छन् ।

Global Ime bank

प्रदेश सभामा अहिले १०४ सांसद छन् । नाम र राजधानीका लागि दुई तिहाइ मत अथार्त ७० सांसद आवश्यक पर्छ । मधेस प्रदेशको पक्षमा उभिएका जसपा र माओवादीका सांसद जोड्दा ६२ जना मात्र पुग्छन् । उनीहरूलाई दुई तिहाइ बहुमत पुर्‍याउन थप ८ सांसदको आवश्यक पर्छ ।

जसपासँग ३७, लोसपासँग १६ र माओवादी केन्द्रसँग आठ सांसद छन् । एक सांसद रहेको संघीय समाजवादी सर्मथन गरेपनि दुई तिहाइ पुग्ने अवस्था छैन । यसअघि नामकरण र स्थायी राजधानी तोक्ने प्रदेश सभाको दुईपटक प्रयास असफल भइसकेको छ । निर्वाचनबाट पनि दुई तिहाइ पुगेको थिएन ।

प्रदेशको नाम र राजधानी तोक्न दलहरूबीच सहमति जुट्न नसकेपछि विशेष समिति गठन गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC