site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नापोली युभेन्टससँग बराबरीमा रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुरुमा लिएको अग्रता जोगाउन नसक्दा नापोलीले इटालियन सिरी ‘ए’मा बिहीबार राति युभेन्टससँग अंक बढेको छ । 

भ्रमणकारी नापोलीले एलिनाज रंगशालामा २३औं मिनेटमा अग्रता लिएको थियो । माटेयो पोलिटानोको पासमा द्रिइस मार्टेन्सले गरेको गोलबाट नापोलीले अग्रता लिएको हो । ५४औं मिनेटमा फेडेरिको चिइसाले बराबरी गोल फर्काएका थिए । 

बराबरीपछि नापोलीले दोस्रो स्थानको एसी मिलानसँग अंकदूरी घटाउने मौका गुमाएको छ । नापोलीले २० खेलबाट ४० अंक जोडेको छ । जुन दोस्रो स्थानको मिलानभन्दा पाँच अंकले पछाडि हो भने शीर्ष स्थानको इन्टर मिलानभन्दा ६ अंकले पछाडि हो । इन्टरले एक खेल कम खेलेको छ । कोभिड–१९ का कारण इन्टर र बोलोग्नाको खेल स्थगित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

युभेन्टस भने ३५ अंकका साथ पाँचौं स्थानमा छ । जुन चौथो स्थानको एटलान्टाभन्दा तीन अंकले पछाडि हो । एटलान्टाले अझै एक खेल कम खेलेको छ । 

मिलानको सहज जित

Global Ime bank

मिलानले गएराति नै सम्पन्न खेलमा एएस रोमालाई ३–१ ले हराएको थियो । मिलानले घरेलु मैदानमा आठौं मिनेटमै ओलिभर जिरौडको गोलबाट अग्रता लिएको थियो । जिरौडले पेनाल्टीमा गोल गरेका हुन् । 

१७औं मिनेटमा जुनियर मेसियासले मिलानको अग्रता दोब्बर बनाए । जोजे माउरिन्होको रोमाले ४०औं मिनेटमा टमी अब्राहमको गोलबाट पुनरागमनको प्रयास गरेको थियो । तर, ८२औं मिनेटमा मिलानका राफायल लियोले अर्को गोल थपेपछि रोमाको प्रयास असफल भएको थियो । 

इन्जुरी समयमा ज्लाटज इब्राहिमोभिचले पेनाल्टी अवसर खेर फाले । त्यसअघि जियानलुका मान्सिनीले दोस्रो पहेंलो कार्डको सामना गरेपछि रोमा दश खेलाडीमा सीमित बनेको थियो । 

पराजित रोमा ३२ अंकका साथ सातौं स्थानमा छ । 

गएराति नै सम्पन्न खेलमा लाजियोले इम्पोलीसँग ३–३ को बराबरी खेल्यो । बराबरीपछि ३२ अंक जोडेको लाजियो आठौं स्थानमा छ भने २८ अंक जोडेको इम्पोली नवौं स्थानमा छ । त्यस्तै जिनोवा र सासउलोले पनि १–१ को बराबरी खेल्यो । २० खेलबाट २५ अंक जोडेको सासउलो १३औं स्थानमा छ भने जिनोवा १२ अंकका साथ रेलिगेशन क्षेत्रमा छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC