site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

उमेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावानुसार आजका सबै कार्यक्रम स्थगन गरेको थियो ।

Agni Group

सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो ।

आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमानुसार आइतबार २ बजेदेखि ३ः३० बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । ३ः४० मा उमेदवारको मनोनयनपत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।

Global Ime bank

उमेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उमेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ । आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उमेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उमेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ । माओवादीमा २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने व्यवस्था गरिएको आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC