site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अधिकांश सांसदको हस्ताक्षर नक्कली : कमल थापा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ४० प्रतिशतभन्दा बढी सांसदसहित फुटेको छ ।  निर्वाचन आयोग स्रोतका अनुसार पशुपति शम्शेर राणाको नेतृत्वमा यसअघिका मन्त्री तथा पुरानो राप्रपाका नेताहरु सुनिलबहादुर थापा बिक्रम पाण्डे, दिपक बोहोरा लगायत ४० प्रतिशत भन्दा बढी सांसदको हस्ताक्षरसहित आयोगमा पुगेको हो । 

निर्वाचन आयोग स्रोतकाअनुसार सांसद आउँदै गरेको र अझै थपिने नयाँ पार्टी दर्तागर्न आएका नेताहरुले बताएका छन् ।
“४० प्रतिशत सांसदको हस्ताक्षर आइसकेको छ । अझै उहाँहरु आउँदै गरेको बताउनुभएको छ । संख्या यकिन भइसकेको छैन,” स्रोतले बाह्रखरीसँग भन्यो ।  यता राप्रपा अध्यक्ष कमल थापाले भने एकता नभएको ६ महिना नपुग्दै पार्टी फुट्नु दर्भाग्य भन्दै अधिकांस सांसदको हस्ताक्षर नक्कली भएको ट्विटरमार्फत दाबी गरेका छन् ।

Agni Group

आज बिहान थापा, नेता पशुपती शम्शेर राणा र लोकेन्द्रबहादुर चन्द सहमतिका लागि बसेका थिए ।  बिहानको बैठकमा सकारात्मक छलफल भएको तर अहिले पार्टी फुट्नु दुर्भाग्य भएको राप्रपा सांसद जयन्त चन्दले जानकारी दिए ।

पार्टीलाई मिलाउन लोकेन्द्र चन्द र आफूहरुले पहल गरेको तर फुटेको टिममा सहभागी नभएको उनले जानकारी दिए ।  राजनीतिक दल दर्ता सम्बन्धि ऐनअनुसार पार्टी विभाजन हुँदा संसदमा प्रतिनिधित्व कायम राख्न ४० प्रतिशत आफूसँग हुनुपर्ने व्यवस्था छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC