site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अन्ततः फुट्यो राप्रपा, पशुपति शमशेरले दर्ता गरे नयाँ दल
Sarbottam CementSarbottam Cement

काठमाडौं । करिब ९  महिना अगाडि मात्रै एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । 

राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएर बनेको पार्टी यो फुट सँगै तीन टुक्रा भएको हो ।  यसअघि नै कमल थापा राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष चुनिएपछि असन्तुष्ट भएका नेता प्रकाशचन्द्र लोहनीले हलो चिन्ह लिएर पार्टी दर्ता गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार पशुपती शम्शेर राणाले निर्वाचन आयोगमा दल दर्ताका लागि निदेवन दिएका हुन् ।  निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार शम्शेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक नामको दल दर्ताका लागि निवेदन परेको हो ।  
 

अधिकांश सांसदको हस्ताक्षर नक्कली : कमल थापा 
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ४० प्रतिशतभन्दा बढी सांसदसहित फुटेको छ । 
निर्वाचन आयोग स्रोतका अनुसार पशुपति शम्शेर राणाको नेतृत्वमा यसअघिका मन्त्री तथा पुरानो राप्रपाका नेताहरु सुनिलबहादुर थापा बिक्रम पाण्डे, दिपक बोहोरा लगायत ४० प्रतिशत भन्दा बढी सांसदको हस्ताक्षरसहित आयोगमा पुगेको हो । 
निर्वाचन आयोग स्रोतकाअनुसार सांसद आउँदै गरेको र अझै थपिने नयाँ पार्टी दर्तागर्न आएका नेताहरुले बताएका छन् ।
“४० प्रतिशत सांसदको हस्ताक्षर आइसकेको छ । अझै उहाँहरु आउँदै गरेको बताउनुभएको छ । संख्या यकिन भइसकेको छैन,” स्रोतले बाह्रखरीसँग भन्यो । 
यता राप्रपा अध्यक्ष कमल थापाले भने एकता नभएको ६ महिना नपुग्दै पार्टी फुट्नु दर्भाग्य भन्दै अधिकांस सांसदको हस्ताक्षर नक्कली भएको ट्विटरमार्फत दाबी गरेका छन् ।
आज बिहान थापा, नेता पशुपती शम्शेर राणा र लोकेन्द्रबहादुर चन्द सहमतिका लागि बसेका थिए ।  बिहानको बैठकमा सकारात्मक छलफल भएको तर अहिले पार्टी फुट्नु दुर्भाग्य भएको राप्रपा सांसद जयन्त चन्दले जानकारी दिए ।
पार्टीलाई मिलाउन लोकेन्द्र चन्द र आफूहरुले पहल गरेको तर फुटेको टिममा सहभागी नभएको उनले जानकारी दिए ।  राजनीतिक दल दर्ता सम्बन्धि ऐनअनुसार पार्टी विभाजन हुँदा संसदमा प्रतिनिधित्व कायम राख्न ४० प्रतिशत आफूसँग हुनुपर्ने व्यवस्था छ ।

Global Ime bank

 

१९ जनाको हस्ताक्षरसहित संसद् सचिवालयमा नयाँ दल दर्ताको जानकारी

काठमाडौं । राप्रपाका १९ जना सांसद्हरुले नयाँ दल गठनको प्रक्रिया अघि बढाएको जानकारी संसद् सचिवालयमा गराएका छन् ।  सभामुखका प्रेस सल्लाहकार वविन शर्माले १९ जना सांसद्सहित नयाँ दल दर्ता प्रक्रिया अघि बढाइएको बारेमा सचिवालयमा जानकारी गराएको बताए ।  दिपक बोहोरा, विक्रम पाण्डे, रेशम लामा, सुनिल थापा लगायत १९ सांसद् रहेको सचिवालय स्रोतले जानकारी दियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC