site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा पक्षधर वकिलहरूले विश्वको इतिहासमा कतै नभएको धरौटी रकम मागिएको बताएका छन् । गैरकानुनी रूपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर रिटमा वकिलहरूले बहस गरेका हुन् । शर्मा पक्षका वकिल ललित बस्नेतले बेल सिद्धान्त दुरुपयोग भएको समेत जिकिर गरे ।

शर्माको बन्दीप्रत्यक्षिकरण रिटको सुनुवाइ आइतबार पनि हेर्दाहेर्दैमा साउन २५ गतेको लागि राखिएको छ । पाँचौ पटक बेन्च बस्दा पनि उक्त मुद्दाको टुगो भने लाग्न सकेको छैन । निवेदक पक्षका बस्नेतले शर्मालाई पुलिसको हिरासतमा पठाउनु ‘घरबाट जंगल पठाएसरह न्यायसंगत नभएको’ भनी बहस गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी वकिलहरुले भने अख्तियारले अनुसन्धान गर्न पाउनुपर्छ भन्दै बहसमा उत्रेका थिए ।

सरकारी पक्षको बहस भने आज सकिएको छ । अख्तियारको तर्फबाट अधिवक्ता परशुराम कोइराला र चेतनाथ घिमिरेले बहस सकेपछि निवेदक पक्षका अधिवक्ता ललित बस्नेतले प्रतिउत्तर तथा खण्डन गरेका थिए ।

Global Ime bank

१ नम्बर इजलासमा न्यायाधीश दीपकराज जोशी, दीपकुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पाँच सदस्यीय टोलीले निवेदक पक्षका वकिललाई भोलि सोमबार बहसनोट पेश गर्न पुनः आदेश गरेको छ ।

पत्नीद्वारा दायर रिटमा शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फरछ्यौट आयोगले गरेको कामकारवाही प्रति अनुसन्धान गर्ने अधिकार नभएको उल्लेख छ ।

रिटमा अख्तियार दुरुपयोग अनुसंधान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC