site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको भारत भ्रमण भदौ ८ देखि गर्ने तयारी, एजेण्डा पर्खँदै भारतीय पक्ष
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ८ गते भारत भ्रमण आउने तयारी भएको छ ।

चौथोपटक प्रधानमन्त्री बनेका देउवाको औपचारिक भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् ।

भारत भ्रमणका लागि कुनै कार्यक्रमको अवसर तथा सन्दर्भ नभएकाले भ्रमणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल चलिरहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

देउवाले भदौको दोस्रो साता भारत भ्रमण गर्ने भएपछि आफ्नो तयारी शुरु भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणकै तयारीका सिलसिलामा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय हालै काठमाडौं गएका थिए ।

उनी प्रधानमन्त्रीको भ्रमणको मिति तय गर्नेदेखि एजेण्डा लिएर नेपाल आएका थिए । उनले यो विषय टुङ्ग्याएर नयाँ दिल्ली फर्किएको दूतावास स्रोतले जनाएको छ । केही दिनभित्रै औपचारिक रुपमा भ्रमण मिति घोषणा हुने नयाँ दिल्लीस्थित कूटनीतिक स्रोतले जानकारी दियो ।

Global Ime bank

“प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाका विषयमा छलफल भइरहेको छ,” भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भने, “यो भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पनि पहिलेका सम्झौता कार्यान्वयनको विषयमा छलफल हुनेछन् ।”

उनले पञ्चेश्वर, रेलमार्ग, ग्यास पाइपलाइन लगायत  विषयमा पनि छलफल हुने जानकारी दिए । त्यसैगरी अन्य विकास परियोजना, सहकार्यसम्बन्धि विविध मोडलबारे पनि छलफल हुने उपध्यायले जानकारी दिए ।

प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण भएकाले ठूला योजनाहरूमा सम्झौता नहुने नेपाली दुतावासको स्रोतले बताएको छ । स्रोत भन्छ, “यो भ्रमण सद्भावना भ्रमण हो । नयाँ सम्झौता हुने सम्भावना न्यून छ ।”

प्रधानमन्त्रीको हैसियतमा २०५१ सालमा भारत भ्रमण गरेका देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका विषयमा सम्झौता गरेर फर्किएका थिए ।  २०५१ सालको भ्रमणको समयमा आयोजनाको डीपीआर ६ महिनाभित्र गर्ने सहमति भएको थियो । तर सो आयोजना अहिलेसम्म अगाडि बढ्न सकिरहेको छैन ।  त्यसैगरी प्रधानमन्त्रीको हैसियतमा देउवाले २०५८ र २०६१ सालमा भारतको भ्रमण गरेका थिए ।

यता नेपालस्थित भारतीय दूतावास स्रोतले भने भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि मात्रै देउवाको भ्रमण मिति घोषणा हुने जानकारी दिएको छ ।
दूतावास स्रोतका अनुसार भारतीय पक्ष अहिले नेपाली पक्षको भ्रमणका एजेण्डा बारेको प्रस्ताव कुरिरहेको बताएको छ ।
स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा हैदराबाद र पटनाको समेत भ्रमण गर्नेछन् ।  पटनामा देउवाले बिहारका मुख्यमन्त्री नितिश कुमारसँग जनस्तरको सम्बन्ध बारेमा पनि छलफल गर्ने बताइएको छ ।  त्यस्तै उनले भ्रमणका क्रममा भारतीय व्यापारीसँग अन्तक्र्रिया र नेपाली समुदायलाई सम्बोधनसमेत गर्ने तयारी रहेको छ ।
काठमाडौंबाट अशोक पौडेलको सहयोगमा 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC