site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा बढी मत कांग्रेसकै ! पुनः मतदानले रेणुको जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भरतपुर महानगरमा कांग्रेस समर्थित माओवादी उमेदवार रेणु दाहालले २०३ मत अन्तरले एमाले उमेदवार देवी ज्ञवालीलाई हराइन् ।

पहिलो चरणमा निर्वाचन भएको भरतपुर महानगर जित्ने बलियो आधारहरु हुँदाहुँदै कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्य निर्वाचन अधिकृतलाई चिठ्ठी पठाएर कांग्रेस टिकट दिइसकेका कांग्रेस उमेदवार दिनेश कोइरालाको उमेदवारी फिर्ता गराए ।

आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार चुनावपछि नेतृत्व लिन हतारिएका देउवा कार्यकर्तालाई चिढाएरै भए पनि भरतपुरमा कार्यकर्ताको इच्छाविपरित माओवादीसँग तालमेलको निर्णय गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीको जनाधार कमजोर भएको भरतपुरमा रेणु दाहालका बुबा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले चलाखीपूर्वक कांग्रेससँग तालमेल गर्ने प्रस्ताव गरेका थिए ।

आफूलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न मुखैमा पुगेका र पोखरालगायत ठाउँमा कांग्रेस उमेदवारलाई समर्थन गर्ने आश्वासन पाएपछि देउवाले कार्यकर्ता र अन्य नेताको कुरा भन्दा दाहालको प्रस्ताव स्वीकार गरेका थिए ।

Global Ime bank

कांग्रेसले सहज रुपमा जित्नसक्ने भरतपुरमा उपमेयर लिएर आफ्नोभन्दा झण्डै आधा मत भएको माओवादीलाई समर्थन गर्नुपर्दा कांग्रेस कार्यकर्ता तथा शुभचिन्तक असन्तुष्ट बनेका थिए ।

त्यही असन्तुष्टिका कारण वडा तहदेखि केन्द्रसम्म आफ्नो मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेका उमेदवार ज्ञवालीलाई समेत करिब ६ हजार कांग्रेस कार्यकर्ताले भोट दिए । 
कांग्रेस कार्यकर्ताको चुनाव जित्ने दाबीलाई वडा तहमा पार्टीले पाएको मतले समेत प्रमाणित गरिदिएको छ ।

 

कसरी ?

भरतपुरको अन्तिम नतिजाअनुसार रेणु दाहालले ४३ हजार १२७ मत प्राप्त गरिन् भने एमाले उमेदवार ज्ञवालीले ४२ हजार ९२४ प्राप्त गरे ।

मेयरमा माओवादीलाई समर्थन गरेको कांग्रेसले वडामा ल्याएको मत एमालेको भन्दा धेरै छ । कांग्रेसका २९ वडाकै अध्यक्षले प्राप्त गरेको मत ३८ हजार १२७ छ भने एमालेका २९ वडाकै अध्यक्षले प्राप्त गरेको मत ३७ हजार १९५ छ ।

यो तथ्यांकलाई हेर्दा कार्यकर्ता असन्तुष्ट हुँदाहुँदै पनि एमालेले भन्दा कांग्रेसले ९३२ मत बढी पाएको छ । जुन कांग्रेसको तर्फबाट मेयरमा उमेदवार भएको भए विजयी हुने बलियो आधार हो भने कार्यकर्ताको दाबी पनि सहि सावित भएको हो ।   

माओवादीको तर्फबाट २९ वटा वडामा अध्यक्षका उमेदवारले प्राप्त गरेको मत २१ हजार २०८ मत हो । यद्यपी वडा नं १९ मा भने वडामा कांग्रेस उमेदवारलाई समर्थन गरेकाले माओवादी उमेदवारले ५७ मत मात्रै प्राप्त गरेका थिए । 

कांग्रेस, एमाले र माओवादीका २९ वटा वडा अध्यक्षका उमेदवारले प्राप्त गरेको मतका आधारमा विश्लेषण गर्दा मेयर बन्न सफल माओवादी उमेदवार दाहालले कांग्रेसको २१ हजार ९१९ मत प्राप्त गरिन् । त्यस्तै एमाले उमेदवार देवी ज्ञवालीले कांग्रेसको ५ हजार ७२९ मत पाए ।


मतपत्र च्यात्दा रेणुको जित !

वैशाख ३१ गते भएको निर्वाचनमा ३ हजार ३१४ मत खसेको वडा २० को मतगणना बाँकी थियो । अर्को २ हजार ८८७ मत खसेको वडा १९ को १८ सय मत गणना भइसक्दा एमाले उमेदवार देवी ज्ञवालीले उक्त वडामा रेणुलेभन्दा ६५ मत मात्रै कम पाएका थिए । जुन तथ्यांकले मतपत्र नच्यातिएको भए वडा १९ मा उनले १०० देखि १२० मत मात्रै रेणुको भन्दा कम पाउँथे । 

तर, मतपत्र च्यातेर साढे २ महिनापछि भएको निर्वाचनमा ५६३ मत रेणुको भन्दा कम पाउँदा उनी २०३ मतले पराजित भए । 

यसलाई अझ स्पष्ट बनाउन वडा नं २० को मत हेरौं । वडा २० मा दाहालले ज्ञवालीले भन्दा ४२४ मत बढी ल्याइन् । यसमा वडा नं १९ को छोडेर तथ्यांक निकाल्दा ज्ञवाली ३६० मतले अगाडी हुने थिए । यसमा मतपत्र नच्यातिएको अवस्थामा देवीले कम्तिमा २०० देखि २५० मतले दाहाललाई पराजित गर्थे ।

यसरी हेर्दा माओवादी कार्यकर्ताले मतपत्र च्यातेर पुनः मतदान हुँदा दाहाल विजयी हुन सफल भएको आरोपलाई तथ्यांकले समेत पुष्टी गरेको छ ।


एमालेको भरतपुर राजनीति सहज  
 

सत्ता घटक दुई दलको गठबन्धनलाई चुनौती दिँदै जेठ १४ मै जित नजिक पुगेका देवी ज्ञवालीको हारलाई ‘षड्यन्त्र’ देखेको एमालेलाई बलियो बनाइदिएको छ । उसले एमाले उमेदवारले जित्ने भएपछि मतपत्र च्यातिएको र राज्यसंयन्त्रको गलत प्रयोग गरेर निर्वाच जितेको भन्ने आरोप लगाउँदै भरतपुरमा आगामी चुनावमा समेत एजेण्डा बनाउने बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC