site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जेठ १४ को मध्यरातमा मतपत्र च्यातियो, साढे दुईमहिनापछि परिणाम सार्वजनिक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछि पुनः भएको मतदानको मतपरिणाम सार्वजनिक भएको छ ।
जसमा नेकपा माओवादी केन्द्रकी उमेदवार रेणु दाहाल विजयी भएकी छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते पौने १२ बजे राति माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातिएपछि मतगणना स्थगित गरिएको थियो । 
पछि अनुगमन गर्दा ९० मतपत्र च्यातिएको पाईएको थियो । सोही दिनबाट भरतपुरमा मतगणना रोकिएको छ ।  च्यातिएको मतपत्र पछि अनुसन्धान गरी निर्वाचन आयोगले पुनःमतदानको निर्णय गरेपछि एमालेले मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।
भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  ०१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC