site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यसरी मारिन् रेणु दाहालले भरतपुरमा बाजी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेसकी साझा उमेदवार रेणु दाहाल विजयी भएकी छन् ।
उनले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई पराजित गर्दै मेयर पदमा बाजी मारेकी हुन् ।
भरतपुर वडा नम्बर १९ को मतगणना भैरहेको बेला जेठ १४ गते मध्येराति नेकपा माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको चुनावी मोड बदलिएको थियो ।
त्यसबेलासम्म नेकपा एमालेका उमेदवार देवी ज्ञवालीको जित लगभग पक्का जस्तै देखिएको थियो ।
तर सुनियोजित रुपमा मतपत्र च्यातिएपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थगित गरेर निर्वाचन आयोगमा पठाएको थियो ।
अनुसन्धानपछि निर्वाचन आयोगले भरतपुरमा पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई कार्यकर्ता सर्वोच्च अदालतमा पुगेका थिए ।
उनीहरुले निर्वाचन आयोगको निर्णय खारेज गर्दै पुनः मतगणनाको माग गरेका थिए ।
तर सर्वोच्च अदालतले पनि निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै पुनः निर्वाचन गराउन सक्ने फैसला गरेपछि शुक्रबार पुनः मतदान भएको थियो ।
पुनः मतदान हुँदा यसअघि रेणु दाहाललाई मतदान नगरेका कांग्रेस कार्यकर्ताको मत उनले प्राप्त गर्न सफल भइन् । जुन मत यसअघि देवी ज्ञवालीलाई परेको थियो ।
त्यसले गर्दा पनि उनलाई जित सहज भयो ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७४  ०४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC